नेपालको शैक्षिक समस्याका कारण र निवारण

१. पृष्ठभूमि
कारणविना कुनै कार्य घटित हुँदैन । नेपालको शैक्षिक प्रणालीका आफ्नै समस्याहरू छन् । तिनका आफ्नै कारणहरू पनि छन् । यसको मूल समस्या त यसले नेपालीहरूलाई देश र जनताको आवश्यकता तथा युगको माग अनुकूलको सक्षम, कर्मठ आत्मनिर्भर, स्वावलम्वी, देशभक्त नागरिक निर्माण गरी तिनका आधारभूत आवश्यकता पूरा गर्न र सर्वाङ्गिण विकास गरी देशलाई युगानुकूल गति दिन नसक्नु हो । आजको विश्वसँग प्रतिस्पर्धा गरी आफूलाई एक सक्षम, आत्मनिर्भर लोककल्याणकारी राज्यमा परिणत गर्न नसक्नु हो । अरु बाँकी गौण समस्याहरू पद्धति वा प्रक्रियाका क्रममा यसैबाट सिर्जित समस्या मात्र हुन् । 
यही मूल समस्याको पहिचान गरी यसका जरामा रहेका कारणरूपी खुम्ले कीराहरूको पहिचान र निवारण आजको प्रथम आवश्यकता हुन गएको छ । यस कोणबाट हेर्दा नेपालको शिक्षा प्रणालीका प्रस्तुत मूल समस्याका मुख्य कारणका रूपमा यो सनातनदेखि चल्दै आएको भाग्यवादी, ईश्वरवादी, सामन्तवादी शिक्षा प्रणाली हुनु हो र आज अझ बढी त यो साम्राज्यवादी, नवसाम्राज्यवादी एवं अंशतः विस्तारवादी हुनु रहेको देखिन्छ । यिनै कुराको विवेचना यस सङ्कथनमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । 
१.१ सामन्तवादी शिक्षा प्रणाली
धर्म र सामन्तवाद एक अर्कोका जनक एवं संरक्षक हुन् । हाम्रो हिन्दू धर्म र त्यसका संरक्षणमा हुर्के बढेको र बाँचेको हिन्दू आर्यहरूको सामन्तवाद त्यसरी नै एक अर्कोका जनक एवं रक्षक भएर युगौदेखि हावी भइरहेका छन् । त्यसो त मध्यकालीन र अगाडिदेखि नै लिच्छवि र मल्लकालमा बुद्ध धर्मकाले पनि यो भूमिका निर्वाह ग¥यो तर हिन्दू धर्मले जस्तो त्यसले सामन्तवादको विशेष तावेदारी नगरी सामान्य मात्र ग¥यो । जेहोस् धर्म र सामन्तवाद दुबै वस्तुवादी, भौतिकवादी एवम् यथार्थवादी नभएर आध्यात्मिक रहस्यवादमा आधारित छन् । यी दुबैको केन्द्र ईश्वर हो । उनीहरूका अनुसार ईश्वरले नै यो सम्पूर्ण सृष्टि, प्राकृतिक अर्थात वस्तुजगत्को रचना गरेको हो । ईश्वरले नै यो सम्पूर्ण सृष्टि, प्रकृति अर्थात् वस्तुजगत्को रचना गरेको हो । 
पूर्वीय षट्दर्शनमध्ये वेदान्तले पदार्थ अर्थात वस्तु सत्यका सट्टा ‘ब्रह्म सत्यं जगत्मिथ्या’ भन्दै ब्रह्म मात्र सत्य हो, जीवनजगत् सबै त्यसैका छाया, माया वा लीला हुन् र जीवनको अन्तिम लक्ष्य त्यही ब्रह्ममा गएर लिन हुनु हो भन्दछ । ईश्वरका पनि विभिन्न रूप र अवतार प्रस्तुत गरिएका छन् । हिन्दू धर्मले हिन्दू आर्य सामन्तवादका जनक एवं रक्षक ब्रह्मा, विष्णु र महेशमध्ये ब्रह्मालाई सृष्टिकर्ता, विष्णुलाई पालनकर्ता र महेशलाई सम्हारकर्ताका रूपमा र सामन्तवादका नायक राजालाई धर्तीमा ईश्वरको प्रतिनिधिका रूपमा प्रस्तुत गरेको छ । 
