प्रचण्डमाथि ओलीको अर्को प्रहार, ओलीले भने, ‘प्रचण्डजीलार्इ अध्यक्ष नै चाहिएको भए किन एकता गर्ने ?’

काठमाडौँ, २८ मंसिर । एमाले अध्यक्ष केपी ओलीले वाम गठबन्धनले संवैधानिक व्यवस्था अनुसार नै पार्टी र सरकारको नेतृत्व गर्ने बताएका छन । पत्रकार निरजराज जोशीसँग कुरा गर्दै ओलीले संवैधानिक व्यवस्था अनुसार कार्यकारी प्रमुख नै प्रधानमन्त्री हुने उनले बताएका छन् ।

एकतापछि पार्टी अध्यक्ष एक जना र प्रधानमन्त्री एक जना हुने ? के त्यसो हो ? भन्ने प्रश्नमा ओलीले भने- ‘ हाम्रो बिचमा त्यस्ताे समझदारी भएको पनि छैन, त्यस्तो हुन पनि सक्दैन ।’ पार्टीको नेतृत्वकर्ता नै प्रधानमन्त्री हुने ओलीको भनाई छ ।

अध्यक्ष र प्रधानमन्त्रीको सवालमा १/२ जनाले भन्दैमा मात्रै निर्णय गर्न नसकिने ओलीको भनाई छ । ‘अहिले त्यस विषयमा चर्चा गर्नु पनि बान्छनीय हुदैन ।’ उनले भने-‘पार्टी एकता भएपछि सबै हकदार हुन्छन् । पार्टी एकता हुनुभन्दा अगाडी नै त्यो कुरा गर्‍यो भने त्यसले समस्या पैदा गर्छ ।’

उनले यो विषयमा अहिले चर्चा नहुने प्रष्ट पारेका छन् । ‘अध्यक्ष हुनका लागि त म छदैछु, किन पार्टी एकता गर्नुपर्‍यो ? उनले अगाडि थपे – ‘प्रचण्ड जी पनि अध्यक्ष हुँदै हुनुहुन्छ नि किन एकता गर्नुपर्‍यो ? अध्यक्ष नै चाहिया भए त उहाँ पनि अहिले नै अध्यक्ष हुनुहुन्छ ।’

आफूहरुले अध्यक्ष भन्दा पनि युनिटी खोजेको उनको भनाई छ । ‘अध्यक्ष होइन एकताबद्ध ढंगले देश अगाडि बढाउने कुरा खोजेको हो, अध्यक्ष खोजेको होइन ।’ उनले भने- ‘ मिलेर देशलाई अगाडी बढाउने कुरो खोजेको हो । जे आवस्यकता पर्छ त्यो हामि पारस्परिक छलफलबाट गर्छौं । अहिले त्यस सम्बन्धमा कुनै छलफल भएको छैन ।’

पार्टी अध्यक्षको प्रश्न महाधिवेशन वा एकीकरणमा मात्र आउने भन्दै ओलीले अहिले सरकार गठनको क्रममा पार्टी अध्यक्षको प्रश्न सान्दर्भिक नै नहुने उनको भनाई छ । प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुखजस्ता पदहरु पार्टीको अध्यक्षसँग नजोडिने उनले प्रष्ट पारेका छन् ।

अाेलीले गरेकाे कुराकानीकाे अडियाे सुन्नुहाेस

याे पनि पढ्नुहाेस्

केपी ओलीलार्इ मुख सम्हालेर बोल्न प्रचण्डका युवा अध्यक्षको चेतावनी

प्रत्यक्षको मत गणनासकिएसँगै वामगठबन्धनभित्र किचलो छताछुल्ल

एमाले एक्लै सरकार बनाउनेतिर लागेको सुनेपछि माओवादी केन्द्रमा यस्तो छलफल

प्रचण्डमाथि अाेलीकाे अर्काे प्रहार, अाेलीले भने, ‘प्रचण्डजीलार्इ अध्यक्ष नै चाहिएकाे भए किन एकता गर्ने ?’

केपी ओलीलार्इ मुख सम्हालेर बोल्न प्रचण्डका युवा अध्यक्षको चेतावनी

 

 
Loading...