बनेपामा विशेष साहित्यिक गोष्ठी तथा अन्तर्क्रिया

काभ्रेपलान्चोक । प्रगतिशील लेखक सङ्घ काभ्रेले आयोजना गरेको विशेष साहित्यिक गोष्ठी तथा अन्तर्क्रिया कार्यक्रम शनिबार बनेपामा उत्साहपूर्वक सम्पन्न भयो। सङ्घका अध्यक्ष कान्छामान लामा ‘रक्तिम’को अध्यक्षता र प्रलेसका केन्द्रीय सदस्य तथा इन्चार्ज गोविन्द श्रृङ्खलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले स्थानीय साहित्यिक वातावरणलाई थप जीवन्त बनाएको सहभागीहरूले बताएका छन्। बनेपा–८ स्थित शिक्षक सङ्गठनको सभाहलमा प्रत्येक महिनाको अन्तिम शनिबार […]

मण्डनदेउपुरमा ट्रिपर दुर्घटना : चालकको जलेर गयो ज्यान, सहचालक गम्भीर घाइते

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ कोदारी भिरमा ट्रिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बा ५ ख ४०७२ नम्बरको ट्रिपर शनिबार बिहान करिब ४ः३० बजे सडकबाट करिब ६० मिटर तल खस्दा आगलागी भएको थियो। ट्रिपर भिरमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मण्डनदेउपुर–७ […]

जेनजी प्रदर्शनमा क्षति पुर्याउने काभ्रेका सातजना समातिए, अधिकांशको आपराधिक पृष्ठभुमि

काभ्रे । जेनजी प्रदर्शनमा प्रहरी र सरकारी कार्यालयमा आगजनी, तोडफोड र लुटपाटको आरोपमा काभ्रे प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । उनीहरू उपर सात दिनको म्याद लिएर थप अनुसन्धान भैरहेक प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा तीनजनाको पृष्ठभुमि आपराधिक देखिएको डिएसपी रविन बिष्टले बताएका छन् । चोरीमा तीनपटक मुद्दा चलेका पनौती-२ का सुवास तामाङ र अभद्र […]

५२ फरार अपराधी काभ्रे प्रहरीको फन्दामा, कुन मुद्दाका कति?

काभ्रेपलान्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले ५२ जना फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ । गत भदौ २४ गते कारागारबाट निस्किएर नफर्किएका ५२ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सबैभन्दा बढी जबर्जस्ति करणीका १४ जना र कर्तब्य ज्यान मुद्दाका १२ जना रहेका जिप्रकाको प्रवक्ता रविन बिष्टले बताए । जिल्लाका विभिन्न ठाउँमा लुकीछिपी रहेको […]

काभ्रेमा जुवातास खेल्ने ८ र यौन क्रियाकलापमा संलग्न ३ पक्राउ

काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जुवा–तास खेल्ने तथा यौनजन्य क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मिति साँझ ८ः०० बजे बनेपा नगरपालिका–९, बेथिसाइट नजिकस्थित फर्निचर बनाउने टहरामा जुवा–तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मार्दा ८ जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकाबाट नगद १ लाख २२ हजार ६५४ रुपैयाँ र तास २७ बुक्सहित […]

काभ्रे मालपोतका खरिदार बिरुद्ध अख्तियारको आरोपपत्र

काभ्रे ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले मालपोत कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारी विरुद्ध घुस लिई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। साविक दोलालघाट गाउँ विकास समिति–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गा धनीको नाममा दर्ता गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु. २ लाख घुस लिएको भन्दै अख्तियारले […]

काभ्रेमा सवारी दुर्घटना, सात घाइते

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकमा आज दिउँसो बस र मिनि आइचर ठोक्किँदा सातजना घाइते भएका छन्। प्रहरीका अनुसार काठमाण्डौबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा २ ख ६५७९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको बा ५ ख ६८३ नम्बरको मिनि आइचरलाई ठक्कर दिँदा आइचर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेको हो। दुर्घटनामा मिनि आइचरमा […]

अवरुद्ध बिपी राजमार्गमा डाइभर्सन बनाउने प्रयास, पूर्व जान बैकल्पिक मार्गको प्रयोग

काभ्रेपलान्चोक । काभ्रेको चौकीडाँडा लगायतका दर्जन बढी स्थानमा रोशी खोलाले सडक कटान गर्नुकासाथै गत वर्ष बनाएको पुरानो डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । चौकीडाँडा देखि नेपालथोक सडक खण्डमा राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध सडक सुचारुको लागि सोमबारबाट डाइभर्सन बनाउन प्रयास भैरहेको सडक डिभिजन भक्तपुरले जनाएको छ । डिभिजन प्रमुख सुमन योगेशले दिएको […]

अग्नी साकोस पीडितलाई उजुरी गर्न ७ दिने सूचना सार्वजनिक

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित मुद्दामा जिल्ला प्रहरी कार्यालय धुलिखेलले ७ दिने सार्वजनिक सूचना जारी गरेको छ। जारी सूचनामा उल्लेख गरिएअनुसार, सहकारीका बचतकर्ताहरूले विभिन्न मितिमा नगद रकम जम्मा गरेपश्चात संस्थाका पदाधिकारीहरूमाथि ठगी अभियोगमा अनुसन्धान अगाडि बढाइएको छ। यस सम्बन्धमा जाहेरी समेत दर्ता भइसकेको र केही […]

महाभारतकी गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

काभ्रे । महाभारत–७ निवासी जयमान घलानकी श्रीमती देव कुमारीलाई बनखु स्वास्थ्य चौकीले सुत्केरी गराउन असमर्थ भएपछि राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत निःशुल्क उद्धार गरि काठमाडौ रिफर गरिएको छ। उनलाई गाउँपालिकाको पहलमा राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उद्धार गरिएको हो। गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले नेपाली सेनाको हेलिकप्टरबाट देवकुमारीलाई काठमाडौं रिफर गरिएको जानकारी दिए । […]