नेकपाको कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौँ, ६ भदाै । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद अन्त्यका लागि सुझाव दिन गठित कार्यदलले आफ्नाे प्रतिवेदन बुझाएको छ।

पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझ्न अध्यक्ष पुष्ककमल दाहाल ४ः३० बजे बालुवाटार पुगेका थिए। लामो समयदेखि नेकपामा बढेको आन्तरिक विवादमा समाधान गर्न साउन ३० गने दुई अध्यक्षले गठन गरेको कार्यदललाई सचिवालयले अनुमोदन गरेको थियो।

प्रतिवेदनलाई अन्तिम रुप दिन शनिबार बिहानै देखि कार्यदललको बैठक बसेको थियो। ६ घण्टाभन्दा बढी समय बैठक बसेपछि प्रतिवेदन बुझाएको कार्यदलका एक सदस्यले जानकारी दिए।

प्रतिवेदनमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनु नपर्ने, प्रचण्डलाई दिइएको कार्यकारी अध्यक्षको अधिकार थप व्यवस्थित र व्याख्या गरिएको, सरकारका सबै निर्णय पार्टीको सहमितमा हुने, चैतमा तोकिएको महाधिवेशन सुनिश्चित हुने गरी तत्काल काम अघि बढाउने लगायका सुझाव समेटिएको स्रोतको भनाइ छ।

महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलमा तीनवटै ठूला गुटबाट दुई दुईजना प्रतिनिधित्व हुने गरी बनाइएको छ।

जसमा ओली पक्षबाट महासचिव पौडेल र शंखर पोखरेल अर्का अध्यक्ष प्रचण्ड पक्षबाट जर्नादन शर्मा र पम्फा भुषाल एवं वरिष्ठ नेता मावधकुमार नेपाल पक्षबाट नेता डा. भीव रावल र सुरेन्द्र पाण्डे रहेका छन्।

Loading...