धादिङको थाक्रेमा लेदोसहितको पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिल्लामा लेदोसहितको पहिरो खसेको छ । बुधवार राति खसेको पहिरोका कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनलाई खानीखोलामा रोकिएका छन् । जेसीबीको सहयोगमा लेदो पन्छाउने काम भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले बताए ।

रुबी साहको हत्या आरोपमा पक्राउ परेका पासवानको मृत्यु

काठमाडौँ । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ । जलेको अवस्थामा भेटिएका पासवानलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले बताए । पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा […]

बारामा पनि एक जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । बारामा पनि एक जनामा हैजाको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार कलैया अस्पतालमा उपचाररत एक जना झाडापखालका बिरामीमा बुधबार हैजा संक्रमण पुष्टि भएको हो । उनी कलैया कलैया नगरपालिका-१८ पचौराका करिब ५५ वर्षीय पुरुष हुन् । उनी हैजाको प्रकोप फैलिएको छिमेकी जिल्ला पर्साको वीरगञ्जमा काम गर्दै […]

आत्मदाह प्रयासअघि पासवानले भिडियोमार्फत स्वीकारे रुबीकाे हत्या आरोप, भिडिओसहित

रौतहट । रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका प्रमुख आरोपी लक्ष्मण पासवानले आत्मदाह प्रयास गर्नुअघि रेकर्ड गरेको करिब १० मिनेट लामो भिडियो सन्देश सार्वजनिक भएको छ। भिडियोमा उनले रुबीको हत्या आफूले गरेको स्वीकार गरेका छन् भने घटनाको प्रमुख दोषी रुबीकी आमा भएको आरोप लगाएका छन् । माधव नारायण नगरपालिका–६ स्थित खेतमा जलेको अवस्थामा फेला परेका […]

छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकलाई कुट्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा

बारा । प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले एक शिक्षकलाई बन्धक बनाएर कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । पर्सा बहुदरमाई घर भई हाल प्रसौनी–६ बेलहिया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहाको समूहले वडा कार्यालयमा पाता फर्काई हाता बाँधेर कुटपिट गरेको भिडियोमा देखिन्छ । शिक्षक यादव स्थानीय एक कोचिङ सेन्टरका सञ्चालक समेत हुन् । […]

वीरगञ्जमा हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुग्यो

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरमा सोमबार साँझसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद […]

आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै

काठमाडौं। भाद्र शुक्ल तृतीयाका दिन पर्ने हरितालिका (तीज) पर्व आज महादेवको पूजाआराधना गरी मनाइँदैछ। यस दिन व्रत बसेर शिव–पार्वतीको पूजा गर्दा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। त्यसै दिनदेखि हरितालिका […]

मिर्गौला रोग पीडितलाई रवि राणाको सहयोग, १ लाख २५ हजार हस्तान्तरण

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका युवा नेता, सूर्यविनायक नगर कार्यसमिति सदस्य तथा समाजसेवी रवि राणाले मिर्गौला रोग पीडित जपिन्द्र अवाल (मेथी)लाई रु १ लाख २५ हजारको चेक हस्तान्तरण गरेका छन्। आईतवार पार्टी कार्यालय सल्लाघारीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले राणाद्वारा प्रदान […]

आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा कोशी प्रदेश, बागमती […]

सुनिल पौडेललाई एक लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । विशेष अदालतले श्रृङखलावद्ध भ्रष्टाचारको आरोप लागेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनीसँग एक लाख रुपैयाँ धरौटी मागेको हो । उनीमाथि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा करिव १६ […]