असार ४ गते थबाङमा स्वतन्त्र उम्मेदवारले नाम दर्ता गराएपछि एकथरी मान्छेहरू हाम्रो पार्टीविरुद्ध चुनाव र थबाङको लौरो लिएर कुुट्न आइपुगे । जता–जता कुट्दा चोट पर्छ, उतै लौरो उज्याए । दुई महिनादेखि चलेको खारेज अभियान, कालिकोटको चुनाव खारेजी र गोली काण्ड, मुगुको बुथकब्जा, देशभरि चलेको संघर्ष, सयौं नेता कार्यकर्ताको गिरफ्तारीबारे मुखमा ताल्चा मारेर बस्ने मान्छेहरू नै थबाङको विषयमा आठ रेक्टरको हल्ला फैलाउँदै कुदेका छन् । उनीहरूले भने नेकपा पनि चुनावमा होमियो, जित्ने ठाउँमा छोडेन, कांग्रेस वर्ग दुश्मनसँग तालमेल ग¥यो, जनताले चुनाव रोजे ।’
चुनावबारे हाम्रो स्पष्ट धारणा छ, यो क्रान्तिमाथि प्रतिक्रान्ति हावी हुँदै आएको प्रतिक्रियावादी संसदीय व्यवस्थाको चुनाव हो । यसलाई खारेज गर्नुपर्छ भनेरै पार्टी खारेज अभियानमा बढिरहेको छ । पार्टीको यो आम र सर्वत्र एकरूपतामा लागू हुने नीति हो । यो नीतिमा कुनै स्थान विशेषको व्याख्या र अर्थ छैन, हुँदैन र हुन पनि सक्दैन । पार्टीले चुनाव खारेजबारे द्वैत नीति (कतै पूरै खारेज त कतै मत नदिने खारेज हुन सक्छ) बनाउन सक्दैन र बनाएको छैन । राजनीति बुझ्ने जोसुकैले जानेको विषय हो कि कम्तीमा प्रचण्ड, बाबुरामहरूले गरेको आत्मसमर्पण, विसर्जन र प्रतिक्रियावादीहरूले कांग्रेसको नेतृत्वमा लादेको संसदीय व्यवस्थालाई अस्वीकार गर्ने शक्तिले यो चुनावलाई स्वीकार्ने सवाल नै छैन् । ऊ आफ्नो जनवादी र वैज्ञानिक समाजवादी सत्ता निर्माणको लक्ष्यमा अगाडि बढ्नेछ ।
नेकपाले चुनावको मामिलाई बार्गे्निङ, दबाब, नाफा घाटा, भोट हाल्ने नहाल्ने विषय बनाएको छैन । यो दलालसँगको लडाइँ हो । यो राज्यसत्तासँगको लडाइँ हो र नयाँ–नयाँ प्रकृयासहित यो अगाडि बढनेछ । यसमा को नेता आउँछ, को आउँदैन, को पार्टी आउँछ, कसले भोट हाल्यो, कसले हालेन, कसले जित्छ र कसले हार्छ भन्ने विषयसँग मात्र सम्बन्धित छैन । नबुझेकोलाई बुझाउने हो, नजानेकोलाई सिकाउने हो, जान चाहनेलाई लिएर जाने हो तर दलाल संसदीय व्यवस्था जनताको हितमा छैन भन्ने सच्चाइ पकडेर यसलाई मिल्काउने र जनताको सत्ता निर्माण गर्ने क्रान्तिमा अगाडि बढ्ने हो । यो क्रान्तिकारीको आफ्नो सोच र दृष्टिकोण हो । जब हाम्रो यो विचार जनता, श्रमिक वर्ग र देशका हितमा छ भने यसले एकदिन आफ्नो गन्तव्यमा सबैलाई लिएरै छाड्नेछ ।
जित्ने भएर चुनावमा गएको भन्ने त ‘को न्यानो जस्तो मात्र हो विरोध गर्नेहरूको । जित्ने र हार्नेसँग चुनावको कुरै छोडौं, राजनीतिको कुनै तुक हुँदैन । मुख्य त विचार र नीतिको कुरा हो । कांग्रेससँग सहकार्य गर्ने त झन् कतै छलफल नै नभएको विषय हो तर यहाँ हाम्रा पार्टीको धारणा भने खुल्ला छ, यदि कांग्रेसभित्रबाट कोही सच्चा लोकतन्त्रवादी क्रान्तिकै विषयमा पनि सहकार्य गर्न तयार हुन्छन् भने हाम्रो नीति खुल्ला छस चुनावको विषय त सामान्य भयो तर यो विषय थबाङको चुनावसँग सम्बन्धित छैन ।
हाम्रो चाहना हो थबाङले आफ्नो क्रान्तिकारी इतिहास रक्षा गरोस्, त्यहाँको नयाँ नेतृत्वले पुरानो क्रान्तिकारी छबिलाई अरू माथि उठाओस् । सिङ्गै देशको अपेक्षालाई क्रान्तिकारी तरिकाले नै पूरा गरोस् तर यो त भावना र सदिच्छाको कुरा भयो, जो आफ्ना शुभचिन्तकले जहिले पनि राख्छन् । विचार, राजनीति र क्रान्तिमा यसको खासै निर्णायक अर्थ हुँदैन । यो त सबै माओवादी क्रान्तिकारी भइदिएको भए हुन्थ्योे, रोल्पाका सबै साथीहरू क्रान्तिमै आएको भए हुन्थ्यो भनेजस्तै कुरा हो जो कुरा क्रान्तिमा सम्भव हुन पनि सक्छ, नहुन पनि सक्छ । तर, एक क्रान्तिकारी जसले आदर्शका लागि क्रान्तिको बाटो रोजेको छ, जे परे पनि झेल्दै अगाडि बढ्ने कुरा हो । त्यो त आफँैले फैसला गर्ने कुरा हो । कहिले काहीँ आशा गरेको नेता, घुरानको साथी र परिवारकै सदस्य त आफूसँग रहँदैन, त्यसको पनि सामना गर्नैपर्छ । थबाङको के कुरा भयो र !
