भियतनाम-अमेरिका : पहिले शत्रु, अहिले मित्र

सिनेटर जोन म्याक्केनसँग केही वर्षअघि भियतनामको भ्रमण गर्दा मैले दुईवटा पूर्वशत्रुबीचको सम्बन्ध कति वर आइपुगेको छ भन्ने अनुभूति गरेको थिएँ । त्यहाँको होऊ लो जेलका अँध्यारा कक्षहरूले लामो र तितो युद्धका स्मृतिहरू ल्याइदिएको थियो । तर, भियतनामीको ठूलो हिस्सा तथा भियतनाम सरकारको दृष्टिकोण बितेका कालतिर होइन, भविष्यतिर थियो । अहिले राष्ट्रपति बाराक ओबामा एक दशकयता […]

डिग्री प्रकरणमा ‘आप’को हार

प्रधानमन्त्रीसित स्नातक र स्नातकोत्तर तहको डिग्री छैन भन्ने ‘आप’को कथित आरोप र सरकारका तर्फबाट उनका सर्टिफिकेटहरू देखाइनुले हामीलाई यस्तै प्रकारको अर्को एक घटनाको पनि सम्झना दिलाउँछ । सन् २००८ मा अमेरिकी राष्ट्रपति पदको चुनावका लागि अभियान सुरु हुनासाथ बाराक ओबामामाथि उनी नैसर्गिक रूपमा अमेरिकामा जन्मेका नागरिक होइनन् भन्ने आरोप लागेको थियो । आरोप लाग्नासाथ कैयौँ […]

पत्रकार पन्थी ‘डिभोर्स’काे डिबेटमा

पत्रकार नेत्र पन्थीद्वारा लिखित डिभोर्स बजारमा आएको छ । पत्रकार पन्थीले यसलाई जोड दिएर प्रचण्ड र बाबुरामको नामकरण गरेका छन् र साक्षीका रूपमा रक्तरञ्जित युद्ध सारथिका अन्तरंग कथा पनि भन्न भ्याएका छन् । विशेषत: ‘डिभोर्स’ पतिपत्नीका बीच हुने सामाजिक असमझदारीबाट पैदा हुने विषय हो । हाम्रो सभ्यतामा यसले सामाजिक र कानुनी मूल्यबाट वैधानिकता पाउनुपर्छ । […]

सांस्कृतिक क्रान्तिको ५० वर्षपछि

गएको अप्रिल २१ मा हङकङबाट निस्कने चर्चित अंग्रेजी पत्रिका साउथ चाइना मर्निङ पोस्टले आफ्नो अनलाइन संस्करणमा एउटा छोटो समाचार छापेको थियो, जसको शीर्षक थियो : सांस्कृतिक क्रान्ति समूहका अन्तिम सदस्य छि वेन युको ८५ वर्षको उमेरमा निधन । चिनियाँ कम्युनिस्ट पार्टी र राजनीतिमा चासो राख्ने विद्यार्थीका नाताले पंक्तिकारलाई उक्त समाचारले आकर्षित गर्‍यो । सांघाईमा आफ्ना […]

माओको बाटोमा सी जिनपिङ

Xi-Jinping-and-Mao

गत शनिबार राष्ट्रिय जनकंग्रेसको उद्घाटन गर्दै प्रधानमन्त्री ली खस्याङले चीनको आगामी वर्षको वृद्धि लक्ष्य ६.५ देखि ७ प्रतिशतमा रहने बताए, जुन यो दशककै न्यून हो । दुई वर्षअघि मात्र उनले सात प्रतिशत सबैभन्दा कम स्विकारयोग्य हुने बताएका थिए । उनी आफ्नै बचनमा अडिन सकेनन् । वास्तवमा उनी धेरै कुरामा प्रभावी रहन छाडे । जो व्यक्ति […]

नेयमारको मेरुदण्डको हड्डी भाँच्चियो

काठमाडौं । क्वाटरफाइनल खेलमा कोलम्वियासँगको खेल खेल्ने क्रममा ब्राजीलका चर्चित स्ट्राइकर नेयमारको ढाडको हड्डी भाँच्चिएको छ । खेलको ८७ औं मिनेटमा लडेका नेयमारको ढाड भाँच्चिएको हो । कोलम्बियाका खेलाडी क्विन्टेरोले फल खेल्दै लडाएपछि नेयमारको ढाँडको हड्डी भाँच्चिएको हो । उनलाई तत्कालै खेलमैदानबाट सिधै अस्पताल पु¥याइएको थियो । ढाडको हड्डी नै भाँचिएपछि अब नेयमारले विश्वकपका बाँकी […]

बाढीको डरले सुरक्षित घर बनाउँदै तिल्कीबासी

कञ्चनपुर । दोदा र बनारा नदीको बाढीका कारण हरेक बर्ष धनजनको क्षति बेहोर्दै आएका कञ्चनपुर जिल्लाका दक्षिणी भेग तिल्कीका स्थानिय बासिन्दा यसपटक बाढी नआउदै सुरक्षित घर निर्माणमा जुटेका छन् । सबैको पाइक पर्ने र सबैलाई सजिलो हुनेगरी गाउँको बीचमा सामुहिक सुरक्षित घर निर्माण गर्न थालेका हुन् । तिल्की क्षेत्र उसै पनि होचो रहेको र सो […]

चरा ठोक्किएपछि निगमकाे नयाँ चिनियाँ जहाज ग्राउण्डेड

NAC-New-Aircraft

काठमाडौं । चीनबाट ल्याइएको नेपाल वायुसेवा निगमको जहाजमा  विहान चरा ठोक्किएको छ । निगमको एमए-६० चिनियाँ जहाज आज बिहान विराटनगर एअरपोर्टमा चरा ठोक्किएको हो । काठमाडौंबाट ५१ जना यात्रु लिएर उडेको उक्त विमान विराटनगरमा अवतरण गर्नेक्रममा चरा ठोक्किएको निगम स्रोतले जनाएको छ । विमानको दायाँ इन्जिनमा जोडिएको प्रोपेलर (पंखा) मा चरा ठोक्किएको हो । एल्मुनियमले […]

तेरियाले जितिन लिटिल मास्टर्सको उपाधी

Teriya Magar

काठमाडौं, ७ असार । भारतको टेलिभिजन च्यानल जीटीभीबाट प्रशारण भइरहेको रियालिटी शो डिआइडी लिटिल मास्टर्सको उपाधी नेपालकी तेरिया मगरले जितेकी छन् । लिटिल मास्टर्सको यो तेस्रो उपाधी हो । यसअघिका दुई वटा उपाधी प्रतिस्पर्धामा नेपालीहरुको सहभागिता रहेको थिएन । शनिवार राती भएको ग्रान्ड फिनालेमा अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै तेरियाले उपाधी हात पारेकी हुन् । […]

विशालबजार विरुद्ध नीतिगत भ्रष्टाचारको मुद्दा

Bishal-Bazar-Kathmandu

काठमाडौं, ३ असार । काठमाडौंको न्यूरोडमा रहेको विशाल बजार कम्पनीका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीतिगत भ्रष्टाचारको मुद्दा दायर गरेको छ । कम्पनी लिमिटेडका आठ जना संचालकविरुद्ध अख्तियारले सो मुद्दा दायर गरेको हो । कम्पनी विरुद्ध दायर गरिएको यो मुद्दा आयोगको इतिहासमै पहिलो भएको अख्तितयार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । कूल ९ करोड ७४ लाख […]