माघ ३ गते सातै प्रदेशबाट ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’ थाल्दै समाजवादी

काठमाडौं, २४ पुस। समाजवादी पार्टीले देशभरका गाउँपालिका तथा नगरपालिकाको वडा र टोल–टोलसम्म संगठन निर्माण गर्ने र पार्टीको विचार जनताको बिचमा लैजाने उद्देश्यका साथ आगामी माघ ३ गतेदेखि ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान विसु अभियान २०२० सञ्चालन गर्ने भएको छ । समाजवादी पार्टीका सहअध्यक्ष तथा विसु अभियानका संयोजक राजेन्द्र श्रेष्ठले माघ ३ गते सातवटै प्रदेशबाट एकसाथ […]

आफूलाई आनन्द, अर्कालाई अमिलो: खतिवडा अब अमेरिकाका लागि राजदूत ?

काठमाडौं, २३ पुस । गत शुक्राबार राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्दा ‘यो पटक २ वर्षे अवधि पूरा गरेका कसैलाई पनि नदोहो याउने, मापदण्ड बनाइयो । त्यो अर्थमन्त्री युवराज खतिवडालाई पुनः संसद हुनबाट सदाका लागि पन्छाउने रणनीति बमोजिम आएको थियो । अब राष्ट्रपतिले मनोनयन गर्ने कोटामा पनि खतिवडा नपर्ने पक्का भयो । गत वर्ष अर्थमन्त्रीको […]

मेयरले गरे पत्रकारहरुलाई कोठामा थुनी गुण्डा लगाएर कुटपिट

जनकपुर, २२ पुस । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र समाचार संकलनका लागि गएका पत्रकारबीच नै कुटाकुट भएको छ । जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि प्रतिक्रिया लिन गएका पत्रकार र मेयर साहबीच भनाभन भएको हो । मेयर साहले आफ्नो समय नै नलिएर आएका पत्रकारलाई कुनै प्रतिक्रिया नदिने भनेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको बताइएको […]

जिल्ला सभापतिहरुसँग नेता पौडेलको आग्रह : सभापतिविरुद्ध लड्नका लागि तयार रहनुस्

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ । भेलामा ४२ जिल्ला सभपातिहरु सहभागी भएको पौडेल पक्षको दाबी छ । भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीमा न्यूनतम सहमतिको स्थिति समेत पैदा नगरेको आरोप लगाए । उनले सभापतिको पेलेरै जान […]

नेकपा केन्द्रीय कमिटी बैठक तीन साता पछि सर्‍यो

काठमाडौं, २० पुस । नेकपाको केन्द्रीय समिति बैठक मिति परिवर्तन भएको छ । यसअघि पुस २३ गतेबाट बस्ने तय भएको केन्द्रीय समिति बैठक माघ १५ गतेबाट बस्ने गरी मिति परिवर्तन भएको हो ।आइतबार बसेको नेकपाको सचिवालय बैठकले आवश्यक तयारी नपुगेको भन्दै २२ दिन पर सारेर बैठकको मिति परिवर्तन गरेको हो । यसअघि पुस ६ गते […]

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ता हुने

काठमाडौँ, २० पुस । राष्ट्रियसभा सदस्यका लागि आगामी माघ ९ गते हुने निर्वाचनका लागि आइतबार उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दैछन् । निर्वाचन आयोगका अनुसार आइतबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम हुनेछ । ५९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र […]

प्रधानमन्त्री बन्न नपाउने भएपछि बामदेवद्वारा राष्ट्रियसभा उम्मेद्वार अस्वीकार

काठमाडौं, १८ पुस । प्रधानमन्त्री बन्नका लागि मार्ग प्रशस्त गर्ने गरी संविधान संशोधन गर्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नदेखिपछि नेकपा सचिवालय सदस्य बामदेव गौतमले राष्ट्रियसभा उम्मेद्वारको प्रस्ताव अस्वीकार गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल […]

प्रधानमन्त्रीद्वारा सन् २०२० को शुभकामना व्यक्त

काठमाडौं १६ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२० को शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा ओलीले २०१९ स्थिर राजनीतिक उपलब्धिको वर्ष पनि भएको बताएका छन्। सन्देशमा उनले २०१९ मा अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाएको दाबी गरेका छन्। सन्देशमा ओलीले भनेका छन् ‘यसै वर्ष अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सक्यौं […]

भ्रमण वर्षको अवसरमा मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्षको अवसरमा आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोनमार्फत नेपाल भ्रमणको निम्तो दिएका छन् । नेपाल भ्रमण वर्षको औपचारिक उद्घाटन अगावै आज बुधबार बिहानै मोदीलाई फोन गरी प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिएका हुन् । फोन संवादमा नयाँ वर्ष सन् २०२० को अवसरमा शुभकामना आदानप्रदान […]

संकटकाल बिर्साउने गरी सरकारले गिरफ्तार गर्न थाल्यो: बिप्लव

काठमाडौ, १६ पुस । विप्लव नेतृत्वको नेकपाले वर्तमान सरकारमाथि ‘संकटकाल बिर्साउने गरी’ आफ्ना कार्यकर्ता गिरफ्तार गर्न थालेको आरोप लगाएको छ । पार्टीका पूर्वी केन्द्रीय कमाण्ड विषमले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा मेची–कोशी व्युरो इन्चार्ज उमा भुजेलसहित मेची–कोशी व्युरो सचिव सुमन सिंह, मोरङ जिल्ला इन्चार्ज नरेश चौलागाई लगायत ९ जनालाई सुनसरी र मोरङबाट […]