साढे दुई किलो चरेस र चितुवाको छालासहित पाँच पक्राउ

दाङ, १४ माघ । दाङमा साढे दुई किलो चरेस सहित तीन जना पक्राउ परेका छन् । प्राप्त सूचनाका आधारमा उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । पक्राउ पर्नेमा रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका २१ वर्षीय अनिल पुनमगर, रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ का २८ वर्षीय भीमबहादुर […]

फ्लु नियन्त्रणका लागि चिकित्सकको टोली हुम्लामा

जुम्ला, १४ माघ । हुम्लाको चंखेली मेल्छाम सर्केघाट र खार्पुनाथ लगायतका स्थानहरुमा रुघाखोकी प्रकोप नियन्त्रण गर्न औषधिसहितको टोली खटिएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतका डा. सागर दाहाल,मेहलकुना अस्पतालका डा.विवेक शाह सहितको स्वास्थ्यकर्मी टोली र औषधि पठाइएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ। हुम्लाको रुघाखोकीको प्रकोप सम्बन्धी प्रतिबेदन सार्वजनिक गर्दै निर्देशनालयले […]

सुर्खेतमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थिति तनावग्रस्त

सुर्खेत, १४ माघ । वीरेन्द्रनगरमा टिपरले किच्दा एक जनाको मृत्युु भएको छ । कालिकोट महावै गाउँपालिका-३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको टिपरले किच्दा मृत्युु भएको हो । वीरेन्द्रनगर-३ गौतम चौकमा भे १ ख २२४२ नम्बरको टिपरले भे १ प २१७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । टिपरले सिंहलाई किचेर अन्दाजी २० मिटर सम्म […]

३ वटा ट्रक एक आपसमा ठोक्किदा, ३ जनाको मृत्यु ९ घाइते

भैरहवा, १४ माघ । रुपन्देहीको रोहिणी गाँउपालिका ४ छिपागढमा ३ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। करिब ६स्३० बजे भैरहवादेखि परासी तर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवा तर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको […]

गायिका आस्था राउत अझै चार दिन हिरासतमा रहने

काठमाडौं, १३ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं प्रहरी परिसर टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् । उनले कानूनभन्दा आफू माथि नरहेको भन्दै प्रहरीलाई सघाउनकै लागि […]

प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्थाले भनिन यस्तो

काठमाडौं , १३  माघ। राउतले कानूनभन्दा माथि कोही नभएको बताएकी छन् । कानूनलाई ‘कोअपरेट’ गर्न नै आफू प्रहरीमा उपस्थित भएको भन्दै उनले भनिन्, ‘कानूनभन्दा माथि कोही पनि छैन, म पनि छैन । कानूनका हिसाबले जे मलाई हुन्छ, त्यो सहर्ष स्वीकार गर्छु ।’ राउत सिक्कम जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने महिला सुरक्षाकर्मीसँग विवाद भएको […]

कांग्रेस नेता खतिवडाद्वारा घाइतेहरूको हेलिकप्टरबाट उद्धार

ओखलढुङ्गा १२ माघ । गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो आज बिहान ६ः३० बजेको समयमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनामा घाइते भएकालाई नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगाबाट हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याएका छन् ।ओखलढुंगा जिल्लाको फेदीकोटमा सोमबार […]

शपथ कार्यक्रमको विरोध जनाउने १२ जना मानवअधिकार कर्मी पक्राउ

काठमाडौं, १३ माघ। शीतलनिवास अगाडिबाट स्व। अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामासहित १२ जना मानवअधिकारकर्मी पक्राउ परेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको शपथ कार्यक्रमको विरोध जनाउने क्रममा उनीहरू पक्राउ परेका हुन् । पूर्णिमाया लामा शसस्त्र द्धन्दका वेला तत्कालिन नेकपा माओवादीद्धारा सफाया गरीएका अर्जुन लामाकी श्रीमती हुन् । मानव अधिकार कर्मीहरु स्वतः आएका हुन् वा कसैबाट परिचालित […]

जीप दुर्घटना परि एकको मृत्यु, तीन गम्भीर घाइते

ओखलढुङ्गा, १३ माघ । गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो आज बिहान ६ः३० बजेको समयमा दुर्घटना हुँदा विश्वकर्माको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रहरी निरीक्षक श्रीप्रसाद राईले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाएका विश्वकर्मा आफैँ पनि बिरामी थिए । दुर्घटनामा परेर चालक सोही ठाउँका […]

गायिका आस्था राउतलाई मिलापत्र गरि आजै रिहा गर्ने तयारी

काठमाडौं १३ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मीनलमा प्रहरी जवानमाथि चेकजाँचका क्रममा दुर्व्यवहार गरेको आरोपमा आस्थाविरुद्ध अभद्र व्यवहारमा मुद्दा दायर भएको थियो । माघ ५ मा उनीविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पुर्जी जारी भएको थियो । भारतमा सांगीतिक कार्यक्रमका लागि गएकी आस्था पक्राउ पुर्जी जारी भएपछि आज आफैँ प्रहरी परिसर काठमाडौंमा उपस्थित भएकी थिइन् […]