मानवतस्करीमा संलग्न कलाकार गौतमविरुद्ध रेड नोटिस जारी

मानवतस्करीको आरोपमा क्यानाडा बस्ने कलाकार सुदर्शन गौतमविरुद्ध अन्तराष्ट्रिय अपराध प्रहरी संगठन९इन्टरपोल०ले रेड नोटिस जारी गरेको छ। उनले दर्जनौं नेपाली युवाहरुलाई अमेरिका लैजाने भन्दै ठगी गरेका थिए ।

जसमध्ये कतिपयको समुन्द्रमा मृत्यु भएको थियो । उनका केही सहयोगीलाई महानगरीय अपराध महाशाखाले एक वर्षअघि नै पक्राउ गरेको थियो । करिब एक वर्षको प्रयासपछि उनीविरुद्ध रेडकर्नर नोटिस जारी भएको नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख समेत रहेका एसएसपी उमेशराज जोशीले बताए ।

उनले नायिक रेखा थापासँग मिलेर हिम्मतवाली नामक फिल्म निर्माण गर्नुका साथै त्यसमा अभिनय समेत गरेका छन् । उनले क्यानाडाको पिआर लिइसकेका छन् ।

Loading...