सिन्धुलीको हायु परिवार फेला, सामाजिक सञ्जालभरि ‘रेला’!

सिन्धुली । चार दिनदेखि बेपत्ता रहेका सिन्धुलीको गोलन्जोर-६ स्थित दुर्गम गाउँका हायु परिवार सम्पर्कमा आएका छन् ।

१६ जना सदस्यसहितको  एकै परिवार बेपत्ता बनेको खबरले सोमबार देशभर सनसनी मच्चिएको थियो ।

उनीहरू पोखरामा सकुशल फेला परेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पुष्ठि गरेको छ । कास्कीको पोखरा महानगरपालिका–३० गगनगौंडास्थित दुई स्थानीयको घरमा उनीहरू फेला परेका बताइएको छ ।

हेर्नुस् बिज्ञप्ति

के भन्छ कास्की प्रहरी 

 चार जना स्थानीय चन्द्र भण्डारीको घरमा तथा बाँकी १२ जना सोमनाथ पौडेलको घरमा आश्रय लिएर बसिरहेको अवस्थामा भेटिएका जिप्रका कास्कीको भनाइ छ ।

“उनीहरूले प्रहरीलाई भनेका छन्, ‘गाउँमा धेरै बिरामी हुन्छन्, त्यही भएर घर छाडेर अर्काे ठाउँ बस्न आएका हौं’,” कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए, “स्वेच्छाले गाउँ छाडेर ज्यामी काम खोज्दै आएका रहेछन्।”

सामाजिक सञ्जालमा उडाइयो मजाक

हराएका खबरले सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरिरहेका प्रयोगकर्ताले जब ‘पोखरामा सकुशल फेला’ समाचार सुने, त्यसपछि घटना व्यंग्य र मजाकको विषय बन्न पुगेको देखिन्छ ।

‘पूरै परिवार बेपत्ता? रेला हो कि सिनेमा?’ भन्दै धेरैले फेसबुक र टिकटकमा हास्य टिप्पणी गरेका छन्। कतिपयले त लेखे, “गाउँ छाड्न मन लाग्यो भनेर यस्तो ढंगले निस्कने? पोखरा घुम्न निस्केको परिवारलाई खोज्दै प्रहरी र भत्ता दिए आफूहरू पनि सपरिवार पोखरा जाने लगायत अनेक टिप्पणीले सामाजिक संजाल भरिएका छन् ।

 गम्भीर अनुसन्धानको आवश्यकता

यस घटनाले गहिरो प्रश्न उठाएको छ – के साँच्चै गाउँ बस्नै नसकिने अवस्था थियो? कि कुनै दबाब, डर वा शोषणको कारण परिवारले यस्तो जोखिमपूर्ण तरिका अपनायो?

राति कसैलाई जानकारी नदिई परिवारले नै गाउँ छाड्नु केवल ‘स्वेच्छा’ मात्र हो त, कि यसको पछाडि अरु गम्भीर कारण छन्?

सामाजिक विश्लेषकहरूको भनाइमा यस्तो घटना सामान्य देखिए पनि यसको सामाजिक र मनोवैज्ञानिक पाटोको गहिरो अनुसन्धान हुन आवश्यक छ। यसले गाउँमा लुकेको असन्तुष्टि, बेरोजगारी, स्वास्थ्य समस्यालगायत चुनौतीको झलक दिन्छ।

निष्कर्ष

सिन्धुलीको हायु गाउँबाट एकैसाथ बेपत्ता भएको परिवार पोखरामा सकुशल फेला परेको समाचारले राहत त दिएको छ तर के यो घटनामा लुकेको अर्को कथा छ? अब त्यसको उत्तर विस्तृत अनुसन्धानपछि मात्र पत्ता लाग्नेछ।