वेद, उपनिषद् र पुराणपछि ईश्वर र सृष्टिसम्बन्धी यस्तै चिन्तन कल्पना वा दृष्टियुक्त ज्ञानयोग छ । त्यसै ब्रह्मका द्वैत, अद्वैत र साकार, निराकार रूप मान्ने सम्प्रदायहरू छन् । तिनै रूप, अवतार र प्रतिनिधिसमेतको अर्चना, उपासना र स्तुति वा भजन किर्तन आदिसँग सम्बन्धित भक्तियोग छ । त्यसैगरी सामन्तवादी शोषणको मूल सूत्रका रूपमा गीताको निष्काम कर्मयोग छ । ‘कर्मण्डेवाधिकारस्तेमा फलेषु कदाचन’ अर्थात् कोमल गीताको अनुवादका शब्दमा भन्नुपर्दा ‘कर्मैमा हक तिम्रो छ फलमा छैन अर्जुन’ आजको कुनै एउटा मजदुरलाई कर्ममा मात्र तेरो हक छ, फल अर्थात् ज्यालामा छैन, त्यसैले काम गर फलको अपेक्षा नगर भन्नु कति जायज छ ? सामन्तवादी युगमा जिम्वाल, मुखिया, जमिनदार वा मालिकको बारी खन्ने, जोत्ने बाली लगाउने, काट्ने आदि सम्पूर्ण वेठवेगारीका हली, कमैया आदिबाट गराउनु सम्भव थियो तर आज छैन । किनकि त्यतिबेला विष्णुका अवतार राजा तथा धर्म र स्वर्गागमनका ठेकेदार ब्राह्मणहरूको आज्ञाको अवज्ञा गर्नु पाप मानिन्थ्यो र त्यो पापको भागीदार मानिन्थ्यो । दण्ड स्वरूप नरकको भागीदार बन्नुपर्दथ्यो भने तिनको भक्ति एवं सेवातर्फ प्रवृत्त गराउन कामको नाममा सिन्कोसम्म नभाँचेरै भुँडी पल्टाएर मीठोमीठो खानुका साथै अनेक अनुपम स्वर्गीय आनन्द लुटेर बस्न पाइने सामन्तवादी ऐश्वर्यको चरमावस्थाको स्वर्गको लोभ एवं आकर्षण देखाइएको छ । मनुस्मृति, गरुडपुराण, वर्णाश्रम व्यवस्था आदि यही सामन्तवादी चिन्तन शोषणमूलक षड्यन्त्रका परिणाम हुन् । 
भाग्यवाद सामन्तवादको अर्को हतियार हो । यसले मानिसलाई आफ्नो कर्मप्रति विश्वास गर्ने एक परिश्रमी, स्वावलम्वी नागरिक बन्नुका सट्टा भाविनीले हालेको भाग्यमा विश्वास गर्ने ईश्वर, तिनका अवतार एवं प्रतिनिधि राजा र पुरोहित ब्राह्मणहरूको सेवा र चाकरीमुखी अकर्मण्य, हीनताग्रन्थिले ग्रस्त दास बनाउँछ । साहसी, स्वावलम्वी, आत्मनिर्भर उच्च मनोवल भएको कर्मठ नागरिक बनाउँदैन । वर्णाश्रम व्यवस्था र त्यसैमा आधारित जातिपातिगत भेदभावले पनि यसैलाई अगाडि बढाउँछ । 
हाम्रो संस्कृतनिष्ठ परम्परागत कर्मकाण्डी शिक्षा प्रणालीले यही सामन्तवादी संस्कार, संस्कृति र परम्पराको भरणपोषण एवम् संरक्षण सम्बद्र्धन गरी अगाडि बढाउँछ । यस प्रणालीले प्रत्यक्षाप्रत्यक्ष ईश्वर, धर्म र राजतन्त्र अर्थात् सामन्ती व्यवस्थाको हिमायती वा रक्षकका रूपमा काम गर्दछ । सामन्तवादप्रस्त यस्ता पाठ्यपुस्तकमा सरस्वती, गणेश आदि देवदेवीको स्तुति गाइएका गीत र कविता तथा तिनको महत्ता गाइएको र तिनलाई सम्पूर्ण कारक ठानिएका अर्थात् तिनकै केन्द्रमा राखिएका सङ्कथनहरू प्रस्तुत गरिएका हुन्छन् । पाठ्यक्रमको उद्देश्य नै ती सम्पूर्ण कुराप्रति आस्थावान बनाउनु रहेको हुन्छ । त्यसैअनुरुप सम्पूर्ण कला साहित्य र संस्कृतिको निर्माण भएको हुन्छ । हाम्रो संस्कृत अनुप्राणित सामन्ती संस्कृतिले अभिषिक्त साहित्य, संस्कृति सबै सामन्तवादी आभिजात्य सम्भ्रान्तताकै स्तुति र प्रशंसामा केन्द्रित भएको पाइन्छ । त्यसैले शास्त्रीय कवि लेख्छन्– 
  • वडाले जो ग¥यो काम हुन्छ त्यो सर्वसम्मतः
  • छैन शङ्करको नङ्गा मगन्ते भेष निन्दित ।
सामन्तवादको पृष्ठपोषक देखिने शास्त्रीयतावादी मान्यताहरूमा महाकाव्यको नायक धीरोदात्त अर्थात् सधै राजपाठका चिन्ताले ग्रस्त उच्च कुलीन क्षेत्रीय राजा वा राजकुमार हुनुपर्ने मान्यता छ । त्यसैगरी समाजलाई सत्मार्गमा लैजान अङ्गिकार गरिने पथ पनि सनातन हिन्दू धर्म, संस्कृति र परम्पराका मूल्य, मान्यता अनुरूपको आदर्शवादी, उपदेशात्मक छ । 
शास्त्रीयतावादी पठित कविहरूमा यस्तै कविताहरू पाठ्क्रममा राखिन्छन् र ठूलाले राम्रो नराम्रो जे गरे पनि त्यो सर्वसम्मत हुने, लीला हुने सामन्ती परम्परा लिखित साहित्यमा मात्र होइन, यही सामन्ती संस्कार र संस्कृतिद्वारा अनुप्राणित कतिपय लोकजीवनले समेत यसरी नै अभिव्यक्त गरेको पाइन्छ । विशेषतः माओवादी जनयुद्धको प्रतिरोध भएको वि.सं. २०१७ को राज्य रजौटा उन्मूलन ऐन लागु नहुन्जेल छुट्टै बाइसे राज्य रहेको दैलेखको दुल्लू क्षेत्रतिर प्रचलित योगी नरहरीनाथले इतिहास प्रकाश भाग ३ मा सङ्कलन गरेको एउटा लोकगीतमा पनि ठूला वडा अभिजात वर्गकै महत्ता गायन यसरी गरिएको छ ः
  • वर्षा भल गाड खोला वैशाख कर्णाली
  • विपत्तिमा झन् चम्कन्याँ ठूलाको प्रणाली ।
 
कलातर्फ पनि देवदेवीकै मुर्तीहरू बनाइन्छन् । कला, साहित्य र संस्कृति मात्र होइन, इतिहास, दर्शन र अर्थशास्त्रमा समेत सामन्तवादी अर्थतन्त्रलाई अगाडि बढाउने खालका पाठ्यक्रमहरू निर्माण गरिन्छन् । इतिहास पनि जनताको लेखिदैन, पढिदैन, ईश्वरका प्रतिनिधि मानिएका राजा महाराजाहरूकै लेखिन्छ, पढिन्छ । 
१.२ साम्राज्यवादप्रस्त शिक्षा प्रणाली
सुगौली सन्धिपूर्व सामन्तवादी शिक्षा प्रणाली मात्र प्रचलित थियो । त्यो मूलतः गुरुकूल परम्परामा आधारित थियो । कर्मकाण्ड, धर्मशास्त्र, ज्योतिष, वेद, उपनिषद्, पुराण आदिको पठन पाठन हुन्थ्यो । सुगौलीसन्धिमा वास्तवमा नेपाली जनताले हारिसकेका थिएनन्, वीर नेपाली योद्धाले घुँडा टेकिसकेका थिएनन् । बेलायती साम्राज्यवादका सामु तत्कालीन, नेपालको सामन्ती राज्यसत्ताले घुँडा टेक्यो र साम्राज्यवादको प्रतिनिधि अक्टरलोनीका अगाडि हाम्रो दरवारिया सामन्तवादको दूत चन्द्रशेखरले घुँडा टेकेर सन्धिपत्र चढाए । सन्धिपत्र मात्र होइन, नेपालको एक तिहाइ भूभाग बुझाए, जनता बुझाए, आफ्नो राष्ट्रियता बुझाए, स्रोत र साधन बुझाए र बेलायती साम्राज्यवादको अधीनस्तता स्वीकारे, भित्र्याए । 
यसै समयदेखि साधन, स्रोत र सङ्ख्यामा हजारौं गुणा कम्ती भएर पनि वीरता र साहसका दृष्टिले हजारौ गुणा अगाडि रहेका वीर नेपाली योद्धाहरू जो अङ्ग्रेजलाई परम शत्रु ठानेर तिनलाई युद्धमा हारावारा खेलाउँथे, पानी पिलाउँथे र कतिपय तिनकै गोली खाएर सहादतीको चीरनिद्रा निदाउँथे । अब सामन्तवादी राज्यसत्ताले तिनै र तिनै वीर नेपालीका सन्तानलाई, तिनै साम्राज्यवादीहरू र तिनको साम्राज्यवादको रक्षा एवम् विस्तारका निमित्त उनीहरूकै सेनामा भर्ती आरम्भ ग¥यो । अझ नेपालको सामन्तवादी राज्यसत्ताको नेतृत्व शाह परिवारबाट राणा परिवारमा स्थानान्तर भएपछि बेलायती साम्राज्यवादको पूरै पिट्ठु बनेर रह्यो । ब्रिटिश सेनामा गएर फर्केका नेपाली लाहुरेहरूले मात्र होइन, नेपालका शासकहरू स्वयं बेलायत गएर उनीहरूकै बोलीमा लोली मिलाउन, उनीहरूकै जुठो खान र फाटो लगाउन सिक्दै आए ।
यसक्रममा उनीहरूको भाषा, संस्कृति र इतिहास तथा सभ्यताको पाठ पढाउन र भजन गाउन यहाँ दरबार हाइस्कूल एवं सन् १९७३ मा चि–चन्द्र कलेजको स्थापना भयो । यसै समयदेखि साम्राज्यवादप्रस्त बेलायती मोडेलको शिक्षा प्रणाली आरम्भ भयो । 
वि.सं. २००७ मा राणा शासन समाप्त भएपछि पनि साम्राज्यवाद, विस्तारवादको प्रभाव समाप्त भएन । वि.सं. २०१० को वेदानन्द झाको शिक्षा आयोग पनि सोही ब्रिटिश एवं भारतीय मोडेल प्रस्थतामा आधारित थियो । यसै क्रममा भारतका जवाहरलाल नेहरुले आफ्नी छोरी इन्दिरा गान्धीलाई आफू इलाहावाद जेलमा हुँदा लेखेको अङ्ग्रेजी भाषाको चिठी ९ल्भजबचगुक ीभततभच० पुरानो शिक्षाको एसएलसीको पाठ्यक्रममा समावेश गरिएको थियो भने भारत र बेलायतको इतिहास पढाइन्थ्यो । वि.सं. २०२८ सालमा अमेरिकी मोडेलको नयाँ शिक्षा पद्धति लागू गरियो । जुन नेपालमा पूर्णतः अफापसिद्ध भयो । सायद अपेक्षा गरेजति आर्थिक सहयोगले निरन्तरता प्राप्त गर्न नसकेकोले पनि त्यो स्थिति भएको हुनसक्छ । यसैले गर्दा हिजो बेलायती गल्लाले शारीरिक रूपले कही कुनै खोट नलागेका असलअसल कुल्लीनान हीराहरू छानी छानी बेलायती सेनामा लैजान्थ्यो । जसले बेलायती साम्राज्यवादको सेवा सुश्रुषा गथ्र्यो र उनीहरूकै रक्षा गथ्र्यो, उनीहरूकै र उनीहरूकै साम्राज्यवादको रक्षार्थ आफ्नो सम्पूर्ण सुरता, वीरता र सौर्य खर्च गथ्र्यो र उनीहरू बहादुर कहलाउँथे । यसैक्रममा नेपाल र नेपाली जनताको मुक्तिका निमित्त गरिएको दशवर्षे जनयुद्धको भन्दा डेढ गुणा अर्थात २० औं हजार नेपालीले दोस्रो विश्वयुद्धमा बेलायती साम्राज्यवाद र भारतीय विस्तारवादको रक्षाका लागि प्राणाहुति गर्नुप¥यो । ती न सहिद भए न तिनको आफ्नो देश र जनतालाई नै त्यसबाट कुनै उपलब्धि भयो । 
आज विश्वका त्यस्ता थुप्रै देशमा हाम्रो देशबाट बौद्धिक दृष्टिले अब्बलअब्बल प्रतिभाहरू चिकित्सा विज्ञान, इन्जिनियरिङ लगायत प्राविधिक भौतिक र सामाजिक विज्ञान पढ्न जान्छन् । तीमध्ये राम्रा राम्रा जनशक्तिलाई उनीहरू उतै विशेष आकर्षण वा अवसर दिएर राख्दछन् । अनि आफू र आफ्नो देश बनाउनमा प्रयोग गर्छन् । 
यसका साथै आज एकातिर हाम्रो देशका उच्च दक्ष जनशक्तिलाई पनि उनीहरू ग्रीन कार्ड दिएर उतै लिएर जान्छन् र आफ्नो देश निर्माणमा लगाउँछन् । बाँकी उच्च माध्यमिक शिक्षासम्म उत्तीर्ण गरेका र त्यसमा पनि विशेषतः भौतिक विज्ञान पढेका वा कुनै काम लाग्ने सीप सिकेकाहरूलाई इडिभी (चिठ्ठा) का नामबाट छानी छानी अमेरिकाले लैजान्छ । जसको उनीहरूको देशका लागि केही गर्न सक्ने लामो उमेर र केही बन्न, गर्न सक्ने आधारभूत शैक्षिक जग बनेको हुन्छ । 
बाँकी शारीरिक रूपले केही गर्न सक्ने तन्दुरुस्त तथा केही सामान्य सीपसम्म सिकेको मानवीय जनशक्ति कोरिया, जापानदेखि अमेरिका र विशेषतः अरवका खाडीतिर भास्सिन पुग्दछ । 
समग्रमा आजको हाम्रो शिक्षा प्रणाली नै बेलायती र अमेरिकाली मोडेलको छ । ‘ओ’ लेवल र ‘ए’ लेवल चलाएका यहाँका विद्यालयहरू लगभग नेपालको तथाकथित् राम्रो शैक्षिक जनशक्तिलाई उतै निर्यात गर्ने एजेन्ट संस्था बनेका छन् । हाम्रा त्यस्ता विद्यालयहरूमा नेपालको होइन क्याम्ब्रिज आदि विदेशी विद्यालयको पाठ्यक्रम र त्यसअनुसारका पाठ्यपुस्तक तथा शिक्षण विधिको प्रयोग गरिन्छ । 
