काभ्रे । शनिबार करिब साढे ११ बजे काभ्रेको धुलिखेल ७ संजिवनी चोकस्थित बिजुलीको पोलमा चढी काम गरिरहेका बेला करेन्ट लागि ज्यान गुमाएका मजदुरको पहिचान खुलेको छ । ज्यान गुमाउने मजदुर सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ घारिबथान स्थायी घर भएका २८ वर्षिय उपेस परियार भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं डिएसपी मिनबहादुर […]
मुख्य समाचार
कर्णाली र सुपबाहेकमा आज वर्षा
काठमाडौं, ४ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भू-भाग, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया […]
माओवादी केन्द्रको चाँगुनारायण अध्यक्षमा दोहोरिए खड्का, ५५ सदस्यीय नगर समिति निर्विरोध
भक्तपुर । नेकपा (माओवादी केन्द्र) चाँगुनारायण नगर समितिको दोस्रो सम्मेलनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट पनि अध्यक्षमा नरेश खड्का दोहोरिएका छन् । नरेश खड्काको अध्यक्षतामा ५५ सदस्यीय नयाँ चाँगुनारायण नगर समिति निर्वाचित भएको निर्वाचन समितिका संयोजक एवं संविधान सभा सदस्य सत्यलाल मूलले जानकारी गराए । निर्वाचन समितिका संयोजक मूलले दिएको […]
चीनको जनप्रतिनिधि सभाका उपाध्यक्ष चिए भक्तपुरमा
भक्तपुर । चीनको जनप्रतिनिधि सभाका उपाध्यक्ष सियाओ चिए नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुरका ऐतिहासिक र सांस्कृतिक सम्पदाको अवलोकन गरेको छ। टोलीलाई भक्तपुर दरबार क्षेत्र प्रवेशद्वारमा नेमकिपाका सचिव तथा संघीय सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका थिए। प्रतिनिधिमण्डलले दरबार क्षेत्रभित्रको राष्ट्रिय कला संग्रहालय, सुन ढोका, पचपन्न झ्याल दरबार, फसी देगः, त:मारी […]
घिमिरेको नेतृत्वमा निर्यात व्यवसायी महासंघ नेपाल
काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भई आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको छ। अधिवेशनबाट गोविन्द प्रसाद घिमिरे महासंघको अध्यक्षमा निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा देवानन्द सरावगी, वस्तुगत उपाध्यक्षमा किरण कुमार डंगोल, एसोसिएट उपाध्यक्षमा शान्ता बास्कोटा निर्वाचित भएका छन्। त्यस्तै, महासचिवमा शिव प्रसाद भट्ट, […]
अब वाइसीएल गेटमा मात्र बस्दैन, संंसद भवन पस्छ : इन्चार्ज दीपशिखा
भक्तपुर । नेकपा(माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग, नेपाल(वाइसीएल, नेपाल) का इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले अब वाइसीएल पार्टी कार्यक्रमको गेटपाले नबन्ने बताएका छन् । शनिबार वाइसीएलको भक्तपुर जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै इन्चार्ज दीपशिखाले वाइसीएलले हरेक ठाँउमा जिम्मेवारी पाउनुपर्ने प्रष्ट पारे । “अब वाइसीएल गेटपाले होइन, संंसद भित्र सांसद भएर पस्ने ल्याकत राख्छ ।” […]
ऋषिहरूको तपोभूमि ‘ऋषेश्वर क्षेत्र’ विकास समिति’ अध्यक्षमा लामा
मकवानपुर । थाहा नगरपालिका क्षेत्रभित्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गठित ऋषेश्वर क्षेत्र विकास समितिको अध्यक्षमा बिनोद लामालाई नियुक्त गरिएको छ। थाहा नगरपालिका क्षेत्रको ऐतिहासिक, धार्मिक सम्पदा एवं सांस्कृतिक क्षेत्र व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८१ को परिच्छेद ३, दफा २ (क) अनुसार नगर प्रमुखले समितिको अध्यक्ष तोक्न सक्ने व्यवस्था रहेको छ। यही प्रावधानअनुसार […]
भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टले आईपिओ जारी गर्ने
भक्तपुर । भक्तपुरको सूर्यविनायक-८ स्थित डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रालिले आफ्नो स्वामित्वलाई पब्लिक गर्ने तयारी गरेको छ । रिसोर्टलाई प्रालिबाट पब्लिक कम्पनी बनाउन र आईपिओ जारी गर्न तयारी गरिएको हो । त्यसका लागि रिसोर्ट र सिटिजन्स क्यापिटल बीच संस्थागत परामर्श सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म […]
आज देखि कुलेखानी-कलंकी-हुमाने सडक पूर्णरूपमा बन्द
काठमाडौं, २ जेठ । आज देखि कुलेखानी-कलंकी-हुमाने सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ। सो खण्डमा कालोपत्रे हुने भए पछि आज देखी बैशाख २० गतेसम्म पुर्ण रूपमा बन्द गर्न लागिएको हो । नेपाल प्रहरीका अनुसार १९ दिनसम्म साे सडक खण्ड पुर्ण रूपमा बन्द हुने भएकाले अब हेटौंडा-काठमाडौं, काठमाडौं-हेटौंडा यात्रा गर्नु पर्ने सवारी […]
टेरामक्समा परे पूर्वमन्त्री बस्नेत, सांसद पद निलम्बित
काठमाडौं, १ जेठ ।प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत स्वत: निलम्बनमा परेका छन । भ्रष्टाचार मुद्दा दायर भएसंगै उनको सांसद पद निलम्बित भएको हो । नेपाली कांग्रेसका उम्मेदवार रही सिन्धुपाल्चोक-२ बाट निर्वाचित बस्नेतबिरूद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बिहीबार विशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर गरिएको छ । भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद […]