सत्तासीन नेकपामा पत्रकार, युवा र महिलाको नेतृत्व पूर्व माओवादीलाइ दिने सहमति

जेठ ३ गते सबै एकता प्रक्रिया टुङ्गो लगाउने तयारी

काठमाडाैं, १ जेठ । टुप्पामा एकताकाे घाेषणा गरेर चुनावमा हामफाली सरकारकाे नेतृत्वमा पुगेकाे सत्तासीन पार्टीकाे एकता अझै टुङ्गाे लागेकाे छैन । एक वर्ष बितिसक्दा पनि एकता प्रक्रिया पूर्ण रुपमा टुङ्गाे नलागेपछि याे नेता कार्यकर्ताहरु अात्तीएका छन् । साथै यसले सबैभन्दा लामाे समय चलेकाे एकता प्रक्रियाकाे रेकर्ड पनि राख्ने भएकाे छ । नेकपाकाे एकता बेलाबेलामा टुङ्गाे लागेकाे हल्ला चले पनि फेरि अर्काे भूमरीमा परेर एकता प्रक्रिया लम्बिदै जाने गरेकाे छ ।

यसैबीच नेकपाका जनवर्गीय संगठनहरुकाे एकता टुङ्गाे लागेकाे खबर अाएकाे छ । नेकपाका एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अाेली विदेश गएकाे माैकामा यता अध्यक्ष प्रचण्ड, माधव नेपाल, विष्णु पाैडेल लगायतका नेताहरुले जनवर्गीय संगठनहरुकाे नेतृत्व ककसले गर्ने भन्ने टुङ्गाे लगाएकाे बताइएकाे छ । एकीकरणका बाँकी काम टुङ्ग्याउनको लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल लगायतकाे टीम अझै पनि गृहकार्यमा जुटेकाे बताइएकाे छ ।

टाेलीले जेठ ३ अघि नै जनवर्गीय सङ्गठन, पोलिटब्युरो, केन्द्रीय सदस्यको कार्यविभाजन र केन्द्रीय विभागका प्रमुख र उपप्रमुख टुङ्ग्याउने गरी गृहकार्य गरिरहेकाे बताइएकाे छ । स्राेतका अनुसार प्रधानमन्त्री ओली विदेश भ्रमणबाट फर्केसँगै सचिवालयको बैठक बसालेर यसबारे टुङ्गाे लगाउने याेजना रहेकाे नेकपाका एक सचिवलाय सदस्यले जानकारी गराए । ओली जेठ १ गते स्वदेश फर्किंने र जेठ २ मा सचिवालयको बैठक बस्ने तयारी भएकाे उनले जानकारी दिए ।

मुख्य जनवर्गीय संगठनमा यसरी मिलाइयाे भागवण्डा

नेकपाकाे सबैभन्दा बढी विवाद रहेका जनवर्गीय संगठन मध्ये ३/३ वटा संगठन अवधारणामा अघि बढ्ने सहमति भएकाे बताइएकाे छ । जसअनुसार युवा संगठन, महिला संगठन र पत्रकार संगठनकाे नेतृत्व तत्कालीन माओवादी केन्द्रले लिने सहमति भएको छ ।

त्यसैगरी विद्यार्थी संगठन, मजदुर संगठन र बुद्धिजीवी सङ्गठन तत्कालीन एमालेले लिने सहमति जुटेको छ । त्यसबाहेक अन्य जनवर्गीय सङ्गठनमा छलफल चलिरहेको छ । बाँकीमा त्यति धेरै समस्या पनि नरहेकाे नेकपाका सचिवालय सदस्यले जानकारी दिए ।

त्यसैगरी केन्द्रीय सदस्यको कार्यविभाजन गर्दा केन्द्रीय विभाग पनि पर्ने भएकाले केही मुख्य विभागहरुका प्रमुख र उपप्रमुख पनि तोक्ने सहमति गरिएकाे बुझिएकाे छ । विभागहरुकाे नेतृत्व स्थायी कमिटी सदस्यले गर्ने बताइएकाे छ ।

नेकपामा पोलिटब्युरो गठन, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन, केन्द्रीय आयोगहरूको गठन, केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको गठन, राष्ट्रिय परिषद्मा मनोनयन, प्रदेश स्तरीय विशेष कमिटीको गठन, जनवर्गीय सङ्गठनहरुको एकीकरण, प्रवासका सङ्गठन र सम्पर्क कमिटी एवम् मञ्चहरुको एकीकरण र केन्द्रीय विभागहरुको गठन हुन सकेको छैन । यसबाहेक विधान परिमार्जन र राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिन बाँकी नै छ ।

Loading...