जीप दुर्घटना परि एकको मृत्यु, तीन गम्भीर घाइते

ओखलढुङ्गा, १३ माघ । गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो आज बिहान ६ः३० बजेको समयमा दुर्घटना हुँदा विश्वकर्माको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रहरी निरीक्षक श्रीप्रसाद राईले जानकारी दिए ।

दुर्घटनामा ज्यान गुमाएका विश्वकर्मा आफैँ पनि बिरामी थिए । दुर्घटनामा परेर चालक सोही ठाउँका जीतबहादुर बस्नेत, मृतक विश्वकर्माकी छोरी कल्पना र स्थानीय अमिता बुढाथोकी गम्भीर घाइते भएका छन् ।

घाइतेको अवस्था गम्भीर रहेकाले स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर अस्पताल लैजाने तयारी गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । बोलेरो सिद्धडाँडाबाट करिब ५०० मिटर तल खसेर गोपेखोला पुगी दुर्घटनाग्रस्त भएको छ । साँघुरो सडकका कारण अनियन्त्रित भई बोलेरो दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

Loading...