एसईईको प्रश्नपत्र आउट गर्ने १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को विज्ञान र सामाजिक अध्ययन विषयको परीक्षा अगावै प्रश्नपत्र आउट गर्ने १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दार्ता गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को अनुसन्धानका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गत चैत १० गतेबाट शुरु भएको एइई परीक्षाअन्तर्गत प्रदेश २ मा विज्ञान र सामाजिक अध्ययन विषयको प्रश्नपत्र परीक्षाको अघिल्लो दिन नै सार्वजनिक भएको थियो । सोही विषयमा अनुसन्धान गर्दै सिआईबीले प्रहरी जवान दिपेन्द्र बहादुर मण्डल र ब्रह्मादेव सुनरैतसहितलाई पक्राउ गरेको थियो ।

सिआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा अख्तियारले प्रहरी जवान मण्डल र सुनरैतसहित १२ जनाको विरुद्धमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले प्रहरी जवान मण्डल र सुनरैतका अतिरिक्त शिक्षक मनोज कुमार यादव, अरोध यादव, विष्णुदेव यादव, राजेश कुमार यादव, श्रवण यादव, इन्दल यादवसहित नाम खुलाउन नमिल्ने अन्य ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Loading...