काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लागेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ। […]
मुख्य समाचार
देवानगञ्ज घटना : सरकार र मृतकका परिवारबिच ७ बुँदे सहमति, अन्तिम संस्कार आजै
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबिच ७ बुँदे सहमति भएको छ । गत साउन १० गते भएको घटनामा मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका अभिभावक र गृह मन्त्रालयबिच बिहीबार राति औपचारिक सम्झौता भएको हो । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको उक्त सहमतिमा […]
सिरहामा ज्यान गुमाएका यादवको शव प्रहरीले सडकबाट उठायो
सिरहा । सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव प्रहरीले सडकबाट उठाएको छ । आफन्तहरूले प्रदर्शन जारी राख्दै शव सडकमै राखिरहेका थिए । सडकमै शव राखेर उनीहरूले दिनभर प्रदर्शन गरे । साँझ भने प्रहरीले शव भ्यानमा राखेर लगेको छ । केहीबेर अघिमात्रै उक्त शव उठाएर लगिएको हो । झडपका क्रममा गोली […]
बालेनले ल्याए सेवानिवृत्त संवैधानिक पदाधिकारीलाई दोहोरो सुविधा नदिने गरी विधेयक
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सेवानिवृत्त संवैधानिक पदाधिकारीलाई दोहोरो सुविधा नदिने गरी विधेयक ल्याएका छन् । ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८३’ बिहीबार प्रतिनिधिसभामा दर्ता भएको छ । यसको उद्देश्य र कारणमा प्रधानमन्त्री बालेनले संवैधानिक निकायका पदाधिकारीहरूको सेवा सुविधालाई व्यवस्थित गर्न संवैधानिक निकायका पदाधिकारीहरू को पारिश्रमिक, सेवाको शर्त […]
सुनसरी घटनाको विरोधमा जनकपुरमा पनि बिहानैदेखि तनाव, जिल्ला सुरक्षा समितिको बैठक जारी
जनकपुरधाम । सुनसरी घटनाको विरोधमा जनकपुरमा आज बिहानदेखि प्रदर्शन भइरहेको छ । जनकपुरको रामानन्द चोकमा प्रदर्शन गर्दै सडक जाम गरेका प्रदर्शनकारीहरू अहिले अन्य क्षेत्रमा पनि फैलिएका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलका अनुसार, अहिले जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको र परिस्थितिको मूल्यांकन गरेर परेको खण्डमा कर्फ्युसमेत लगाउन सकिने बताए । ‘अहिले सुरक्षा […]
सुनसरी घटनालाई लिएर संसद्मा सरकारको चर्को आलोचना, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागियो
काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनालाई लिएर बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सरकार र प्रधानमन्त्रीको कार्यशैलीको चर्को आलोचना गरेका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दलका सांसदहरूले घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र प्रधानमन्त्री तथा गृहमन्त्रीले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग गरेका हुन्। बैठकमा विशेष समय […]
अमेरिकामा रगत अभाव, रेडक्रसद्वारा ‘संकट’ घोषणा
काठमाडौं । अमेरिकामा रगतको अभाव गम्भीर बन्दै गएको छ । अमेरिकन रेडक्रसले आफ्नो १५० वर्षको इतिहासमै दोस्रो पटक रगतको मौज्दात ‘संकट’ स्तरमा पुगेको घोषणा गरेको छ । बीबीसीका अनुसार अमेरिकन रेडक्रसकी डा. कोर्टनी लरेन्सले जंगलमा लागेको डढेलो, अत्यधिक गर्मी तथा अन्य विभिन्न कारणले रगत संकलनमा असर परेपछि यस्तो अवस्था सिर्जना भएको बताएकी छन् । उनका […]
राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबिच बिहीबार भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवास पुगेर सभामुख अर्यालले बिहान राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । भेटका क्रममा सभामुख अर्यालले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र संसदीय कामकारबाहीका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ । संसद्मा भइरहेका गतिविधि, विधेयकहरूको अवस्था […]
प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्काे बैठक
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । बिहीबार बिहान साढे ११ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा परिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुने बताइएको छ । सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधान सेनापति र […]
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ । साथै मधेस प्रदेशमा आंशिक बादल लागेको […]











