खेमनाथ दाहालको रचना र ज्ञानु रानाको स्वर रहेको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत ‘बित्छ बिहान आमाको’ सार्वजनिक भएको छ । डा.यज्ञश्वर निरौलाको प्रमुख आतिथ्यतामा बिहीबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । विशिष्ठ गायिका ज्ञानु राणाको स्वरमा रहेको गीत महाकाव्यकार दाहालको कृति ‘योद्धा’मा रहेको काव्यलाई कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत गरेका हुन् । मिलापको आयोजनामा साहित्यकार लेखनाथ […]

नगरस्तरीय नृत्यमा गोल्डेन सुनगाभा प्रथम, अब जिल्ला स्तरमा प्रतिस्पर्धा

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–स्तरीय नृत्य प्रतियोगितामा दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस बोर्डिङ स्कुल प्रथम भएको छ। चाँगुनारायण प्याब्सनले मंगलबार आयोजना गरेको प्रतियोगितामा नगरका विभिन्न विद्यालयका विद्यार्थी समूहले प्रतिस्पर्धात्मक प्रस्तुती दिएका थिए। तीमध्ये गोल्डेन सुनगाभाका विद्यार्थीले प्रस्तुत गरेको समूह नृत्य मौलिकता, तालमेल, अभिव्यक्ति र प्रस्तुतिको प्रवाहका आधारमा सर्वाधिक अंक प्राप्त गर्दै शीर्ष स्थानमा पर्न सफल भएको […]

भक्तपुरको शैक्षिक इतिहासमा सम्भवतः पहिलोपटक अन्तर–विद्यालय नाटक प्रतियोगिता सम्पन्न

drama

भक्तपुर । भक्तपुरको शैक्षिक इतिहासमा सम्भवतः पहिलोपटक अन्तर–विद्यालय नाटक प्रतियोगिता सम्पन्न भएको  छ। नेसनल प्याव्सन भक्तपुर अन्तर्गत मदरल्याण्ड स्कुलले आयोजना गरेको यो प्रतियोगिता विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने महत्वपूर्ण मञ्च बनेको छ। प्रतियोगिता अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्ना कथा, अभिनय र सिर्जनालाई अत्यन्त प्रभावकारी तरिकाले प्रस्तुत गरे। ती प्रस्तुतीमध्ये ऋतम्भरा पाठशालाले उत्कृष्ट नाटक प्रस्तुत गर्दै प्रथम […]

विद्या चौहान —नारी शक्तिको नमूना र एउटा प्रेरणा

काठमाडौं । मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धी विद्या चौहान आज हजारौं नेपाली महिलाका लागि प्रेरणाको प्रतिक बनेकी छन्। रामेछापको दुर्गम गाउँ फूलासीमा जन्मिएकी बिध्या, हाल सुदूरपश्चिमकी बुहारीका रूपमा चुल्होचौका मात्रै सहाल्दै छैनन्, नारी सशक्तिकरणको ज्वलन्त उदाहरण बनिरहेकी छिन्। शिक्षाका हिसाबले नर्स रहेकी विध्या अहिले भवानी ग्रुपकी सञ्चालकका रूपमा सफल महिला उद्यमीका रूपमा पनि […]

आज धनतेरस, भोलि कागतिहार : झिलिमिली तिहार शुरू

काठमाडौँ । झिलीमिली बत्तीहरूको चमकसँगै यस वर्षको दीपावली पर्वआज धनतेरसबाट औपचारिक रूपमा सुरु हुँदैछ । राजधानीलगायत देशभरका प्रमुख सहरहरूमा एक हप्ता अघिदेखि नै घर–घरमा तिहारको रौनक सुरु भइसकेको छ । बत्तीको उज्यालोले रातमा सहर झन् रमणीय बनेको छ भने नागरिकहरूमा चाडपर्वको उत्साह छाएको छ । आज अपराह्नदेखि सुरु हुने त्रयोदशी तिथिमा धनतेरस मनाइनेछ । आजको […]

यी हुन् मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्डको उपाधी पाउने सुन्दरी

काठमाडौं — राजधानीको नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५ को भव्य ग्रान्ड फिनाले सम्पन्न भएको छ। सौन्दर्य, प्रतिभा र महिला सशक्तीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम सामरी इन्टरनेसनलको आयोजना र एमकेएम फेसन हाउसको सहकार्यमा सम्पन्न गरिएको हो। कार्यक्रमको सञ्चालन सोनु निरौलाले गरेकी थिइन्। प्रमुख अतिथि पूर्व सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले प्रतियोगिताको उद्घाटन गरेकी […]

इन्दिराको जीवनमा आधारित फिल्म ‘इन्दिरा धिमे मैचा’

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति‌ले पहिलो महिला धिमेवादक इन्दिरा लाछिमस्युको जीवनमा आधारित फिल्म *‘इन्दिरा धिमे मैचा’*को उद्घाटन गरेका छन् । कार्यक्रममा प्रमुख प्रजापतिले ३ दशकअघि महिलाले धिमे, धाँ जस्ता बाजा बजाउन त के, छुनसम्म नहुने परम्पराविरुद्ध इन्दिराले उठाएको कदमलाई ऐतिहासिक र क्रान्तिकारी बताए। उनका अनुसार, इन्दिराको संघर्षले महिलालाई सांस्कृतिक सन्देशसहित सशक्त बनाएको छ। […]

पाँचौँ नव पसले सांस्कृतिक कार्यक्रम लक्ष्मीपूजाको दिन हुने

तनहुँ । म्याग्दे गाउँपालिका–३, पसलेस्थित नव पसले युवा क्लबले शुभ दीपावली – २०८२ को अवसरमा ‘पाँचौँ नव पसले सांस्कृतिक कार्यक्रम’ आयोजना गर्ने भएको छ। आगामी कात्तिक ३ गते लक्ष्मीपूजाको दिन कार्यक्रम हुने क्लबका सचिव श्रीराम थापाका बताएका छन । सचिव थापाका अनुसार कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। साथै क्लबका सदस्य दाजुभाइ र दिदीबहिनीहरूले […]

संविधान दिवसमा ‘नेपालको छोरी’ सार्वजनिक (हेर्नुस् भिडियो)

भक्तपुर । राग रागिनी इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको नयाँ राष्ट्रिय गीत “नेपालको छोरी” संविधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको छ। गीतमा टुना थापाको स्वर, कपिल कसपालको शब्द र भुपेन्द्र रायामाझीको संगीत रहेको छ। यस गीतको भिडियो निर्देशन निशान एस.के.ले गरेका छन्।  गीतकार तथा सञ्चारकर्मी कपिल कसपालले “नेपालको छोरी” आफूले समाजप्रतिको जिम्मेवारी र भावनात्मक समर्पणका साथ […]

‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङलाई

‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङले चुमेका छन्।   सोमबार नेपाल पुलिस क्लवमा भएको अन्तिम प्रतिस्पर्धामा उनीहरूले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । पूर्व अर्थ तथा परराष्ट्रमन्त्री मन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको समारोहमा मिसेसतर्फ फष्ट रनरअप मायादेवी गुरुङ, सेकेण्ड रनरअप गंगा गुरुङ, […]