समग्रमा उनीहरू संसारभरकै अब्बल दर्जाको जनशक्ति जति जम्मै ती देशलाई शोषण गरेर आफ्नो देश निर्माण गर्नमा लगाउँछन् । तर, हाम्रो देशका दृष्टिविहीन नवसाम्राज्यवादी, विस्तारवादीहरूका परभक्त एजेन्टहरूको जस्तो सरकार गलित वेश्याले शरीर बेचेर धन आर्जन गरेजस्तो रेमिटेन्स भित्र्याउँछ । अझ त्यही रेमिटेन्सकै लागि ऋण र अनुदानै दिएर भए पनि देश बनाउने अमूल्य मानवशक्ति उनीहरूकै सेवा र सम्पन्नतामा चढाउँछ । यसैमा सम्पूर्ण राष्ट्रिय समस्याको समाधान देख्छ । 
यो कार्य सरकारले मात्र होइन, देशका अब्बल दर्जाका प्रतिभाहरूले पनि गरिरहेका छन् । हाम्रा चिकित्सा विज्ञान इन्जिनियरिङ पढेका युवाहरू स्वदेशका गरीब दाजुभाइ दिदीबहिनी र काका बाबाको पीडाले चह¥यारहेको घाउमा मल्हम लगाउन चाहदैनन्, क्यान्सरग्रस्त आमाको उपचार गर्न चाहदैनन्, साम्राज्यवाद र साम्राज्यवादी शक्ति राष्ट्र र तिनका नागरिकका रति लीलारत अवस्थाका पाउमल सेवक बन्नमा आफ्नो प्रतिभाको उच्चतम् सदुपयोग भएको ठान्दछन् । यहाँका उच्च उच्च तहका राष्ट्रसेवकहरू उहाँका भाँडा माझ्न रुचाउँछन्, यहाँका विधायकहरू उहाँका छापाखानाका बुक वाइण्डर बन्छन् । यसैले त यहाँ विश्वविद्यालयको प्राध्यापक बन्नुभन्दा विदेशका चिहान खन्नु वा चर्पी सोहोर्नुमा श्रेष्ठता ठानिन्छ । यहाँ अमेरिका र युरोप जान पाउनु भनेको जीवनको सबैभन्दा ठूलो सफलता र उपलब्धि मानिन्छ, मानौ त्यो मुसलमानहरूको मक्का मदिना हो । आज उनीहरूले घुँडा च्यातिएको पाइन्ट लगाए भने त्यो हाम्रा निम्ति अत्याधुनिक फेसन बन्छ । आज उनीहरूको जुठो खान पाउनु, फाटो लगाउन पाउनु र थाप्लोमा आशीर्वादको हात राखी माग्न पाउनु सामन्तवादमा वरदानका सर्वश्रेष्ठ ठेकेदार बम्हा, विष्णु र महेशको हात आफ्ना थाप्ला राखि माग्नु जस्तै भएको छ । 
यी सबैको कारकमा शिक्षा प्रणाली प्रमुख रुपमा रहेको छ । केही वर्ष अगाडिसम्म तल्लो तहकै शिक्षाका पाठ्यक्रममा पनि बेलायत, भारत आदि देश र त्यहाँका शासकहरूको जीवनी पढाइन्थ्यो, देशको इतिहास पढाइन्थ्यो, शैक्षिक पद्धति, शासकीय स्वरूप, अर्थतन्त्र आदि पढाइन्थ्यो र पढाइदैछ । हाम्रा कतिपय क्षेत्रका नागरिकहरू आफ्नो राजधानी काठमाडौं होइन, दिल्ली ठान्दछन् । आफ्नो प्रधानमन्त्रीको नाम लिँदा भारतीय प्रधानमन्त्रीको नाम लिन्छन् । किनकि उनीहरूलाई उतैको पाठ्यक्रम र पाठ्यपुस्तक पढाइन्छ । अझ आजका हाम्रा अङ्ग्रेजी माध्यमका निजी विद्यालयमा अङ्ग्रेजीवाहेक हाम्रो आफ्ना मातृभाषा बोलेमा जरिवाना गरिन्छ । तर, आज हिजोको त्यो साम्राज्यवादले आफ्नो रूप फेरेको छ, शैली फेरेको छ, बाटो फेरेको छ । यसमा त्यहाँका राजनीतिकर्मी, वैज्ञानिक, दार्शनिक विद्वान अनुसन्धाता, शिक्षाविद् आदि सबको भूमिका महङ्खवपूर्ण छ । यी सबै कारकहरूको उपनिवेशकालीन रणनीतिदेखि आजको नवऔपनिवेशक युगसम्मको रणनीति, बुझ्नु आवश्यक छ । 
२. साम्राज्यवाददेखि नवसाम्राज्यवादसम्म 
