एमाले एक्लै सरकार बनाउनेतिर लागेको सुनेपछि माओवादी केन्द्रमा यस्तो छलफल

काठमाडौं, २८ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बन्ने भएको छ ।

अझै सबै क्षेत्रका अन्तिम परिणाम आएको छैन, समानुपातिक तर्फको मत गणना जारी छ । तरपनि अहिलेसम्मको परिणामले एमाले सबैभन्दा ठूलो पार्टी बन्ने निश्चित भएको छ । समानुपातिकमा पनि एमाले भन्दा नेपाली काँग्रेस पछि छ । पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा एमालेभन्दा काँग्रेसलाई समानुपातिकमा निकै बढी भोट आएको थियो ।

एमाले र माओवादी केन्द्रको गठबन्धनले ल्याएको परिणाम काँग्रेसको लागि अप्रत्यासित नै हो । मत गणनाको प्रारम्भिक परिणाम भइसक्दा पनि काँग्रेस नेताहरुले अाफ्नो पार्टी नै ठूलो पार्टी बन्‍ने दाबी गरिरहेका थिए । उनिहरुको उक्त दाबी फेलले खाएको छ । २०६४ को माओवादीको रापतापको बेला बचाएका क्षेत्र पनि यसपटक काँग्रेसले गुमाएको छ । चर्चित युवादेखि बृद्ध नेताहरुले पराजित भएका छन् । जुन काँग्रेसको पार्टी जीवनको लागि ठूलो घाट हो ।

पार्टी एकतासम्म पुग्ने भन्दै चुनावी तालमेल गरेको एमाले र माओवादी केन्द्रबीचको आगामी यात्रा कस्तो होला भन्ने सबैको चाँसो बनेको छ । एमाले–माके गठबन्धनले दुई तिहाई नपुर्याएपनि पाँच वर्षसम्म चलाउन सक्ने सुविधाजनक बहुमत आउने देखिएको छ । समानुपातिकमा काँग्रेसको कस्तो भोट आउँछ भन्ने कुराले नै दुई तिहाईको टुङ्गो लाग्ने देखिन्छ । अहिलेसम्म प्राप्त गरेको भोटलाई हेर्दा दुई तिहाई नआउने देखिएपनि समानुपातिकमा माकेले पनि अहिले भन्दा बढी भोट तान्न सक्यो भने दुई तिहाई आउन पनि सक्छ ।

आगामी सरकारको नेतृत्व कसले गर्ला, एमाले र माकेको हुने भनिएको एकता कसरी अगाडि बढ्ला, नेपाली काँग्रेसले हारको समिक्षा कसरी गर्ला यी र यस्तै प्रश्नहरु अहिले अगाडि आएका छन् । एमाले र माकेको एकताबारे चुनाव जितेकै दिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्ने संकेत गरका थिए ।

साथै प्रचण्डले पार्टी एकतापछि आफूले पार्टीको नेतृत्व गर्ने समेत संकेत गरेका थिए । तर, त्यसको भोलि पल्टै सरकार र पार्टी दुुबैको नेतृत्व एउटै व्यक्ति गर्ने संकेत ओलीतिरबाट आएपछि सामाजिक सञ्जालदेखि मिडियासम्म पुग्यो । त्यस लगत्तै माकेका केही युवा नेताहरुले चुनाव मुखमा ओलीले जनयुद्ध, राजतन्त्रको अन्त्य गणतन्त्र ल्याउन जनयुद्धको भूमिका नभएको भनेका विषयहरुलाई बहसको रुपमा अगाडि सारेको देखिन्छ । उनीहरुले सामाजिक सञ्‍जालमा अाफूहरुलाई ओलीको उक्त कुरा मान्य नभएको समेत बताएका छन् ।

केही राजनीतिक विश्लेषकहरुले पनि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन नसक्ने दाबी गरिरहेका छन् । केपी र प्रचण्डले एकता चाहेपनि वैदेशिक शक्ति केन्द्रहरुले त्यसलाई असफल बनाउने केही राजनीतिक विश्लेषकको दाबी छ । यसले एमाले र माकेको एकता हेर्न चाहनेलाई चिन्तित बनाएको छ भने एमालेमा विलय हुनु हुँदैन भन्ने माओवादी केन्द्रभित्रको पंक्तिलाई केही राहत दिएको छ ।

