अख्तियारले समात्यो अर्को सानो माछा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कार्यालय सहयोगीलाई समातेको छ । मालपोत कार्यालय रूपन्देही, भैरहवाको तामेली शाखामा कार्यरत कार्यालय सहयोगी जोगेन्द्र प्रसाद चौधरी समातिएका हुन् ।

सेवाग्राहीले निबेदन मार्फत सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि माग गरेकोमा सो सम्बन्धी मिसिल खोजी प्रतिलिपी उपलब्ध गराउने प्रयोजनको लागि घुस खाएपछि उनी अख्तियारको फन्दामा परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिइ गएको टोलीले कार्यालय सहयोगी जोगेन्द्र प्रसाद चौधरीलाई रू बीस हजार घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त कार्यालय परिसरबाट बुधवार नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

Loading...