एजियन, युनानी, हिटाइट, फिनिशियन, एसिया माइनर आदि प्राचीन सभ्यताहरूमध्ये एजियन समुद्रस्थित क्रिट सभ्यताद्वारा ई.पू. २००० तिर साम्राज्यवाद विस्तारको क्रम आरम्भ भएको थियो । जो क्रमशः विकसित हुँदै गएर बेलायती, फ्रेन्च, स्पेनिश आदि साम्राज्यवादमा उत्कर्षमा पुग्यो । यिनीहरूको लक्ष्य आफ्नो राजनीतिक प्रभुत्व स्थापित गर्नु, उपनिवेशको धन लुट्नु र कच्चा पदार्थमाथि एकाधिपत्य कायम गर्नु तथा आफ्नो देशमा उत्पादित वस्तुलाई महङ्गो मूल्यमा बेच्ने बजार बनाउनु आदि थियो । 
पछिल्लो चरणमा आएपछि १५ औं देखि अठारौं शताब्दीका बीचमा यो साम्राज्यवाद व्यावसायिक साम्राज्यवाद र पुँजीवादी साम्राज्यवादमा परिणत भयो । यिनीहरूले अफ्रिकाको बटवारा गरे । उत्तर एवम् ल्याटिन अमेरिकालाई उपनिवेश बनाए । बाँकी क्यानडा, अष्ट्रेलिया, न्यूजिल्याण्ड, मलेसिया, प्यासिफिक क्षेत्र आदि र सम्पूर्णजसो विश्वलाई नै उनिवेश बनाए । यसै क्रममा १६ औं शदीमा भारतमा बेलायत, फ्रान्स, हल्याण्ड (डच १), पोर्चुगल साम्राज्यले इष्ट इण्डिया कम्पनी, डट इस्ट इण्डिया कम्पनीलगायतका कम्पनी स्थापना गर्दै व्यापारीका रूपमा प्रवेश गरे । सन् १७६३ को वन्दीवासको युद्धमा फ्रेन्च र सन् १७५९ को विदाराको लडाइँमा डचहरूलाई पराजित गरेर केही सहरबाहेक पूरै भारतमा बेलायतले आफ्नो आधिपत्य कायम ग¥यो । त्यसपछि त्यसलाई अझ मजवुत बनाउन र विस्तार गरी शोषण गर्न उसका गिद्दे दृष्टि नेपाल, भूटान, वर्मा आदिमा पनि प¥यो । यसै क्रममा युद्ध हुँदा प्रस्तुत सुगौलीसन्धि हुन पुग्यो । यसपछि यी देश र राज्यहरूमा राष्ट्रियताको भावना जागृत हुन नदिने, जाति जातिबीच फुट ल्याउने अनेक षड्यन्त्रहरू त्यहाँका सामन्ती सरकारहरूमार्फत र शिक्षा प्रणालीमार्फत थालियो । 
यति मात्र होइन, समग्र विश्वकै सन्दर्भमा यी मूलतः युरोपेली उपनिवेशवादी शक्ति राष्ट्रहरूले आफ्ना उपनिवेश र बाँकी पूर्व एवं तेस्रो विश्वका राष्ट्र र जनतालाई हेर्ने एउटा हेपाहा दृष्टिकोण विकसित भयो । औपनिवेशिक सत्ताका केन्द्रका रूपमा रहेका लण्डन, पेरिस, बर्लिन, म्याड्रिट, लिस्वन, एम्स्टडर्याम आदि युरोपेली महानगरहरूमा त्यहाँका अध्येता, अन्वेषक, विद्वान, संस्कृतिविद्, दार्शनिक, साहित्यकार, कलाकार आदिले जम्मा भई औपनिवेशिक मुलुक र बाँकी पूर्वीय क्षेत्रको भाषा, संस्कृति, कला, साहित्य, जाति, समाज, दर्शन, इतिहास, परम्परा आदिको आफ्नै किसिमले अध्ययन, अनुसन्धान, प्रकाशन आदि बौद्धिक कार्यारम्भ गरे । तदनुरुप विभिन्न विश्वविद्यालय, महाविद्यालय, अध्ययन केन्द्र, बौद्धिक समाजको गठन भयो । 
यिनीहरूले उपनिवेश र अन्य पूर्वीय मुलुकहरूका जातजाति असभ्य छन्, तिनीहरूको दर्शन, कला, भाषा, संस्कृति, इतिहास, साहित्य आदिमा कुनै गम्भीरता र गहिराई छैन, त्यहाँका जनताले आफ्ना विषयमा आफै कुनै अध्ययन, अनुसन्धान गर्न सक्दैनन्, त्यो हामीले गरिदिनुपर्दछ भन्ने हेपाहा दृष्टिकोण राखेर उक्त कार्य थाले । त्यसरी थालिएको उक्त कार्यद्वारा उनीहरूले आफ्नै जाति, वर्ग, सभ्यता, संस्कृति, इतिहास र अझ उपनिवेशवादी साम्राज्यवादी श्रेष्ठता, सर्वोच्चतालाई उच्च स्थानमा, केन्द्रमा राख्ने र प्रमाणित गर्ने प्रयत्न गरे । 
