गायिका आस्था राउतलाई मिलापत्र गरि आजै रिहा गर्ने तयारी

काठमाडौं १३ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मीनलमा प्रहरी जवानमाथि चेकजाँचका क्रममा दुर्व्यवहार गरेको आरोपमा आस्थाविरुद्ध अभद्र व्यवहारमा मुद्दा दायर भएको थियो ।

माघ ५ मा उनीविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पुर्जी जारी भएको थियो । भारतमा सांगीतिक कार्यक्रमका लागि गएकी आस्था पक्राउ पुर्जी जारी भएपछि आज आफैँ प्रहरी परिसर काठमाडौंमा उपस्थित भएकी थिइन् ।

आस्थाविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेपछि पक्ष र विपक्षमा चर्चा जारी छ । परिसर काठमाडौंका डीएसपी होविन्द्र वोगटीले आस्थाविरुद्ध कानुनी प्रक्रिया सुरु गरिएको बताए ।

बिहान परिवारका सदस्यसँगै प्रहरी कार्यालयमा पुगेकी आस्थाको स्वास्थ्य परिक्षण वीर अस्पतालमा गरिएको थियो ।प्रहरी स्रोतका अनुसार आस्थालार्ई आजै छाड्ने सम्भावना छ ।

प्रहरी स्रोतले भन्यो,‘‘हामी व्यक्तिका विरोधी होइनौं । गलत प्रवृत्तिका विरोधी हौं । अब यो विवाद बढाउन चाहँदैनौं । सम्भवतः आजै मिलापत्र गरेर टुङ्गाउँछौं ।’’

Loading...