थबाङमा स्वतन्त्र उम्मेदवारी परेपछि रोल्पा जिल्लाले पार्टीको निर्णय होइन् भनेर वक्तव्य निकालेको छ, थबाङको पार्टीले पनि निर्णय हो भनेको छैन् । ब्युरोले पनि बोलिसक्यो । केन्द्र अभियानमै छ तर थबाङका केही साथीहरूले दुश्मनलाई प्रहार गर्ने हतियार उपलब्ध गराइदिएकोमा भने खल्लो अनुभूति सबैलाई भएको छ । विरोधी र दुश्मनले एकछिन भएपछि खुचिङ गरेस मित्र र शुभचिन्तकहरूले चिन्ता र दुखेसो पोखेस देशैभरीबाट जिज्ञासा र प्रश्नहरू आए । थबाङले क्रान्तिकारी पंक्तिमा चिसो पानी खन्याएको जस्तो भयो तर यसमा पनि कुनै आश्चर्य मानिहाल्नुपर्ने देखिँदैन ।
सबै वस्तु गति र विकासमा भएजस्तै थबाङलाई पनि नयाँ सम्बन्धमा हेर्नुपर्छ । स्थानीय र राष्ट्रिय परिस्थितिहरूले प्रभावित पार्ने र त्यसको संचालन गर्दा कहिलेकाहीँ अरूले सोचेभन्दा नयाँ अवस्था बन्न सक्छ । थोरै मात्र क्रान्तिको उच्च जिम्मेवारीलाई बुझ्न नसकेर स्थानीयतामा फस्न पुग्दा उल्टोपाल्टो पनि हुन सक्छ तर त्यो पार्टीको मामिला हुँदैन र पार्टी फस्ने कुरा पनि आउँदैन । राम्रोमा आदर्शीकरण र कमजोरीमा सुघार्दै एकता र आलोचनाको सम्बन्धमा जाने हुन सक्छ । कहिले काहीँ नयाँ आदर्श अगाडि आउने र पुरानाहरू पछि पर्ने पनि हुन सक्छ । थबाङलाई पनि यसरी नै बुझ्नुपर्छ ।
हामीले संचालन गरेको चुनाव खारेज अभियानमा पार्टी एक मनका साथ डटेको छ । नेता र कार्यकर्ताहरू जो इमानदार छन्, दिलोज्यानले खटेका छन् । गिरफ्तार परेका छन्, यातना पाएका छन् । जेल परेका छन् तर बडो खुसी र उत्साहको कुरा कुनै पनि कमरेडमा दुविधा, शंका र अविश्वास छैन । निकै राम्रो भएको छ । यसको उचाइ कालिकोट–मालकोटका जनताले दिए । उनीहरू आधुनिक कम्युनार्ड जस्तो भएर सहिद र घाइते बन्दै जनयुद्धको आफ्नो लगानी र समर्पणलाई सचेततापूर्वक रक्षा गरे । दुश्मनलाई निःसशस्त्र जनताले पराजित गर्दै (त्यहाँ नेपाली सेनाले प्रशंसनीय प्रकारले कार्य ग¥यो) चुनाव खारेज गरे । मुगु सवाका जनताले नयाँ इतिहास बनाए । दर्जनौं जिल्लामा पार्टीका सशक्त कारबाहीहरू भए र भइरहेका छन् । यो नै पार्टीको स्पिरिट र नीति हो । यो निरन्तर कायम हुनेछ ।
थबाङ अहिले अलमलिएको त हैन भन्ने धेरैलाई परेको छ । थबाङले क्रान्तिका लागि धेरै त्याग गरेको छ र धेरै पाएको पनि छ । हामीलाई आशा छ थबाङ फेरि पनि आफ्नो अलमललाई चिर्दै क्रान्तिकै पक्षमा उभिनेछ । जसले थबाङलाई क्रान्तिको विरुद्धमा उचाल्ने कालो सपना देखेका छन्, तिनको कहिल्यै भलो हुनेछैन !