धरान । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धरानमा आयोजित किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त सम्मेलनमा सहभागी हुन पुगे। त्यहाँ उनले अहिलेको निर्वाचन प्रणाली जनताको नभई धनी र शक्तिशालीहरुको पक्षमा रहेको भन्दै संविधान संशोधनको खाँचो औंल्याए। प्रचण्डले राष्ट्रपतीय प्रणाली र जनमुखी समानुपातिक निर्वाचन प्रणाली आवश्यक भएको बताए। संविधान संशोधन गरेर […]
मुख्य समाचार
लोग्नेको ज्यान लिने स्वास्नी र स्वास्नीको ज्यान लिने लोग्ने पक्राउ
न्यूजकारखाना, खोटाङ । आफ्नै श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जसअनुसार हलेसी तुवाचुङ नगरपालिका–९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुका राईलाई प्रहरीले पक्राउ गरेको हो । विवादको क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई […]
दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सब-इन्जिनियर बिरुद्ध भ्रष्टाचार मुद्दा
भक्तपुर । भक्तपुरको दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सब-इन्जिनियर कुमार पौड्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीबिरुद्ध मुद्दा दायर गरेको हो । २०५१ सालदेखि सरकारी सेवा सुरु गरेका पौड्यालले २०८० सालसम्म पुग्दा, तलब, भत्ता, र कानुनी स्रोतबाट जम्मा २ करोड ५८ लाखको आय […]
ट्रिपर पल्टिँदा गयो चालकको ज्यान
काभ्रेपलान्चोक । आइतबार बिहान काभ्रेको मण्डनदेउपुर- ७ इन्द्रावती खोलाको बगरमा बालुवा लोड गरी फर्किने क्रममा टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बा ४ ख ३३६६ नम्बरको टिपर आइतबार बिहान करिब ३ बजेको समयमा उल्टो ब्याक भई सडकबाट अन्दाजी १ सय मिटर तल पल्टिँदा टिपर चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको हो […]
भारत र पाकिस्तानबीच युद्धविराम
काठमाडौ । भारत र पाकिस्तानबीच युद्धविराम भएको छ। दुवै देशका सैन्य प्रमुखहरूबीच आज दिउँसो ३:३५ बजे भएको टेलिफोन संवादपछि युद्धविरामको सहमति जुटेको हो । सहमति अनुसार, शनिबार साँझ ५ बजेदेखि नै स्थल, जल, र आकाशमार्गबाट हुने सबै प्रकारका सैन्य कारबाहीहरू रोकिएका छन् । यो युद्धविराम अमेरिका, साउदी अरेबिया, र टर्कीको मध्यस्थतामा सम्भव भएको बताइएको छ। […]
मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र उत्तरदक्षिण करिडोर हामीले शुरु गरेका हौं – प्रचण्ड
पाँचथर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न भौगोलिक क्षेत्रलाई जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र उत्तर–दक्षिण करिडोर जस्ता पूर्वाधार विकासका अभियान माओवादी नेतृत्वको सरकारले सुरु गरेको बताएका छन् । पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै शनिबार उनले सोकुरा बताएका हुन् । भर्खरै सम्पन्न […]
मुड्केचुलामा सरसफाइ सचेतना र्याली
दीर्घ बहादुर शाही, डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिका–६ मा मौसम परिवर्तनसँगै फैलिन सक्ने संक्रामक रोगहरूबाट बच्न सरसफाइ र्याली आयोजना गरिएको छ। वडा कार्यालयको आयोजनामा भएको र्यालीमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। र्यालीका क्रममा “घरआँगन सफा राखौँ”, “बासी सडेगलेका खानेकुरा बन्द गरौँ”, “साबुन पानीले हात धोऔँ” भन्ने सचेतनामूलक नारा लगाइएको थियो। सरसफाइ अभ्यासलाई व्यवहारमा उतार्न १ […]
स्वतन्त्र प्रेस बिना लोकतन्त्र अधुरो हुन्छ : उपराष्ट्रपति यादव
ललिता साह, काठमाडौ । उपराष्ट्रपति रामसहाय यादवले स्वतन्त्र प्रेस बिना लोकतन्त्र अधुरो हुने भन्दै लोकतन्त्र जोगाउन स्वतन्त्र पत्रकारिता आवश्यक रहेको बताएका छन्। नेपाल प्रेस युनियनको आयोजनामा भएको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया सम्मेलन उद्घाटन गर्दै उनले राजनीतिक विचारधारा स्वाभाविक भए पनि त्यसकै आधारमा पत्रकारिता गर्दा लोकतन्त्रमा नकारात्मक असर पर्ने बताए। उनले परिस्थिति चुनौतीपूर्ण रहेको र पत्रकारको भूमिका […]
मानव वेचविखन र बसाइसराइबारे पाठ्यपुस्तकको परिभाषा अपुरो – पौडेल
काठमाडौ । महिलावादी नेतृ तथा “साहस” पुस्तककी लेखक मीना पौडेलले मानव वेचविखन र बसाइसराइ बारे पाठयपुस्तकमा दिइएको परिभाषालाई नै परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याएकी छन् । शिक्षा पत्रकार समूहले “पढ्ने बानी बसालौं” श्रृङखला अन्तर्गत शुक्रबार अनामनगरमा गरेको पुस्तक चर्चा कार्यक्रममा बोल्दै उनले मानव बेचविखनको ट्रेन्ड नै बदलिएकोले अव यस्को परिभाषालाई नै परिमार्जन गर्नुपर्ने बताएकी हुन् । […]
भाजपा सांसदको हलिउडमा डेब्यु
न्यूजकारखाना, मुम्बई । भारतीय अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले हलिउड चलचित्रमा डेब्यु गर्ने भएकी छिन् । राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगनाले हलिउड हरर ड्रामा ‘ब्लेस्ड बी द इभिल’ मा मुख्य भूमिका निर्वाह गर्ने भएकी हुन् । रिपोर्टका अनुसार रनावतले फिल्ममा टायलर पोसे (टिन वुल्फ) र स्कारलेट रोज स्टेलोन ‘टल्सा किंग’ […]