रवि लामिछाने विरुद्ध वीरगन्जमा पनि मुद्दा दर्ता

पर्सा, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिरूद्दमा पर्सामा पनि मुद्दा दर्ता भएको छ। सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । बीररगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । प्रहरीका अनुसार १ […]

अघिल्लो वर्षको तुलनामा बढी उठ्यो राजश्व,११ महिनामा १० खर्ब २७ अर्ब संकलन

Dinesh Kumar Ghimire

काठमाडौं, असार १ । चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सरकारको कुल राजस्व संकलन १० खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८८ अर्ब रुपैयाँले बढी हो। अर्थ मन्त्रालयका अनुसार २०८२ असार १ गतेसम्म संकलन भएको राजस्व अघिल्लो वर्ष सोही अवधीको ९ खर्ब ३९ अर्ब रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि […]

पालिकालाई कर नतिर्ने मण्डनदेउपुरका ४ उद्योगमा ताला

काभ्रेपलाञ्चोक । कर तिर्न आनाकानी गर्ने उद्योगप्रति मण्डनदेउपुर नगरपालिकाले कडाइ गरेको छ। नगरपालिकाले पालिकामा सञ्चालित चार उद्योगहरूमा शुक्रबार तालाबन्दी गरिदिएको छ । नगर प्रमुख टोकबहादुर वाइबाको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा सरोकारवाला निकायहरूको सहभागितामा गरिएको अनुगमनपछि तालाबन्दी गरिएको हो। नगरपालिकाले जनाएअनुसार वडा नं. ९ रायोबारीस्थित सेन्ट वासिङ एण्ड क्रसिङ उद्योगले २०७८/७९ देखि […]

प्रतिपक्ष लचक भएपछि संसद खुलाउन दुई बुँदे सहमति

काठमाडौं, ३० जेठ । संसद खुलाउनका लागि सत्ता पक्ष र प्रमुख प्रतिपक्षी बिचमा २ बुदेँ सहमति भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो जानकारी दिएका हुन ।  ‘हस्ताक्षरको अन्तिम तयारी हुदैँछ, हस्ताक्षर हुन्छ, संसद खुल्छ,’ प्रचण्डले भने, ‘रास्वपा र हाम्रो मुलभुत बिषयमा केही फरक छैन, रास्वपा केही समय आफ्नो ढंगले जानु […]

अनुसन्धान र अभियोजन प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। प्रहरी अनुसन्धानकर्ता र सरकारी वकिलबीचको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा ओलीले अभियोजन र प्रमाणका तथ्यहरू यथार्थ र स्पष्ट हुने गरी अनुसन्धान र अभियोजन हुनुपर्ने बताए। उनले अन्याय रोक्न र सामाजिक सुप्रबन्ध कायम गर्न कानुनको निर्माण […]

उच्चमा रिक्त चार मुख्य न्यायाधीश सिफारिस

काठमाडौं । उच्च अदालतका लागि ४ जना मुख्य न्यायाधीश सिफारिस भएका छन् । आज बसेको न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको हो ।  शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरुमा राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको जनाइएको छ ।

प्रदेश सांसदका उम्मेदवारसहित महासचिवकै क्षेत्रबाट ८६ नेताकार्यकर्ताले त्यागे एमाले

दाङ । पार्टीभित्र असन्तुष्टि र नेतृत्वप्रतिको अविश्वास बढ्दै गएपछि सत्तारूढ दल नेकपा एमालेको महासचिव शंकर पोख्रेलको निर्वाचन क्षेत्र, दाङ–२ बाट एकैसाथ ८६ जनाले पार्टी परित्याग गरेका छन्। पार्टी छाड्नेहरूमध्ये अघिल्लो निर्वाचनमा दाङ–२(२) बाट उम्मेदवारी दिएका गिरिराज केसी पनि छन्, जो कांग्रेसका उम्मेदवार प्रचण्ड विक्रम न्यौपानेसँग थोरैमात्र मतले पराजित भएका थिए। पार्टीको पूर्व प्रदेश कमिटी सदस्य […]

अहमदाबाद विमान दुर्घटना : यात्रीबाहेक थप २४ जनाको निधन

न्यूजकारखाना, काठमाडौं । अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार (जुन १२, २०२५) दिउँसो दुर्घटनामा परेको थियो। यस दुर्घटनामा मृत्यु हुनेको संख्यामा थप बृद्दी भएको छ । अहिलेसम्म २६५ जनाको मृत्यु भइसकेको छ । विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए। तीमध्ये एक जनाको जीवित उद्धार भएको पुष्टि गरिएको छ। दुर्घटनापछि […]

७ मतले पौडेललाई स्तब्ध पार्दै अनेरास्ववियु अध्यक्षमा कडरिया निर्वाचित

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएको छ । गएराति सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् । उनी जम्मा ७ मत बढी ल्याएर बिजयी भएका हुन् । जसअनुसार सुजनले ७३२ मत सहित उनी विजयी हुँदा उनका प्रतिस्पर्धी प्रकाश पौडेलले ७२५ मतमा सिमित भए । […]

अहमदाबाद विमान दुर्घटना : भारतका गृहमन्त्री अमित शाह घटनास्थल पुगे

काठमाडौ । एअर इण्डिया विमान नम्बर AI-171 आज दिउँसो गुजरातको अहमदाबादमा दुर्घटनाग्रस्त भएपछि भारत सरकारका गृहमन्त्री अमित शाह घटनास्थलमा पुगेर स्थिति अवलोकन गरेका छन्। उनले उक्त दुर्घटनामा बाँचेका एकमात्र यात्रीसँग पनि कुराकानी गरेका छन्। भारतीय सञ्चार माध्यम अमर उजालाले जनाए अनुसार घटनापछि पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री शाहले भने, “यो घटना अत्यन्तै दुःखद र स्तब्ध पार्ने […]