चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत तेस्रो वर्षको वृक्षारोपण शुरु

chagunarayan city, avocardo city
chagunarayan city, avocardo city

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत तेस्रो चरणको वृक्षारोपण शुरु भएको छ ।

चाँगुनारायण-८ चरेलीमा एभोकाडोको बिरुवा वितरण गर्दै तेस्रो वर्षको वृक्षरोपण शुरु भएको हो ।

सो अवसरमा चाँगुनारायण-८ का वडाध्यक्ष जनक खत्रीले एभोकाडो जस्तो बहुगुणी फलको शहर बनाउने बौद्धिक नेता डिपी ढकालको परिकल्पना साकार बन्दै गइरहेको बताए ।

“नगरपालिकाको जनप्रतिनिधिहरुले पनि यो अभियानको प्रशंसा गर्नुभएको छ, स्थानीय जनताको लागि भोलिको दिनमा एभोकाडो आम्दानीको श्रोत बन्नसक्छ ।” नगरपालिकाको प्रवक्ता समेत रहेका खत्रीले भने ।

अभियान अन्तर्गत अघिल्ला दुई वर्षमा गरी १८ हजार ३ सय एभोकाडोको बिरुवा वितरण र रोपण कार्य सम्पन्न भएको अभियानका संयोजक नरेश खड्काले जनाएका छन् ।

chagunarayan city, avocardo city
chagunarayan city, avocardo city

“तीन वर्षसम्म्ममा प्रत्येक घरमा दुई बोट एभोकाडो रोप्ने हाम्रो अभियान यो वर्ष अन्त्य हुनेछ ।” उनले भने ।

आगामी वर्ष भने बिरुवा हुर्काउन, फल फलाउन र फलेका फलको बजारीकरण गर्नमा ध्यान दिने अभियन्ता रामकुमार तामाङ बताउँछन् ।

स्थानीय अभियन्ता राजेश नेपालको समन्वयमा वडा नम्बर ८ मा सम्पन्न बिरुवा वितरण कार्यक्रममा ४ सय बोट एभोकाडो र केही चापका बिरुवा समेत वितरण गरिएको अभियन्ता दिनेश खनालले बताए ।

chagunarayan city, avocardo city
chagunarayan city, avocardo city

स्थानीय अभियन्ताहरु गोविन्दबहादुर नेपाल, जीतबहादुर नेपाल, रामकुमार बुढाथोकी, राजेन्द्र तिमिल्सिना, हरिशरण तिमिल्सिना, राजेन्द्र तिमिल्सिना लगायतले बिरुवा वितरणमा सहजीकरण गरेका थिए ।

chagunarayan city, avocardo city
chagunarayan city, avocardo city

कार्यक्रममा चाँगुनारायण सिटी एभोकाडो सिटी अभियानका परिकल्पनाकार एवं संरक्षक डिपी ढकालले पहिलो वर्ष रोपिएका एभोकाडोले फल दिन थालिसकेको देख्दा अभियानको क्रममा गरिएको दु:ख बिर्सिएको बताए ।

अभियानले चाँगुनारायणका प्रत्येक घरमा एभोकाडो बिरुवा पुर्याउने प्रष्ट पार्दै उनले प्रत्येक घरले एभोकाडो बेचेर वार्षिक कम्तिमा २० देखि ५० हजार रुपैयाँसम्म आम्दानी भित्राउने अपेक्षा गरे ।

chagunarayan city, avocardo city
chagunarayan city, avocardo city

“हाम्रो अभियानले चाँगुनारायणबासीलाई वार्षिक ४ करोड कमाउने सामर्थ्य दिलाएको छ” अर्थराजनीतिका ज्ञाता समेत रहेका ढकालले भने, “हामीलाई उत्पादित एभोकाडो उचित मूल्यमा खरिद गरिदिने उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष लगायत सहभागी वृद्धि समूहले आश्वासन समेत दिएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका नेता ढकालले यो अभियान राजनीतिक अभियान नभई चागुनारायण नगर क्षेत्रको पर्यावरण, स्वास्थ्य र आर्थिक समृद्धिसंग जोडिएको प्रभावकारी अभियान भएको बताएका छन् ।

chagunarayan city, avocardo city
chagunarayan city, avocardo city

सो अवसरमा संविधान सभा सदस्य उमा कपाली, वडा नम्बर ८ का पूर्व वडाध्यक्ष परासर सापकोटा,बामपंथी नेता श्रीराम खाइजु अभियन्ताहरु सुनिल बासु, चण्डीका लामिछाने, सुमन दाहाल, मदन ढुङ्गाना, जगन्नाथ खत्री, हरिश लामिछाने, राजन तिमल्सिना लगायतको उपस्थिति रहेकोे अभियन्ता दिनेश खनालले जानकारी दिए ।

chagunarayan city, avocardo city
chagunarayan city, avocardo city

तेस्रो चरणको वृक्षारोपण शुभारम्भ कार्यक्रमको संचालन भने अभियन्ता नवराज काफ्लेले गरेका थिए ।

अभियान अन्तर्गत एभोकाडोको थप बिरुवा वितरण कार्यक्रम मंगलबार बिहान साढे ७ बजे वडा नम्बर ४ मंगलटारमा हुने अभियानका प्रवक्ता संजीप घिमिरे शुभचिन्तकले जनाएका छन् ।