सुर्खेतमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थिति तनावग्रस्त

सुर्खेत, १४ माघ । वीरेन्द्रनगरमा टिपरले किच्दा एक जनाको मृत्युु भएको छ । कालिकोट महावै गाउँपालिका-३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको टिपरले किच्दा मृत्युु भएको हो ।

वीरेन्द्रनगर-३ गौतम चौकमा भे १ ख २२४२ नम्बरको टिपरले भे १ प २१७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । टिपरले सिंहलाई किचेर अन्दाजी २० मिटर सम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सिंहका आफन्तले अहिले यरिचौक र गौतम चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रहरीले टिपर चालक र टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

Loading...