उनीहरूले आफैले मात्र त्यसो गरेका होइनन् । त्यस्ता निर्धन वा उपनिवेश बनेका मुलुकको कुनै अध्येता, अन्वेषक विद्वानले आफ्ना विषयमा आफैले अध्ययन, अनुसन्धान र लेखन प्रकाशन ग¥यो भने पनि उनीहरूको हेपाहा कोणबाट हेरेर उनीहरूकै श्रेष्ठता र सर्वोच्चतालाई सिद्ध ग¥यो भने मात्र मान्यता दिने, अगाडि बढाउने नत्र नबढाउने परम्परा कायम भयो । सोहीअनुसारका सामग्रीहरू विद्यालय महाविद्यालयहरूमा पढाउन थालियो । जसले उपनिवेशवादी साम्राज्यवादी संस्कार र संस्कृति निर्माणको प्रयत्न सतत् भइरह्यो । 
दोस्रो विश्वयुद्धमा साम्राज्यवादी शक्तिहरू थुप्रैले धूलो चाटेर तिनबाट तिनका उपनिवेशहरू मुक्त भएपछि सुरुमा फ्रेन्च भाषी समूह आदिको गठनद्वारा पुरानै हिसाबले आफ्नो गुमेको साख फर्काउने उक्त प्रयत्न थालिए पनि दोस्रो विश्वयुद्धमा उदित अमेरिकादि नयाँनयाँ शक्ति राष्ट्रहरूले विश्वमा आफ्नो नवसाम्राज्यवादी नव उपनिवेशवादी प्रभुत्वलाई नयाँ सोच र शैलीका साथ अगाडि बढाउने प्रयत्न थाले । यो अभियान सबै क्षेत्रबाट आक्रामक ढङ्गले अगि बढ्यो । 
यो आक्रमण अर्थशास्त्रका क्षेत्रमा समष्टि र सूक्ष्म दुबै स्तरबाट अगाडि बढ्यो । देशलाई ऋण, अनुदान र त्यसैमार्फत् आफ्ना आर्थिक, मौद्रिक नीति र कार्यक्रमहरू लागू गरिएर अल्पविकसित, विकासोन्मूख निर्धन देशमाथि प्रभुत्व जन्माउन र आफ्ना औंलामा नचाउन थालियो । जनताका स्तरमा दोस्रो विश्वयुद्धमा गुमेको आफ्नो उपनिवेशवादी साख फर्काउन विभिन्न गैरसरकारी सङ्घ संस्था (एनजिओ)हरूलाई अनुदान दिएर पढेलेखेका वर्ग र सर्वसाधारण जनतामा आफूप्रति दासत्वपूर्ण मनोविज्ञान निर्माण गर्ने काम भइरहेको छ । यी दुबै स्तरका कार्यबाट देश र जनता दुबैलाई कहिल्यै आत्मनिर्भर हुन नदिई सधैँ परमुखापेक्षी बनाइरहने नीति लिइयो । 
यसका साथै शिक्षा, प्रविधि, साधन, स्रोत अर्थात् अर्थ आदिको विनियमको नारा लिएर आएको भूमण्डलीकरणको नवसाम्राज्यवादी जालोमा सम्पूर्ण देश र जनतालाई चिसो बगरका माछा बनाएर अल्झाइरह्यो । न मर्न दिने न ……. । निर्धन, कमजोर कुन चाहिँ उद्योगपति व्यापारी अमेरिका, युरोप गएर प्रभुत्व जमाउन सक्छ ? कुन चाहिँ प्रविधि सीप वा संस्कृति त्यहाँ गएर हावी हुन सक्छ ? तर, उनीहरूका लागि यी सम्पूर्ण कुरा स्वयं मात्र नभएर रेडियो, टि.भी., इन्टरनेट, चलचित्र आदि अनेक श्रव्यदृश्य माध्यममार्फत् एकोहोरो लादिएको लादिएै हुन्छ । यसैगरी धर्मका क्षेत्रबाट एक हातमा बाइबल र अर्को हातमा डलर लिएर रातदिन हाम्रा घरकरेसामा नवसाम्राज्यवाद धाएको धाएकै छ । 
त्यसैगरी अङ्ग्रेजी भाषाको भाषिक साम्राज्यवादको प्रभाव हाम्रो जीवनका प्रत्येक पलपल र क्षेत्रमा परिरहेको छ । संस्कृतिका क्षेत्रमा यिनै विभिन्न विद्युतीय श्रव्यदृश्य माध्यममार्फत् हाम्रो नयाँ पिढीलाई पङ्गु, निस्क्रिय, अराजक, आवारा, स्वेच्छाचारी र नग्न तुल्याउँदै लगिएको छ । आज हाम्रा कतिपय गैरसरकारी संस्थाहरू एड्स रोकथामका नाममा गलत अवैध सम्बन्ध नगर भन्दैनन्, करोडौं खर्च गरेर कण्डोम कसरी प्रयोग गर्ने भन्ने तालिम दिन्छन् र अझै कतिपय संस्थाले त अवैध स्वेच्छाचारपूर्ण यौन सम्बन्धबाट हुने गर्भधारणबाट कसरी बच्ने भनेर समेत तालिम दिन्छन् । यसको अर्थ साधन प्रयोग गर वा बच्ने उपायसम्म अपनाऊ र मनपरी गर भन्ने हुन आउँछ । अर्को शब्दमा उनीहरूको छाडा संस्कृति र जीवनमूल्यको अनौपचारिक शिक्षा वा प्रभावको आगमन त्यसरी भइरहेछ । 