यसैबीच एमालेले आफू एक्लैले सरकार बनाउने अंग गणितको हिसाब गर्न थालेको बताइएको छ । सम्पूर्ण परिणाम आइनसकेकाले एमाले नेताहरुले औपचारिक छलफल त सुरु गरेका छैनन् तर दोस्रो तहका नेताहरुले माओवादी केन्द्र विना नै सरकार गठन गर्नुपर्ने गोप्य छलफल सुरु गरेका छन् । तत्काल पार्टी एकता पनि नगर्ने र सरकार पनि एक्लैले चलाउनु पर्ने एमालेका एक तहका नेताहरुले छलफल सुरु गरेको स्रोतले बतायो । एक्लैको सामान्य बहुमत नपुगे जनमोर्चा, नेमकिपा वा कुनै साना पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको छ ।

“पार्टी एकताको धरातल अझै बलियो बनेको छैन, यसमा छलफल जारी राख्ने तर पाँच वर्षे सरकार एमाले एक्लैले संचलान गर्दा एमालेलाई जनताले दिएको मतको कदर पनि हुन्छ र एमालेले केही गरेर देखाउने अबसर पनि हुन्छ । माओवादी केन्द्र विनाकै सरकार पहिलो प्राथमिकता हो” स्रोतले भन्यो । सरकारमा माओवादी केन्द्रलाई सहभागी गराउँदा काम गर्न अप्ठ्यारो हुने एमालेका नेताहरुको बुझाई छ । सरकारमा माओवादी केन्द्रले भाग ठूलो खोज्न सक्ने भन्दै उसलाई सहभागी नगराउन खोजिएको बताइएको छ ।

बढीमा साना दुई पार्टीलाई मिलाएर बहुमत पुर्‍याउने एमालेको पहिलो प्राथमिकतामा पर्ने स्रोतको भनाई छ । साना पार्टीलाई एउटा-एउटा मन्त्रालय दिए पुग्ने भएकाले पनि यसो गर्नुपर्ने छलफलमा सहभागी नेताहरुले तर्क राखेका छन् । साना एक-दुई वामपन्थी पार्टी मिलाएर पनि सुविधाजनक बहुमत नपुग्ने भए दिएको भाग स्वीकार गरे माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने तर अहिले नै पार्टी एकता गर्ने गर्न नहुने सुझाव नेताहरुलाई दिने गोप्य छलफलले निष्कर्ष निकालेको छ ।

यो छलफलकै विषय मात्रै हो । मुख्य कुरा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँगको आगामी यात्राबारे बनाउने योजनामै सरकार गठन र पार्टी एकता निर्भर हुनेछ ।

यस विषयमा माओवादी केन्द्रले सार्वजनिक रुपमा कुनै धारणा बाहिर नल्याए पनि आन्तरिक छलफलहरु भने सुरु भएको बुझिएको छ । माअाेवादी केन्द्रका नेताहरू छिटाेभन्दा छिटाे पार्टी एकता गर्नतिर अग्रसर देखिएका छन् ।एमालेसँग पार्टी एकता गरेर सरकार निर्माण गर्नुपर्नेमा उनिहरूकाे जाेड रहेकाे स्राेतले बतायाे

सरकारको नेतृत्व एमालेलाई दिएर नयाँ बन्ने पार्टीको नेतृत्व आफुले लिनुपर्नेमा माओवादी केन्द्रका माथिल्लो तहका नेताहरुको बुझाई छ । अध्यक्ष प्रचण्डले पनि घुमाउरो शैलीमा आफुलाई प्रधानमन्त्री बन्ने इच्छा खासै नभएको बताईसकेका छन ।

यसकाे अर्थ प्रचण्ड प्रधानमन्त्री भन्दापनि पार्टी नेतृत्व हात पार्न चाहन्छन । जसकारण उनि अहिलेको अवस्थामा धेरै केहि नबोली मौन बसेका छन । तर तल्लाेस्तरका नेता कार्यकर्ताहरूले भने प्रचण्डले सरकारकाे नेतृत्व गर्नुपर्ने लवीङ गर्न थालेकाे स्राेतकाे भनार्इ छ ।

याे पनि पढ्नुहाेस्

एमाले एक्लै सरकार बनाउनेतिर लागेको सुनेपछि माओवादी केन्द्रमा यस्तो छलफल

प्रचण्डमाथि अाेलीकाे अर्काे प्रहार, अाेलीले भने, ‘प्रचण्डजीलार्इ अध्यक्ष नै चाहिएकाे भए किन एकता गर्ने ?’

केपी ओलीलार्इ मुख सम्हालेर बोल्न प्रचण्डका युवा अध्यक्षको चेतावनी

 
Loading...