नेयमारको मेरुदण्डको हड्डी भाँच्चियो

काठमाडौं । क्वाटरफाइनल खेलमा कोलम्वियासँगको खेल खेल्ने क्रममा ब्राजीलका चर्चित स्ट्राइकर नेयमारको ढाडको हड्डी भाँच्चिएको छ । खेलको ८७ औं मिनेटमा लडेका नेयमारको ढाड भाँच्चिएको हो ।
कोलम्बियाका खेलाडी क्विन्टेरोले फल खेल्दै लडाएपछि नेयमारको ढाँडको हड्डी भाँच्चिएको हो । उनलाई तत्कालै खेलमैदानबाट सिधै अस्पताल पु¥याइएको थियो ।
ढाडको हड्डी नै भाँचिएपछि अब नेयमारले विश्वकपका बाँकी खेल खेल्न नसक्ने भएका छन् । ब्राजिलले असार २६ गते सेमिफाइनलमा जर्मनीको सामना गर्नेछ । प्रमुख स्ट्राइकर नै घाइते भएपछि अब ब्राजिलले विश्वकपमा कठिन महशुस गर्नेछ ।
अस्पतालमा पु¥याइएपछि नेयमारको हड्डी भाँच्चिएको थाहा भएको थियो । उनको उपचारमा सम्लग्न डाक्टर लासमारले नेयमारको मेरुदण्डको हड्डी भाँच्चिएको बताएका छन् । तर, त्यो त्यति गम्भीर भने नरहेको डाक्टरको भनाई छ । डाक्टरले कुनै अप्रेसन गर्नु नपर्ने बताए पनि केही हप्ता मैदानमा खेल्न भने नसक्ने जनाएका छन् । साथै डाक्टरले उनको उपचार केही दिन लाग्ने बताएका छन् ।
यसपटकको विश्वकपमा नेयमारले ४ गोल गरेका थिए । साथै उनले अझै गोल गर्ने आशा गरिएको थियो । नेयमार यसअघि पनि गोली गाँठोको चोटबाट पीडित थिए ।
कोलम्बियासँग भएको क्वाटरफाइनल खेलमा नेयमारले उत्कृष्ट प्रहार गरेका थिए । सोही प्रहारलाई चतुरतापूर्वक फिनिसिङ दिँदै ब्राजिलका डिएगो शिल्भाले पहिलो गोल गरेका थिए ।

Loading...