काठमाडौंमा कडा रुखाखोकी । सचेत हुन स्वास्थ्यकर्मीकाे अाग्रह

Cough

काठमाडौं, १४ असार । बालबालिका, वृद्धवृद्धा, मिर्गौला, निमोनियालगायत दीर्घ रोगबाट ग्रसित बिरामीका लागि खतरनाक मानिएको रुघाखोकी (एचवानएनवान फ्लु भाइरस) काठमाडौंमा फैलिन थालेको छ । कुलेश्वरकी एक महिलालाई उक्त समस्या पुष्टि भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी चिकित्सकले उपचार सुरु गरेका छन् । उनीहरूले अरूलाई पनि सचेत हुनसमेत आग्रह गरेका छन् । […]

सस्तोमा शेयर किन्ने अवसर

Share Market

काठमाडौं, १४ असार । लगानीकर्ताका लागि सस्तोमा शेयर किन्ने अवसर थपिएको छ। पछिल्लो समय केही थप कम्पनीले अवितरित हकप्रद शेयर लिलाम विक्री गर्ने भएकाले लगानीकर्ताका लागि सस्तोमा शेयर किन्ने अवसर थपिन लागेको हो। हाल बजारमा टुरिजम डेभलपमेण्ट बैङ्क, नेरूडे लघुवित्त, नेपाल बैङ्क, ग्रामीण विकास बैङ्कलगायतका कम्पनीको अवितरित हकप्रद शेयर लिलामीमा छ । यही अवस्थामा थप […]

कस्ताे अनाैठाे ! विद्युत् उत्पादन धेरै हुँदा भएर लोडसेडिङ

Nepal_Marsyangdi_Dam

बेसीसहर, असार १४ । विद्युत् उत्पादन बढ्दा लोडसेडिङ घट्नुपर्ने साधारण विश्वास भए पनि लमजुङमा भने यसको उल्टो भएको छ। बढी उत्पादन भएकै कारण लमजुङका जनताले लोडसेडिङको मार खेप्नुपरेको छ। वर्षाका कारण पानीको बहाव बढेसँगै जिल्लाका सबै जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेपछि वितरण लाइनमा समस्या आएको छ जसका कारण लमजुङमा छिनछिनमा बत्ती जाने […]

जस्तापाताकाे रेखदेख र भाडामै सिध्याइयाे ५ करोड

Earthquake Nepal Jasta pata

काठमाडौं, असार १४ । साल्ट ट्रेडिङ कर्पोरेशनले भूकम्पपीडितका लागि किनेको जस्तापाता वितरणमा सरकारी निकायले चासो नदिँदा गोदाममै थन्किएको छ। समयमा नै जस्तापाता वितरण हुन नसक्दा हालसम्म थप ५ करोड रुपैयाँ घाटा बेहोर्नुपरेको कर्पोरेशनको भनाइ छ। भूकम्प गएको २ वर्ष बितिसक्दा पनि सरकारले जस्तापाताको व्यवस्थापन गर्न नसकेको कर्पोरेशनले बताएको छ । कर्पोरेशनले तत्कालीन समयमा रू। ३० […]

भारतमाथि चीनकाे गम्भीर अाराेप: ट्रम्पले माेदीलार्इ खेलाैना बनाइ चीनविरुद्ध प्रयाेग गर्न थाले

काठमाडाैं,१३ असार । भारतमा राष्ट्रपतिकाे निर्वाचनकाे तयारी भइरहँदा अमेरिका पुगेका नरेन्द्र माेदीकाे भ्रमणलार्इ चीनले कडा प्रतिक्रिया जनाएकाे छ । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पसँग कुराकानी गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलार्इ अमेरिकाले केबल खेलाैनाका रुपमा मात्र प्रयाेग गर्न खाेजेकाे चीनकाे प्रतिक्रिया अाएकाे छ । चीन सरकारले प्रकाशन गरिरहेकाे अखबार ग्लाेबल टाइम्सले अमेरिकाले भारतलार्इ चीनका विरुद्ध एक टूलका […]

