फेरि मन्त्री हुने भन्दै सरकारी क्वार्टर छोड्नै मान्दैनन यी पूर्वमन्त्री

काठमाडौं, २ साउन । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारका एक मन्त्रीले अहिलेसम्म पनि सरकारी निवास छाड्न मानेका छैनन् । ललितपुरकाे पुल्चाेकमा मन्त्रीहरुका लागि बनाइएकाे सरकारी निवास छाड्नै नमान्ने पूर्वमन्त्री हुन् जितेन्द्र देव । उनी प्रचण्डकाे प्रधानमन्त्रीत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका थिए । 

प्रचण्ड नेतृत्वकाे सरकार विघटन भएर शेरबहादुर देउवा प्रधानमन्त्री भएकाे पनि एक महिना १० दिन बढी भइसकेकाे छ । तर पनि उनी मन्त्री क्वार्टर छाेड्नै मानेका छैनन । उनले अाफू फेरि पनि मन्त्री भइहाल्नै भन्दै मन्त्री क्वार्टर नछाडेकाे अाफ्ना निकटस्थहरुलार्इ बताउने गरेका छन् ।

गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि प्रचण्ड नेतृत्वका अन्य मन्त्रीहरुले भने मन्त्री क्वाटर छोडिसकेका छन् ।तर जितेन्द्र देव मन्त्री निवास क्षेत्रकाे ‘भी फाइब’ ब्लकमा बसेका छन् । त्यहाँ उनले अाफ्नाे सामान अहिलेसम्म पनि निकालेका छैनन । क्वार्टरमा सामान राख्नुका साथै त्यसकाे साँचो समेत आफै लिएर उनी हिँडेका छन्।

नेपाल फोरम लोकतान्त्रिकका उपाध्यक्षसमेत रहेका देवले पुन मन्त्री हुने आशा राख्दै मन्त्री मन्त्री क्वार्टरबाट आफ्नो सामान सारेका छैनन् ।

मन्त्रीबाट हटेको दुई–तीन दिनभित्रै आफ्नो सामान सारेर वार्टरको साँचो बुझाउनु पर्ने भए पनि मन्त्रीबाट हटेको ४० दिन बितिसक्दा समेत पूर्वपर्यटनमन्त्री देवले मन्त्री क्वाटर छाडेका छैनन्।

Loading...