केपी ओलीलार्इ मुख सम्हालेर बोल्न प्रचण्डका युवा अध्यक्षको चेतावनी

प्रत्यक्षको मत गणनासकिएसँगै वामगठबन्धनभित्र किचलो छताछुल्ल

काठमाडौँ, २७ मंसिर । नेकपा माओवादी केन्द्रनिकट वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपसीखा’ एमाले अध्यक्ष केपी ओलीलाई मुख सम्हालेर बाेल्न सुझाव दिएका छन् । प्रमुख नेता भएर संचारमाध्यममा गैरजिम्मेवारी अभिव्यक्ति दिएको भन्दै अध्यक्ष दिपसीखाले ओलीलाई यस्तो सुझाव दिएका हुन् ।

माओवादी-एमाले एकताको बाटोमा अघि बढिरहेको अवस्थामा अाेलीले जनयुद्धलार्इ सैद्धान्तिक भूल भनेर व्याख्या गरेकाे, साम्यवादरमाईलो कल्पना मात्रै भउकाे, गणतन्त्र आउनुमा जनयुद्ध कुनै भूमिका नै नभएकोजस्ता अभिव्यक्ति दिएको भन्दै दिपसीखाले आक्रोश व्यक्त गरेका छन् ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ओलीले यी सबै कुरा प्रष्ट पारेकाे बताएका छन् । त्यस्तै एमाले र माओवादी केन्द्र मिलेर बन्ने पार्टी कम्युनिष्ट र वामपन्थी दुवै नहुने र बल प्रयोग कुनै आधारभूत सवाल नभएको अभिव्यक्ति समेत ओलीले दिएकाे उनको भनाइ छ ।

‘म एकताको पक्षधर हुँ तर एक प्रमुख नेताले मुख सम्हाल्नुपर्छ । दिपसीखाले अाेलिकाे अभिव्यक्तीसहितका समाचार लिंकहरू शेयर गदै भनेका छन्- ‘प्रष्टताका लागी यि दुई लिंक राख्न जरुरी ठान्छु ।’

यस्ताे छ वाइसिएल अध्यक्ष रामप्रसाद सापकाेटा दिपशिखाका फेसबुक स्टाटस

उनको स्टाटसपछि माअाेवादी केन्द्रका युवाहरू ओलीमाथि खनिएर निक्कै अाक्राेस पाेखेका छन् । एक टेलिभिजन र एक अनलाइनसँगकाे अन्तर्वार्ताका क्रममा अाेलीले जनयुद्ध सैद्धान्तिक भूल थियो भन्ने आशयको अभिव्यक्ति दिएका थिए ।

साथै ओलीले सरकार निर्माणपछि मात्र पार्टी एकीकरण हुने बताएका छन् । ‘सरकार निर्माणको कुरो त तुरुन्तै आइगो, एकतालाई अलिक टाइम लाग्छ ।’ उनले अगाडि भने -‘ २/३ महिनापनि लाग्नसक्छ ।’

पार्टी एकतासम्म पुग्ने भन्दै चुनावी तालमेल गरेको एमाले र माओवादी केन्द्रबीचको आगामी यात्रा कस्तो होला भन्ने सबैको चाँसो बनेको छ । एमाले–माके गठबन्धनले दुई तिहाई नपुर्याएपनि पाँच वर्षसम्म चलाउन सक्ने सुविधाजनक बहुमत आउने देखिएको छ । समानुपातिकमा काँग्रेसको कस्तो भोट आउँछ भन्ने कुराले नै दुई तिहाईको टुङ्गो लाग्ने देखिन्छ । अहिलेसम्म प्राप्त गरेको भोटलाई हेर्दा दुई तिहाई नआउने देखिएपनि समानुपातिकमा माकेले पनि अहिले भन्दा बढी भोट तान्न सक्यो भने दुई तिहाई आउन पनि सक्छ ।

आगामी सरकारको नेतृत्व कसले गर्ला, एमाले र माकेको हुने भनिएको एकता कसरी अगाडि बढ्ला, नेपाली काँग्रेसले हारको समिक्षा कसरी गर्ला यी र यस्तै प्रश्नहरु अहिले अगाडि आएका छन् । एमाले र माकेको एकताबारे चुनाव जितेकै दिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्ने संकेत गरका थिए ।

