कांग्रेस नेता खतिवडाद्वारा घाइतेहरूको हेलिकप्टरबाट उद्धार

ओखलढुङ्गा १२ माघ । गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो आज बिहान ६ः३० बजेको समयमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको थियो ।

दुर्घटनामा घाइते भएकालाई नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगाबाट हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याएका छन् ।ओखलढुंगा जिल्लाको फेदीकोटमा सोमबार बिहान बोलेरो जीप दुर्घटना भएको थियो । दुर्घटनामा फेदीकोट – ५ का सन्तोष बिकको मृत्यु भएको छ ।

दुर्घटनामा कुमारी बिक, अनिता बुढाथोकी र जितबादुर खत्री गम्भीर घाइते भएको नेपाली कांग्रेसका युवा नेता खतिवडाले जानकारी दिए । घाइते तीन जनालाई काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था गम्भीर रहेको खतिवडाले बताए ।

Loading...