गोरखामा बाबुरामले काजीमाथि २ हजारको मत अन्तर बढाए, भट्टरार्इले भने ‘अब म जित्छु’

गोरखा, २२ मंसिर । गाेरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका बाबुराम भट्टरार्इले अाफ्नाे अग्रता बढाएका छन् ।

वामगठबन्धनबाट उम्मेदवार बनेका माअाेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ बाबुराम भट्टरार्इ भन्दा दुर्इ हजार मत अन्तरले पछाडि परेका छन् । यही अनुपातमा मत परिणाम अाइरहे बाबुरामले जित्ने सम्भावना देखिएकाे छ ।

सुरुमा भट्टरार्इभन्दा अगाडि रहेका श्रेष्ठकाे मत क्रमश: घट्दाे क्रममा छ भने बाबुरामकाे मतकाे अनुपात बढिरहेकाे छ । पछिल्लाे परिणाम अनुसार भट्टराईले ६ हजार ५ सय ३४ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी श्रेष्ठले जम्मा ४ हजार ३ सय ९९ पाएका छन् । मतअन्तर बढ्दै गएपछि डा. भट्टराईले अाफूले जित्‍ने पक्का भएकाे अाफ्ना सहकर्मीसँग बताएका थिए । उनले साेही अासयकाे भनार्इ फेसबुकमा पनि पाेष्ट गरेका छन ।

त्यसैगरी क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हरि अधिकारी अगाडि छन् । उनले ४ हजार ९३४ र कांग्रेसका चिनकाजी श्रेष्ठले ४ हजार ४७२ मत पाएका छन् ।

Loading...