साथै प्रचण्डले पार्टी एकतापछि आफूले पार्टीको नेतृत्व गर्ने समेत संकेत गरेका थिए । तर, त्यसको भोलि पल्टै सरकार र पार्टी दुुबैको नेतृत्व एउटै व्यक्ति गर्ने संकेत ओलीतिरबाट आएपछि सामाजिक सञ्जालदेखि मिडियासम्म पुग्यो । त्यस लगत्तै माकेका केही युवा नेताहरुले चुनाव मुखमा ओलीले जनयुद्ध, राजतन्त्रको अन्त्य गणतन्त्र ल्याउन जनयुद्धको भूमिका नभएको भनेका विषयहरुलाई बहसको रुपमा अगाडि सारेको देखिन्छ । उनीहरुले सामाजिक सञ्‍जालमा अाफूहरुलाई ओलीको उक्त कुरा मान्य नभएको समेत बताएका छन् ।

केही राजनीतिक विश्लेषकहरुले पनि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन नसक्ने दाबी गरिरहेका छन् । केपी र प्रचण्डले एकता चाहेपनि वैदेशिक शक्ति केन्द्रहरुले त्यसलाई असफल बनाउने केही राजनीतिक विश्लेषकको दाबी छ । यसले एमाले र माकेको एकता हेर्न चाहनेलाई चिन्तित बनाएको छ भने एमालेमा विलय हुनु हुँदैन भन्ने माओवादी केन्द्रभित्रको पंक्तिलाई केही राहत दिएको छ ।

यसैबीच एमालेले आफू एक्लैले सरकार बनाउने अंग गणितको हिसाब गर्न थालेको बताइएको छ । सम्पूर्ण परिणाम आइनसकेकाले एमाले नेताहरुले औपचारिक छलफल त सुरु गरेका छैनन् तर दोस्रो तहका नेताहरुले माओवादी केन्द्र विना नै सरकार गठन गर्नुपर्ने गोप्य छलफल सुरु गरेका छन् । तत्काल पार्टी एकता पनि नगर्ने र सरकार पनि एक्लैले चलाउनु पर्ने एमालेका एक तहका नेताहरुले छलफल सुरु गरेको स्रोतले बतायो । एक्लैको सामान्य बहुमत नपुगे जनमोर्चा, नेमकिपा वा कुनै साना पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको छ ।

“पार्टी एकताको धरातल अझै बलियो बनेको छैन, यसमा छलफल जारी राख्ने तर पाँच वर्षे सरकार एमाले एक्लैले संचलान गर्दा एमालेलाई जनताले दिएको मतको कदर पनि हुन्छ र एमालेले केही गरेर देखाउने अबसर पनि हुन्छ । माओवादी केन्द्र विनाकै सरकार पहिलो प्राथमिकता हो” स्रोतले भन्यो । सरकारमा माओवादी केन्द्रलाई सहभागी गराउँदा काम गर्न अप्ठ्यारो हुने एमालेका नेताहरुको बुझाई छ । सरकारमा माओवादी केन्द्रले भाग ठूलो खोज्न सक्ने भन्दै उसलाई सहभागी नगराउन खोजिएको बताइएको छ ।

बढीमा साना दुई पार्टीलाई मिलाएर बहुमत पुर्‍याउने एमालेको पहिलो प्राथमिकतामा पर्ने स्रोतको भनाई छ । साना पार्टीलाई एउटा-एउटा मन्त्रालय दिए पुग्ने भएकाले पनि यसो गर्नुपर्ने छलफलमा सहभागी नेताहरुले तर्क राखेका छन् । साना एक-दुई वामपन्थी पार्टी मिलाएर पनि सुविधाजनक बहुमत नपुग्ने भए दिएको भाग स्वीकार गरे माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने तर अहिले नै पार्टी एकता गर्ने गर्न नहुने सुझाव नेताहरुलाई दिने गोप्य छलफलले निष्कर्ष निकालेको छ ।

याे पनि पढ्नुहाेस्

एमाले एक्लै सरकार बनाउनेतिर लागेको सुनेपछि माओवादी केन्द्रमा यस्तो छलफल

प्रचण्डमाथि अाेलीकाे अर्काे प्रहार, अाेलीले भने, ‘प्रचण्डजीलार्इ अध्यक्ष नै चाहिएकाे भए किन एकता गर्ने ?’

केपी ओलीलार्इ मुख सम्हालेर बोल्न प्रचण्डका युवा अध्यक्षको चेतावनी

Loading...