शपथ कार्यक्रमको विरोध जनाउने १२ जना मानवअधिकार कर्मी पक्राउ

काठमाडौं, १३ माघ। शीतलनिवास अगाडिबाट स्व। अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामासहित १२ जना मानवअधिकारकर्मी पक्राउ परेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको शपथ कार्यक्रमको विरोध जनाउने क्रममा उनीहरू पक्राउ परेका हुन् । पूर्णिमाया लामा शसस्त्र द्धन्दका वेला तत्कालिन नेकपा माओवादीद्धारा सफाया गरीएका अर्जुन लामाकी श्रीमती हुन् ।

मानव अधिकार कर्मीहरु स्वतः आएका हुन् वा कसैबाट परिचालित छन् त्यो भने बाहिर आएको छैन् ।

तर सभामुख अग्नि प्रसाद सापकोटाको विषयलाई लिएर राष्ट्रपतिका मानवअधिार सल्लाहकार शुशिल प्याकुरेलले राजिनामा दिएपछि सरकार र मानवअधिकार कर्मीहरु बिच शित युद्ध चलिरहेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले निशेधित क्षेत्र तोड्ने खोज्दा पक्राउ गरेको बताए ।

पक्राउ पर्नेमा लामासहित , महानुनिश्वर आचार्य, जनक राउत, एलिना गौतम, नीराजन थपलिया, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण घिमिरे, जेश्लीना राना, प्रशान्त त्रिपाठी र राजन कुइँकेल छन् ।

Loading...