प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौ, २४ पुस, २०७९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल पेट्रोलियम पदार्थको मूल्य मूल्य घटाइएको छ । नेपाल आयल निगमले प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि मूल्य घटाएको हो ।

आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँको दरले घटाइएको निगमले जनाएको छ । अब पेट्रोल प्रति लिटर १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्ने सूचनामा भनिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेट्रोलियम पदार्थको मूल्य घटाउन केहि दिन अघि निर्देशन दिएका थिए।

Loading...