७८ लाख घुस लिएर बदनाम भएका अख्तियार आयुक्त पाठक अदालतमा

काठमाडौं, १ जेठ । ७८ लाख घुस लिएर बदनाम भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन् ।

बुधबार विशेष अदालत पुगेका पाठकको विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहित न्यायाधीशहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजलासमा बयान भइरहेको छ । चैत दोस्रो साता पाठकविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घूस लिएको अभियोग पाठकमाथि छ । अख्तियारले पाठकविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारवाही माग गरेको छ ।

ऐनअनुसार कसुर प्रमाणित भएमा दुवै जनाले ७८ लाख रूपैयाँ जरिवाना तिर्नुपर्नेछ। सोही बराबरको उनीहरुको सम्पत्ति जफत हुनेछ।

Loading...