७८ लाख घुस लिएर बदनाम भएका अख्तियार आयुक्त पाठक अदालतमा

काठमाडौं, १ जेठ । ७८ लाख घुस लिएर बदनाम भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन् । बुधबार विशेष अदालत पुगेका पाठकको विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहित न्यायाधीशहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजलासमा बयान भइरहेको छ । चैत दोस्रो साता पाठकविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको […]

महानगर र खुलामञ्च बेच्ने ठेकेदारका सबै कागजात अख्तियारको नियन्त्रणमा

काठमाडौ, १६ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका र जलेश्वर, स्वच्छन्द र बिकोइ कम्पनीबीच २०७१ साल फागुन २२ गते भएको सम्झौताको सम्पूर्ण कागजपत्र नियन्त्रणमा लिएको छ । आइतबार दिउसो महानगरको मुख्यालयमा पुगेको टोलीले बिवादित खुला मञ्चको सटर भाडामा दिएको विषयको सम्पूर्ण कागजात नियन्त्रणमा लिएको हो । अख्तियार स्रोतका अनुसार टोलीले सम्झौतापत्र, संरचना निर्माण […]

अख्तियारले समात्यो अर्को सानो माछा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कार्यालय सहयोगीलाई समातेको छ । मालपोत कार्यालय रूपन्देही, भैरहवाको तामेली शाखामा कार्यरत कार्यालय सहयोगी जोगेन्द्र प्रसाद चौधरी समातिएका हुन् । सेवाग्राहीले निबेदन मार्फत सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि माग गरेकोमा सो सम्बन्धी मिसिल खोजी प्रतिलिपी उपलब्ध गराउने प्रयोजनको लागि घुस खाएपछि उनी अख्तियारको फन्दामा परेका हुन् । अख्तियार दुरुपयोग […]

प्रधानन्यायाधीशकै आदेशमा सरकारी जग्गा व्यक्तिको नाममा भएको खुलासा

काठमाडौं । सर्वोच्चमा आएका सार्वजनिक जग्गासम्बन्धी मुद्दामा प्रधानन्यायाधीशकै चासो धेरै हुने गरेको छ । प्रधानन्यायाधीशकै आदेशमा धेरै सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भइसकेका छन् । प्रधानन्यायाधीश हुँदा ओमप्रकाश मिश्र र गोपाल पराजुलीले यस्तै विवादास्पद फैसला गरेका थिए । भक्तपुरको दुवाकोटस्थित १९ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७० को ३१ वैशाखमा […]

बालुवाटारको सरकारी जग्गा बेच्न सम्लग्न मालपोतका कर्मचारी र भूमाफियाको समूह फरार

काठमाडौं, ३ बैशाख । बालुवाटारको सरकारी जग्गा निजीकरण गरेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन्। ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेपछि डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी र भूमाफियाको समूह फरार भएका हुन्। सरकारले ५४ वर्षअघि मुआब्जा दिएर […]

सरकारी जग्गा हडपेर छानविनमा रहेका गुरुङलाइ गृहमन्त्री बादलले गरे ‘सुप्रबल जनसेवाश्री सम्मान’ सिफारिस

काठमाडौं । बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरी छानबिनमा रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ ‘सुप्रबल जनसेवाश्री तृतीय’ बाट सुशोभित हुने भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को छानबिनमा रहेका गुरुङ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुप्रबल जनसेवाश्री–तृतीय’ पदकबाट सुशोभित हुने छन्। यसपालि तीन सय ४३ जनाले विभिन्न पदक पाएका छन्। गुरुङसहित […]

सत्ता र शक्तिको आत्मरतिमा रमाइरहने हो भने किन चाहियो यो गणतन्त्र ?

नेपाली जनमानसमा ‘केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको नाश’ भन्ने एउटा लोकोक्ति जनजिब्रोमा झुण्डिएको छ । विशेष गरी जब कसैले कुनै काम सहजै फत्ते गर्छु भन्दै फूर्ती लगाउँछ तर काम बनाउनुको साटो झन बिगार्दछ, त्यतिखेर उक्त व्यक्तिको फाँइफुट्टीमाथि कटाक्ष प्रहार गर्दै यो उखानको प्रयोग गर्ने गरिन्छ । नेपाली राजनीतिका खास परिघटनालाई बेलाबखत उखान टुक्काको चातुर्यपूर्ण प्रयोग […]

ओलीलाई दुई तिहाइः बाँदरको हातमा नरिवल

नेपाली जनमानसमा ‘केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको नाश’ भन्ने एउटा लोकोक्ति जनजिब्रोमा झुण्डिएको छ । विशेष गरी जब कसैले कुनै काम सहजै फत्ते गर्छु भन्दै फूर्ती लगाउँछ तर काम बनाउनुको साटो झन बिगार्दछ, त्यतिखेर उक्त व्यक्तिको फाँइफुट्टीमाथि कटाक्ष प्रहार गर्दै यो उखानको प्रयोग गर्ने गरिन्छ । नेपाली राजनीतिका खास परिघटनालाई बेलाबखत उखान टुक्काको चातुर्यपूर्ण प्रयोग […]

कूलमान घिसिङका लेखा प्रमुखमाथि अख्तियारले लगायो ५२ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ, ४ चैत । लोडसेडिङको अन्त्य गरेर निकै चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कूलमान घिसिङका लेखा प्रमुखमाथि अख्तियारले ५२ लाख भ्रष्टाचार गरेको मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सो मुद्दा दायर गरेको हो । नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका तत्कालीन लेखाप्रमुख उमेशकुमार ठाकुरविरुद्ध ५२ लाख १३ हजार […]

भ्रष्टाचार काण्डमा उपराष्ट्रपतिका छोरा दिपेशसँग बयान लिँदै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्तित्वसँग बयान लिने तयारी गरेको छ। अख्तियारले उपराष्ट्रपति पुनका छोरा दीपेश र अखिल क्रान्तिकारी नेता कैलाश मगर तथा उक्त प्रकरणमा मुछिएका एक दर्जनभन्दा बढी व्यक्तिसँग बयान लिन लागेको हो। आयोगले पाठकलाई घुस बुझाउने चाँगुनारायणस्थित नेपाल […]