महर्जनलाई रिहाई गर्न माग गर्दै माइतीघर मण्डलामा पत्रकारहरुको धर्ना

बैशाख १२,काठमाडौँ /
सर्वोच्च अदालतको आदेश अवज्ञा गरी हिरासतमा राखिएका पत्रकार जितेन्द्र महर्जनलाई रिहाईको माग गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूले विहीबार राजधानीको माईतीघर मण्डलामा धर्ना दिएको छ ।
वैचारिक आस्थाका आधारमा उचित उचित र पर्याप्त प्रमाण बिना हिरासतमा राखिएको भन्दै पत्रकार दबूले माईती मण्डलामा डेढ घण्टा धर्ना दिएको हो ।
कीर्तिपुरबाट प्रकाशित हुने नेपाल भाषाको ज्वजलपा साप्ताहिकका सम्पादक समेत रहनुभएका महर्जन पत्रकार दबूका काठमाडौं शाखाका सदस्य हुनुहुन्छ ।पत्रकार महर्जनलाई पहिलो पटक गत चैत्र २६ गते दोस्रो पटक बैशाख ८ गते सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरिएको थियो ।
पत्रकार दबूका केन्द्रीय पदाधिकारी, सदस्य, काठमाडौं उपत्यका सदस्यहरुले ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गर, प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर, गैर न्यायिक हिरासतमा राखिएका पत्रकार रिहाई गर’ भन्ने लेखिएको पर्चा देखाएर धर्नामा सहभागी भएका थिए । ती पर्चाहरु रञ्जना लिपि, प्रचलित नेपाल लिपि, देवनागरी र रोमन लिपिमा लेखिएको थियो ।धर्नाप्रति एक्यबद्धता जनाउ“दै नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन, प्रेस सेन्टरका पदाधिकारीहरु धर्नामा सहभागी भएका थिए ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीले राज्यविरुद्धको कसुरको अनुसन्धानको सिलसिलामा भन्दै पत्रकार महर्जन पटक पटक म्याद थप गरी हिरासतमा राखिएको छ ।वृतका प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलका अनुसार पत्रकार महर्जनलाई थप पा“च दिन हिरासतमा रँख्न जिल्ला अदालत काठमाडौंले विहीबार आदेश दिएको छ ।
यसैबीच सर्वोच्च अदालतले पत्रकार महर्जनलाई अनुसन्धानको सिलसिलामा बोलाइएको बखत हाजिर हुने शर्तको कागज गराई थुनामुक्त गर्न बैशाख ८ गते बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको थियो ।
नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले गृह मन्त्रालयलाई विपक्षी बनाई अदालतमा हाल्नुभएको बन्दीप्रत्यक्षीकरणको रिटमा सो आदेश दिएको थियो ।
न्यायाधिश अनिलकुमार सिन्हा र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले दिएको आदेशमा भनिएको छ ‘वस्तुनिष्ठ आधार र कारण बिना पक्राउ गर्ने र अनुसन्धानको क्रममा भनि थुनामा राख्ने कार्य मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को दफा ९ विपरीत रहेको भनिएको छ ।’
‘निश्चित राजनीतिक आस्था भएको कारणले मात्र प्रवृत भावनाबाट कानूनको उचित कार्यविधिको पालना नगरी पटक पटक म्याद थप गरी हिरासतमा राखिरहेको कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण देखिएन ।’ अदालतको आदेशमा भनिएको छ ।
निवेदकलाई थुनामा नै राखी अनुसन्धान गर्नुपर्ने उचित एवं पर्याप्त आधार र कारण उल्लेख नगरी भएको म्याद थप सम्बन्धी कार्यहरु कानूननः अपरिपक्व देखिएको पनि अदालतको आदेशमा भनिएको छ । थुनामुक्त आदेश दिएलगतै कार्यालय समय नाघेपछि सरकारले ‘प्रतिबन्धित कार्यमा’ संलग्न भएको भन्दै प्रहरीले पक्राउ पुर्जी नै नदेखाई पत्रकार महर्जनलाई हिरासतमा राखिएको थियो ।
यसैबीच पत्रकार महर्जको रिहाई र विचार तथा अभिव्यक्ति स्वतन्त्राको प्रत्याभुत गर्न माग गर्दै नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ र नेवाः पत्रकार राष्ट्रिय दबूले अलगअलग र सहकार्य पनि गरी विभिन्न संघर्षका कार्यक्रमहरु घोषणा गर्ने बताएको छ ।
‘सरकारको कार्यशैली प्रेस स्वतन्त्रता विरोधी’
यस अघि धर्नाको समापन गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले अदालतको आदेश विपरीत हिरासतमा राखेर सरकारले कानून शासनको बर्खिलाप कार्य गरेको बताउनुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष दण्ड गुरुङ्गले वैचारिक आस्थाका आधारमा पत्रकारलाई पक्राउ गरेर सरकारले प्रेस स्वतन्त्रताको घा“टी निमोठेको धारणा राख्नुभयो ।
धर्नामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले सरकार एकपछि अर्को गर्दै प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्र्दै आएको आरोप लगाउनुभयो ।
त्यसैगरी क्रान्तिकारी पत्रकार महासंघका प्रदेश नं ३ का संयोजक रमेश महतारा, क्रान्तिकारी पत्रकार संगठनकाका महासचिव बाबुराम भुसाल, पत्रकार दबूका केन्द्रीय महासचिव सुनील महर्जन र सचिव के. के मानन्धरले सरकारले पत्रकार गिरफ््तार गरेर लोकतन्त्रको आवरणमा निरंकुशता र राज्य आतंक मच्चाएको आरोप लगाउनुभयो ।

पत्रकार जितेन्द्र महर्जनको बहिनि हिरा सोभा महर्जन को भनाइ-

Loading...