काठमाडौं उपत्यकामा एकैदिन २१६ संक्रमित भेटिए, देशभर ६३४

काठमाडौं, ६ भदौ । काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा २१६ जना नयाँ काेराेना संक्रमित भेटिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडाै जिल्लामा संक्रमित भेटिएका छन् । त्यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।

पछिल्लाे २४ घन्टामा देशभर ६३४ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १२,५१९ काे स्वाब परीक्षण गर्दा ६३४ जना पाेजिटिभ देखिएकाे हाे । 

स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार पर्साका ५९ जना, मोरङका ५२, सिराहाका ३५, मकवानपुरका ३२, सुनसरीका ३१, बाँकेका २८, चितवनका २७, रुपन्देहीका २३, झापाका १७, कास्कीका १६, कपिलवस्तुका १५, कैलालीका १४ र बाराका १० जनामा संक्रमण देखिएको छ ।

बर्दियाका ७, सल्यानका ६, दोलखाका ४, भोजपुर, धनुषा, रौतहट, सप्तरी, काभ्रे, नवलपुर र नवलपरासीका ३÷३ जना, धादिङ, नुवाकोट, तनहुँ, जुम्ला र सुर्खेतका २-२ तथा इलाम, संखुवासभा, महोत्तरी, सर्लाही, सिन्धुली, बाग्लुङ, स्याङ्जा, पाल्पा, प्युठान, रोल्पा, डडेलधुरा र डोटीका १-१ जनामा संक्रमण देखिएको छ ।

यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । उनीहरुमध्ये १४६ जनाको मृत्यु भएको छ । यस्तै १८ हजार ३५० जना निको भइसकेका छन् भने १२ हजार ६२१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८ हजार ७०५ संस्थागत र अरु होम आइसोलेसनमा छन् ।

Loading...