जनताको स्वास्थ्य, शिक्षा, जनजीविकादि लोककल्याणको दायित्वबाट आजको पाश्चात्य मोडेलको उदारवादी एवं आदर्शवादी प्रजातान्त्रिक सरकार अलग रहन्छ र विधि निर्माणको दायित्वमा सीमित हुन्छ । यस्तो सामाजिक दायित्व निरपेक्ष एवम् चेतनाबाट विच्छेदित सरकारमा शैक्षिक प्रणाली मार्फत् भइरहेको नवसाम्राज्यवादी हस्तक्षेप र प्रभुत्व विस्तारको त कुरा गरी साध्य छैन । हामी कहाँ पाठ्यक्रम, पाठ्पुस्तक र त्यो पढाउने शिक्षकको तलब र बस्ने विद्यालय भवन निर्माण गर्ने पैसा त के प्राथमिक विद्यालयका विद्यार्थीलाई खाजा खाने लिटोसमेत उतैबाट आउँछ । हाम्रा सम्पूर्ण विकास निर्माणका योजनामा जस्तै हाम्रो विश्वविद्यालयका पर्खाल (कम्पाउडवाल) र शौचालय बनाउने खर्चसमेत विश्व बैंकले ऋण दिनु पर्दछ । विदेश र विदेशी वित्तीय संस्थाबाट ऋण र अनुदान प्राप्त नभए दशौं वर्षसम्म हाम्रो उच्चशिक्षाका पाठ्यक्रम परिवर्तन हुँदैनन् । यस्तो स्थितिमा कसरी हाम्रो शिक्षा प्रणालीले एक देशभक्त, स्वावलम्वी, आत्मनिर्भर, जनसेवी, असल नागरिक निर्माण सम्भव हुन्छ ? 
३. निष्कर्ष
समस्याको यही चुरो बुझ्नु, बुझाउनु र यी सामन्तवादी तथा नवभूमण्डलीकृत महाजालबाट देश, जनता र यहाँको शैक्षिक प्रणालीलाई मुक्त गर्नु आजको पहिलो आवश्यकता हुन गएको छ । तत्पश्चात् यस वनमारारहित स्वस्थ माटोमा सामन्तवाद, नव साम्राज्यवाद र विस्तारवादी प्रभावबाट मुक्त देशभक्ति र राष्ट्रिय भावनाले युक्त श्रममुखी, जीवनमुखी, बहुप्रविधिकेन्द्री, प्रगतिशील, अग्रगामी, वस्तुवादी, वैज्ञानिक जनवादी शिक्षा प्रणाली लागु गर्नु हाम्रो शैक्षिक प्रणालीको वास्तविक उद्देश्य हुनु पर्दछ । 

यस मार्गमा र विदेशी नवसाम्राज्यवादीहरूका सेवामा समर्पित हुने, उनीहरूलाई नै सर्वश्रेष्ठ, प्रभुत्वशाली अर्थात् दाता प्रभु ठान्ने वा त्यस्तो संस्कारका पक्षका साथै राष्ट्रिय सन्दर्भमा नवसामन्तवाद तथा पुँजीवादको विकास गर्दै धनी र गरीबका बीचको खाडल झन्झन् फराकिलो पार्दै लैजाने विभिन्न क्षेत्रका जस्तै कसाई व्यापारका तहमा झरेर स्वास्थ्य क्षेत्रलाई जस्तै शिक्षा सेवालाई मनपरी लुटको मैदान बनाउँदै आएका निजी विद्यालय महाविद्यालय राष्ट्रियकरण गरी निजी र सरकारी दुबै क्षेत्रका सबै विभेदका खाडल पुरेर देश र कालको आवश्यकताअनुरूप देश र जनतालाई समुन्नत तुल्याउने जनवादी शिक्षाको नितान्त खाँचो छ । यसका निमित्त सामन्तवादी एवं साम्राज्यवादी प्रणालीका पक्षधर पूर्वप्रस्तुत पक्ष र त्यसमध्ये पनि नाफाखोर निजी क्षेत्रका व्यापारीहरूसँग कडा सङ्घर्ष गर्नु पर्ने अवश्वम्भावी छ । यस परिस्थितिमा सरकारका सबै संयन्त्रमा आफ्नो पूर्ण पकड नभइन्जेल आश र त्रास दुबै देखाउनुपर्ने हुन सक्छ । यसपूर्व नेकपा (माओवादी)सरकारमा छँदा अर्थमन्त्रालयले राजश्व समूहका भ्रष्टका रूपमा चर्चित राष्ट्रसेवी कर्मचारीहरूलाई नै तलब भत्ता दोब्बरभन्दा बढी पारेर लक्षित राजश्व असुलीको आफ्नो लक्ष्य पूरा गरेजस्तै शक्तिका सट्टा कूटनीतिक मार्गसमेत अपनाउनुपर्ने हुन सक्दछ ।