सिक्किममा भारत र चिनियाँ सेनाबीच झडप । मानसराेवर जाने नाका राेक्याे चिनले

China-India Border

काठमाडाैं । भारत सिक्किमकाे सीमा क्षेत्रमा चीन र भारतका सैनिकबीच झडप भएकाे खबर अाएकाे छ । सिक्किमकाे नाथुला क्षेत्रमा दुर्इ देशका सैनिक बीच भएकाे झडपका बारेमा भारतीय सञ्चारमाध्यामले निकै प्राथमिकता दिएका छन् । त्यस क्षेत्रमा पछिल्ला १० दिनमा यस्ता झडप सामान्यत: दैनिक भइरहेकाे बताइन्छ । भारतीय टेलिभिजन च्यानलहरुमा दुर्इ देशका सैनिकबीच भएकाे झडपकाे भिडियाे पनि […]

१४ वर्षीय बालिकाका हत्यारा ६ वर्षपछि दिल्लीको अस्पतालमा यसरी पक्राउ परे

Rape

काठमाडौं, १३ असार । चौध वर्षीया किशोरीको बलत्कारपछि हत्या गरी भारतमा लुकेर बसेका श्याम राउतलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। रामेछापकी सुन्तली तामाङको बलात्कारपछि हत्या गरी भागेर भारत पुगेका राउतलाई मध्यक्षेत्र प्रहरी कार्यालय, महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय रामेछापको संयुक्त अनुसन्धानमा भारतको नोयडाबाट नियन्त्रणमा लिएर नेपाल ल्याइएको हो। २०६८ माघ ५ […]

सरकारी ढुुकुटीमा थुप्रियो २ खर्ब ६३ अर्ब

nepal-rastra-bank

काठमाडौं, १३ असार । सरकारले समयमै बजेट खर्चन नसक्दा सरकारी ढुकुटीमा यतिबेला २ खर्ब ६३ अर्ब रुपैयाँ बचत भएको छ । राजस्व लक्ष्यभन्दा बढी संकलन भए पनि खर्च गर्ने प्रवृत्तिमा सुधार नहुँदा सरकारी ढुकुटीमा रकम थुप्रिएको हो। नेपाल राष्ट्र बैंकले सरकारको ढुकुटीमै बचत भएको यो रकम बैंक तथा वित्तीय संस्थाहरूमार्फत उत्पादनशील क्षेत्रमा लगानी गर्ने प्रस्ताव […]

पूरै गाउँमा १७ भोट । त्यही मतपत्र पनि हेलिकप्टरमा ओसारिने

ताप्लेजुङ, १३ असार । निर्वाचन आयोगको तथ्यांकअनुसार फक्तालुङ गाउँपालिका–७ याङमामा ५५ मतदाताको नामावली सूचीकृत छ। बुधबार हुने स्थानीय तह चुनावमा भने यहाँ १७ मत मात्रै खस्नेछन्। वडाका उम्मेदवारहरूका अनुसार नामावलीमा नाम भएकामध्ये कसैको मृत्यु भइसकेको छ भने कोही विदेशमा छन्। काठमाडौंमा भएका कतिपय नआउने निश्चित भइसकेको छ। चुनावका लागि एक मतदान अधिकृत, एक सहायक मतदान […]

स्थानीय चुनावको मधेश फ्याक्टर

Madhesh Facts

‘बुलेटको जवाफ ब्यालेटबाट’ भन्ने तुफानी नाराका साथ उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम ३१ वैशाख २०७४ मा सम्पन्न पहिलो चरणदेखि नै स्थानीय तह निर्वाचनमा होमिइसकेको छ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार स्वयम् सरकारमा सहभागी छन् । यसले पहिलो चरणको स्थानीय निर्वाचनमा सहभागी नभएको मधेशका ६ दल सम्मिलित अर्को घटक राष्ट्रिय जनता पार्टी […]