कोटेश्वर–जडीबुटी जाम हटाउन लेन थपिँदै

काठमाडौँ २० माघ । कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ । जामको दीर्घकालीन समाधान गर्न सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका लाई अनुरोध गरिरहँदा तत्काल समाधानसमेत खोजिएको हो । […]

मोटरसाइकल र भ्यान ठोक्किदा: श्रीमान श्रीमतीको मृत्यु, छोरा घाइते

जनकपुरधाम, १५ माघ । धनुषामा सवारी दुर्घटना हुँदा श्रीमान र श्रीमतीको मृत्यु भएको छ । जिल्लाको गनेशमान चारनाथ नगरपालिका ६ गोदारमा बा ६४ प ३०४७ नम्बरको मोटरसाइकल र स १ च १८५८ नम्बरको भ्यान ठोक्‍किदा श्रीमान श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको मृत्यु भएको र उनीहरुका एक छोरा घाइते भएको […]

हङकङले बनायो कोरोना भारसको खोप

एनेन्सी, हङकङका अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको खोप आविष्कार गरेको बताएका छन् । यद्यपि यसलाई परीक्षण गर्न केही समय लाग्ने उनीहरुको भनाइ छ। सरुवा रोग विशेषज्ञ प्राध्यापक युन कोक युङले आफ्नो अनुसन्धान टोलीले खोप विकास गरेको बताएका हुन्। एक सय ६ जनाको ज्यान लिइसकेको कोरोना भाइरसको खोप विकास गर्न चीन र अमेरिकाका वैज्ञानिकहरु पनि लागिपरेका छन्। ‘हामीले […]

प्रहरी र भारतीय अपराधीबीच दोहोरो भिडन्त गोली हानाहान

रौतहट १५ माघ । रौतहटमा प्रहरी र अपराधी समुहबीच दोहोरो भिडन्त भएको छ । रौतहट जिल्लाको दक्षिणी भेग तथा भारत कुण्डवा चैनपुर थाना क्षेत्रको सामुन्ने पर्ने इशनाथ नगरपालिका–१ बन्जरास्थित नेपाल–भारत सीमासँग जोडिएको बकैया नदीको बाँधमागएराति प्रहरी गस्ती टोली र भारतीय अपराधीबीच दोहरो भिडन्त भएको हो । भिडन्तमा प्रहरीको गोली लागेर घाईते भएका मोस्टवान्टेड भारतीय अपराधीलाई […]

कोरोना संक्रमणको त्रासमा रसुवागढी नाका बुधबारदेखि १५ दिनसम्म बन्द

रसुवा, १५ माघ । रसुवागढी पुलदेखि जिलोङ काउन्टीसम्म पर्ने सडकको मर्मत बुधबारदेखि सुरु गरिने भएकाले नाका बन्द गरिएको हो । चीनको जिलोङ काउन्टीले मङ्गलबार एक विज्ञप्ति निकालेर बुधबारदेखि राष्ट्रिय राजमार्ग बन्द गर्ने जनाएको छ । नाका बन्द गर्नुअघि नेपाली तथा चिनियाँ अधिकारीहरूबीच मङ्गलबार बिहान रसुवागढीमा बैठक बसेको थियो । बैठकले कोरोना भाइरसको सङ्क्रमण रोक्न, केरुङतर्फ […]

कपास उद्योगमा आगलागी हुँदा २० लाखको क्षति

गल्कोट, १५ माघ । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मङ्गलबार आगलागी भएको छ । आगलागी हुँदा कपास उद्योग पूर्णरूपमा क्षति भएको छ । विद्युत चुहिएर आगलागी भएको कपास उद्योगमा रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट उद्योगभित्र पार्किङ गरेर राखिएको ध१प १३२५ नम्बरको मोटरसाइकलमा समेत सामान्य […]

ओलीले घोषणा गरेको अन्तर्राष्ट्रिय ध्यानकेन्द्रसहितको विशाल आधुनिक सभाहल धमाधम निमार्ण हुदैँ

बुटवल, १५ माघ। झण्डै तीन वर्षअघिको बुद्ध जयन्ती समारोहका लागि तयार पारिएको कार्यक्रम स्थल हावाहुरी र पानीले ध्वस्त बनाइदिएको थियो । सोहि कार्यक्रममा आएका राष्ट्रपति, प्रधानमन्त्रीसहितको विशिष्ट पाहुना टोली भैरहवामै धेरै समय रोकिनुपर्‍‍‍यो ।हावाहुरीले कार्यक्रम पूरै प्रभावित भयो । त्यतिबेलै प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका थिए अब लुम्बिनीमा पाँच हजार जना अट्ने र एकैपटक […]

कोरोना भाइरसः ज्यान गुमाउनेको संख्या १३२ पुग्यो, झण्डै ६ हजार संक्रमित

काठमाडौँ, १५ माघ । कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १३२ पुगेको छ । ज्यान गुमाउने सबै चीन भित्रकै हुन् । यस्तै पाँच हजार ९७४ जना संक्रमण पुष्टि भएको चीनको राष्ट्रिय स्वास्थ्य संगठनले जनाएको छ । चीन बाहिके कम्तिमा १६ देशमा नोवेल कोरोना भाइरसको संक्रमण भएको छ । गएको डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहानमा पहिलो […]

आस्था राउत: हाइपर टेन्सनका कारण समस्या भएपछि अस्पताल भर्ना

काठमाडौं, १४ माघ । स्वास्थ्यमा समस्या आएको भन्दै गायिका आस्था राउतलाई हिरासतबाट त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले सोमबार साँझ नै राउतलाई अस्पताल भर्ना गरिएको बताए । ‘हाइपर टेन्सनका कारण समस्या भएपछि उहाँलाई अस्पताल लगिएको हो’, प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुवेदीले भने ।

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

पाटन नगरपालिका १ मा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको हो भने पुर्चौडी नगरपालिका ६ मा नहरमा ढुबेर १ बालिकाको मृत्यु भएको हो। ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेमा पाटन नगरपालिका १ का अन्दाजी ३० वर्षीय नरेन्द्र राज भट्टराई रहेका छन्। वडा नं १ को वडा कार्यालय नजिकै गुड्दै गरेको ट्याक्टरबाट खसेपछि पछाडीको टायरले किचेर उनको […]