रोल्पा, १९ असार । घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाका खरिदार अख्तियारको फन्दामा परेकी छन् । खरिदार निता शर्मा घुस रकम सहित अख्तियारको फन्दामा परेकी हुन् । कार्यालयले खरिद गरेको सामानको भुक्तानी वापत सेवाग्राहीसँग घुस लिए पछी उनलाई अख्तियारले नियन्त्रणमा लिएको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा […]
Tag: अख्तियार दुरुपयोग अनुसन्धान आयोग
शिक्षाका दुई सव-इन्जिनियर रङ्गेहात समातिए
काठमाडौ, १७ असार । शिक्षाका दुई सव इन्जिनियरहरु अख्तियारको फन्दामा परेका छन् । विद्यालय भवन सम्पन्नताको प्रमाणपत्र दिने कार्यमा घुस लिएपछि अख्तियारको विशेष टोलीले उनीहरुलाई समातेको हो । समन्वय इकाइ काभ्रेका सव इन्जिनियर धनबिर भगत र शिक्षा समन्वय इकाइ भोजपुरका तत्कालीन सव इन्जिनियर निरज कुमार चौधरीलाई घुस लिएको आरोपमा मंगलवार अख्तियारले समातेको अख्तियारका प्रवक्ता प्रदीप […]
घुसको रकमसहित सल्यानमा इकाइ प्रमुख वली पक्राउ
सल्यान । शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख धनबहादुर वली घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले उनलाई २५ हजार नगद रुपैयाँ घुस लिएको रकमसहित पक्राउ गरेको हो । गएको वैशाख ११ गतेदेखि सल्यानमा इकाई प्रमुखको रूपमा कार्यरत वलीलाई शिक्षक सरुवाको सहजीकरण गरेवापत एक सेवाग्राहीसँग घुस लिएको अवस्थामा […]
एसईईको प्रश्नपत्र आउट गर्ने १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को विज्ञान र सामाजिक अध्ययन विषयको परीक्षा अगावै प्रश्नपत्र आउट गर्ने १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दार्ता गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को अनुसन्धानका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । गत चैत १० गतेबाट शुरु भएको एइई परीक्षाअन्तर्गत प्रदेश २ मा […]
विकास बजेट रकमान्तर गरेर सांसदलाइ नि:शुल्क ल्यापटप वितरण गर्ने षड्यन्त्र
काठमाडौं । सरकारले देशको विकास खर्च काटेर सांसदका लागि प्रतिसांसद एक लाख बढी पर्ने ल्यापटप खरिद गर्ने भएको छ । विकास खर्च काटेर ल्यापटप दिने सरकारको निर्णय उपयुक्त नभएको अधिकारीले बताएका छन । सांसदलाई ल्यापटप किन्न विकास खर्चको ३ करोड ३४ लाख रुपैयाँ रकमान्तर गर्न लागिएको हो । सांसदहरु विभिन्न लबिङ गरी आफ्नो निर्वाचन क्षेत्रमा […]
भ्रष्टाचारी प्रमाणित भइ जेल सजायसमेत काटेका जोशीको फायल अख्तियारबाटै गायब
काठमाडौं । शक्तिमा रहँदा अधिकारको दुरुपयोग गद्रै ठूलो रकम भ्रष्टाचार गरेको र अकूत सम्पति आर्जन गरेको ठहर भएर जेल सजाय समेत काटेका एक व्यक्तिको फायल अख्तियारबाटै गायब पारिएको भेटिएको छ । नेपाली कांग्रेसका नेता समेत रहेका गोविन्दराज जोशीको फायल अख्तियारबाटै गायब भएको हो । अदालतले पाँच वर्षदेखि निरन्तर माग गरिरहँदा पनि अख्तियारले उक्त फायल दिएको […]
उच्च ओहोदाका यति धेरैले लिन्छन दोहोरो सुविधा, अख्तियार र महालेखा प्रमुख समेत कम्तिका छैनन
काठमाडौं । स्वच्छ छवि र उच्च नैतिकता भएका व्यक्तिहरू नै संवैधानिक निकायको पदाधिकारी बन्ने अपेक्षा संविधानले गरेको छ। त्यही संविधानअन्तर्गत नियुक्त भएका पदाधिकारीहरूले तलब र पेन्सनमा दोहोरो सुविधा लिइरहेका छन् । नवीनकुमार घिमिरे : भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने मुख्य जिम्मेवारीमा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेले समेत राज्यबाट दोहोरो सुविधा लिएका […]
अख्तियारका इन्स्पेक्टर १५ हजार घुससहित गिरफ्तार
काठमाडौं, २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी निरीक्षक केशव बहादुर बस्नेतलाई १५ हजार घुस रकम सहित पक्राउ गरेको छ। रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय, रन्यौराका कार्यरत बस्नेतलाई अख्तियारको टोलीले बिहीबार साँझ घुस सहित पक्राउ गरेको हो। बस्नेत सेवाग्राहीसँग सिसै नाकाबाट बालुवा गिट्टी ढुवानीमा सहज बनाउने भन्दै घुस लिँदा पक्राउ परेका हुन्। […]
अख्तियारद्वारा पौने ३ लाख घुससहित वडा अध्यक्ष पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा महागढीमाई नगरपालिका–६ का अध्यक्ष रामजीप्रसाद बरैलेलाई २ लाख ७५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। अख्तियार टोलीले उनलाई कलैया उपमहानगरपालिका–७ स्थित दुर्गा माध्यामिक विद्यालयको हाताबाट मंगलबार पक्राउ गरेको हो। ‘सेवाग्राहीसँग २ लाख ७५ हजार रुपैयाँ घुसवापतको रकम लिइसकेको अवस्थामा घुस रकमसहित कलैया उपमहानगरपालिका–७ स्थित दुर्गा मावि हाताबाट रंगेहात […]
मोदीलाई महेश बस्नेतको साथ् : कुलमानमाथि अख्तियार लगाउन माग
काठमाडौं, २१ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता महेश बस्नेत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि खनिएका छन । पूर्व उद्योगमन्त्री समेत रहेका बस्नेतले घिसिङ्गलाई अख्तियार लगाएर छानबिन गर्नुपर्ने बताए । मंगलबार बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभा बैठकमा बोल्दै भक्तपुर- २ बाट निर्वाचित सांसद बस्नेतले विद्युत प्राधिकरणले ९ अर्ब बढी […]










