प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्थाले भनिन यस्तो

काठमाडौं , १३  माघ। राउतले कानूनभन्दा माथि कोही नभएको बताएकी छन् । कानूनलाई ‘कोअपरेट’ गर्न नै आफू प्रहरीमा उपस्थित भएको भन्दै उनले भनिन्, ‘कानूनभन्दा माथि कोही पनि छैन, म पनि छैन । कानूनका हिसाबले जे मलाई हुन्छ, त्यो सहर्ष स्वीकार गर्छु ।’ राउत सिक्कम जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने महिला सुरक्षाकर्मीसँग विवाद भएको थियो ।

त्यसलाई लिएर उनले फेसबुक लाइभमा प्रहरी संगठनलाई गालीगलौज गरेपछि उनको चर्को आलोचना भयो । सञ्चारकर्मीहरुसँग कुरा गर्दै राउतले ‘कोअपरेट’ गर्न नै आफू प्रहरीमा उपस्थित भएको बताइन् ।

उनले भनिन्, ‘कानूनभन्दा माथि कोही पनि छैन, म पनि छैन । कानूनका हिसाबले जे मलाई हुन्छ, त्यो सहर्ष स्वीकार गर्छु ।’ यो घटनाले आफूलाई संयमित हुनुपर्छ भन्ने पाठ सिकाएको समेत उनले बताइन् । प्रहरीले आफूलाई सौहादपूर्ण वातावरणमा आफ्नो कुरा राख्न दिएको समेत गायिका राउतले बताएकी छन् ।

Loading...