काठमाडौंका मेयर बालेन शाहलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ । उनका बुवा रामनारायण शाहको केहीबेरअघि नयाँ बानेश्वरको सिभिल अस्पतालमा निधन भएको हो । उनलाई आइतबार बिहान बेहोसी अवस्थामानै अस्पताल पुर्‍याइएको थियो । अस्पताल स्रोतका अनुसार, उनलाई आइतबार बिहान अवस्था गम्भीर भएपछि बेहोसी अवस्थामा नै परिवारका सदस्यले अस्पताल लगेका थिए । एक चिकित्सकले दिएको जानकारी […]

नेपाल राष्ट्र बैंकको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ। समीक्षा मार्फत केन्द्रीय बैंकले लचिलो नीति अवलम्बन गर्दै ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा बढाएको छ। राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाएर ५.७५ […]

प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा, सूचीसहित

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । केन्द्रीय कमिटीको अध्यक्ष परिषद्मा ओजस्वी भट्टराई, दुर्गा सोव, सन्तोष परियार, सुदन किराती र सुरेन्द्र प्रसाद जयसवाल रहेका छन् । बाँकी सबैलाई केन्द्रीय कमिटी सदस्य तोकिएको सो पार्टीले सोमबार जनाएको छ । मंसिर ७ गते प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा भएको थियो । […]

डिजेल/मट्टितेलको मूल्य घट्यो, आजदेखि कति ?

काठमाडौँ । नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य १ रुपैयाँ घटाएको छ। निगम सञ्चालक समितिको बैठकले घटाएको सो मूल्य आजदेखि लागू भएको छ । निगमका अनुसार मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ । निगमले […]

दल दर्ता गर्न थपिएको समय आज सकिँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न थपिएको समय आज सकिँदैछ । निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार मंसिर १ गतेदेखि मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थियो । तर, दलहरू दर्ता प्रक्रियामा रहेको र केही दिन समय थप गर्न आग्रह आएको भनेर आयोगले चार दिन समय थप […]

पाकिस्तानी सहयोगमा ज्ञानोदय माविले पायो कम्प्युटर प्रयोगशाला

काठमाडौं । काठमाडौं महानगरपालिका-१३ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा पाकिस्तान सरकारले कम्प्युटर प्रयोगशाला स्थापना गरिदिएको छ । पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले नयाँ कम्प्युटर प्रयोगशाला उद्घाटन एवं हस्तान्तरण गरेका छन्। नेपालमा डिजिटल शिक्षा प्रवर्द्धनका लागि पाकिस्तान जनताबाट आएको सहयोग अन्तर्गत प्रयोगशाला स्थापना गरिएको दूतावासले जनाएको छ । विद्यालयमा सन् २०१३ मा पाकिस्तानकै सहयोगमा स्थापना गरिएको पहिलो […]

सफ्टवेयरमा गडबडीपछि एयरबसका ६ हजार जहाज अस्थायी ग्राउन्डेड

काठमाडौँ । विश्वका ६ हजार भन्दा बढी जहाजहरू शनिबार अस्थायी रूपमा ग्राउन्डेड भएका छन्। युरोपेली विमान निर्माता कम्पनी एयरबसले ए३२० सिरिजका विमानको सफ्टवेयरमा समस्या देखिएकाले सबै विमानहरुमा त्यसको चेकजाँच गर्नू भनेपछि विश्वका विभिन्न एयरलाइन्सहरूको उडान अवरूद्ध भएको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गत अक्टोबर ३० मा मेक्सिकोको क्यानकुनबाट न्यू जर्सी उडेको जेटब्लु अचानक उचाई […]

दुईतिहाइको दम्भमा भ्रष्टाचारीलाई बचाएपछि ओली बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नुपर्यो : प्रचण्ड 

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दुईतिहाइको दम्भमा अघिल्लो सरकारले भ्रष्टाचारीलाई बचाउने काम गरेकाले त्यतिबेला प्रधानमन्त्री केपी ओली बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नुपरेको टिप्पणी गरेका छन् । शनिबार दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले जनताले लखेटेपनि अझै अहङ्कार र दम्भ नहटेको बताए। जनताको मन जित्न नसके चुनाव जितेर मात्रै केहि नहुने […]

रोटरी क्लब अफ भादगाउँद्वारा निर्मित प्रहरी भवन हस्तान्तरण

Rotary club of Bhadgau

भक्तपुर । जेनजी आन्दोलनकारीले गत भदौ २४ गते जलाएको भक्तपुर-१ सल्लाघारीस्थित प्रहरी बिट रोटरी क्लब अफ भादगाउँले निर्माण गरी शनिबार स्थानीय प्रहरी प्रभाग कटुन्जेलाई हस्तान्तरण गरेको छ ।   समुदाय–प्रहरी साझेदारी सुदृढ गर्दै प्रभावकारी सेवा पहुँच विस्तार गर्ने उद्देश्यले भवन निर्माण गरी हस्तान्तरण गरिएको स्थानीयसमेत रहेका क्लबका पास्ट प्रेसिडेन्ट प्रकाश थापाले बताएका छन् ।   […]

आज दाङको देउखुरीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा हुँदै

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आज लुम्बिनी प्रदेश स्थित दाङको देउखुरीमा एकता सन्देश सभा गर्ने भएको छ । नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय बमोजिम आज देउखुरीमा सन्देश सभा हुन लागेको हो । सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि नेकपाले शुक्रबार धनगढीमा […]