एससीओ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् । तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन आज बिहान ७ बजे उनी चीन प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपतिसहित ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ता गर्ने टुंगो लागेको छ । ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग […]

चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको ३२ औँ महानिरीक्षक नियुक्त

काठमाडौँ । नेपाल सरकारले चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गते देखि लागु हुने गरी प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । अहिलेको प्रहरी ऐन र नियमावलीअनुसार प्रहरी महानिरीक्षक दीपक थापा यसै महिना अवकाशमा जाँदै छन् । थापा ३० वर्षे […]

भट्टलाई विशेष अदालतको अध्यक्ष बनाउने मन्त्रिपरिषद् बैठककाे निर्णय

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विशेष अदालतको अध्यक्ष सुदर्शनदेव भट्टलाई बनाउने निर्णय गरेको छ । न्याय परिषद्को सिफारिसको आधारमा न्यायाधीश भट्टलाई विशेष अदालतमा नियुक्त गर्ने निर्णय गरेको हो । न्याय परिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना नयाँ सदस्यहरूको नाम सिफारिस गरेको थियो । विशेष अदालतको अध्यक्षमा नियुक्त सुदर्शनदेव भट्ट उच्च अदालत पाटनका न्यायाधीश हुन् । न्याय […]

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला २ लाख नाघ्यो

काठमाडौं । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ । आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको हो । यसअघि साउन २३ गते […]

आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। देशभर साधारणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। शुक्रबार देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम […]

एकाबिहानै काठमाडौँको जडिबुटीमा स्कुटर दुर्घटना, २ जनाको मृत्यु

काठमाडौँ । राजधानीको जडिबुटीमा शुक्रबार एकाबिहानै सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेपलाञ्चोक घर भएका २३ वर्षका नितेश नेपाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार बिहान करिब ३ बजेतिर जडिबुटीको आकासे […]

नगरपालिकाले पठाएको समाचारमै मेयरको असन्तुष्टि, पत्रकारलाई आक्षेप लगाउँदा महासंघ मौन

भक्तपुर । “चाँगुनारायण मन्दिर सुनको कचौरा हो, तर स्थानीयले पित्तल बनाए” भन्ने शिर्षकमा चाँगुनारायण नगरपालिकाको आधिकारिक इमेलबाट आएको समाचारको विषयलाई लिएर मेयर जीवन खत्री पत्रकार माथि खनिएका छन् । नगरपालिकाको आधिकारिक वेबसाइट चाँगुनारायण समाचार डटकमको इमेलबाट प्राप्त समाचारलाई स्थानीय पत्रकारले हुबहु प्रयोग गर्दा पनि नगर प्रमुख खत्रीले पत्रकारलाई दोष दिएर आफ्नो आङको छारो उडाए । […]

गोदावरीको खुटिया खोलामा पौडी खेल्न गएका चार किशोरको शव फेला

धनगढी।  कैलालीमा खोलामा डुबेर चार जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ बजेतिर गोदावरी नगरपालिका-९ खुटिया खोलामा चार जना किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिए। पौडी खेल्न गएका किशोरहरूको शव फेला परेको हो। मृतक अन्दाजी १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय देव भण्डारी, १७ वर्षीय जावेज भण्डारी र […]

बिहीबार सुन प्रतितोला ४ सयले बढेर उच्च मूल्यमा पुग्यो, चाँदी पनि महँगियो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य थप बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला चार सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बिहीबार सुन प्रतितोला एक लाख ९९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला एक लाख ९९ हजार रूपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य ऐतिहासिक […]

आज देशका यी नदीमा बाढीको जोखिम उच्च

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आजका लागि बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै प्रमुख नदीहरूमा जलस्तर उल्लेख्य बढ्ने तथा केही नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यीनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव […]