विशेष कारण भन्दै प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । दिउँसो १ बजे सिंहदबारमा बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बैठक स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो । कानुनमन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो […]

गण्डकी सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउदै एमाले

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउने भएको छ । केही बेर अघि बसेको संसदीय बोर्डको बैठकले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको प्रमुख सचेतक देवका पहारीले जानकारी दिइन् । ‘संसदीय बोर्डले निर्णय गरेको छ । उहाँहरू सामूहिक रूपमै राजीनामा बुझाउनुहुन्छ,’ पहारीले भनिन्, ‘यसपछि कसरी अघि बढ्ने भन्ने छलफलमै छौँ ।’ नेकपा […]

इरानविरुद्ध अमेरिकाले लगायो ‘अहिलेसम्मकै सबैभन्दा कडा’ प्रतिबन्ध

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानमाथि आर्थिक दबाब बढाउन नयाँ अभियान सुरु गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यसलाई ‘अभूतपूर्व’ कदम भनेका छन्। उनले विदेशमा इरानका ‘आर्थिक बाटाहरू बन्द गर्नु’ यसको मुख्य उद्देश्य रहेको बताए। यस अभियानअन्तर्गत अमेरिकाले इरानमाथिको आर्थिक प्रतिबन्धलाई अझ कडा बनाएको छ। दर्जनौँ व्यक्ति, कम्पनी र पानीजहाजहरूको नाम प्रतिबन्धको सूचीमा […]

थप चर्किँदै अमेरिका–इरान तनाव, ट्रम्पका छोराको हत्या गर्नेलाई १ करोड डलर इनामको घोषणा

तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पको हत्या गर्नेलाई इरानमा १ करोड अमेरिकी डलर इनाम घोषणा गरिएको दाबी गरिएको भिडियो सार्वजनिक भएपछि अमेरिका–इरान तनाव थप चर्किएको छ । इरानको सरकारी टेलिभिजनमा प्रसारित उक्त भिडियो इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)सँग सम्बन्धित च्यानल–३ बाट प्रसारित भएको जनाइएको छ । भिडियोमा २० वर्षीय ब्यारोन ट्रम्पलाई लक्षित […]

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका […]

इन्दिरा रानामगर र रामबहादुर थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रयोग गरेका अमर्यादित र असंसदीय शब्दहरू संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन्। सभामुख अर्यालले भदौ १ र भदौ ३ गतेका बैठकमा बोलिएका केही शब्दहरू संसद्को गरिमा विपरीत रहेको ठहर गर्दै सङ्घीय संसद् सचिवालयलाई ती शब्द हटाउन निर्देश गरेका हुन्। निर्देशनअनुसार भदौ १ गतेको बैठकमा रास्वपा सांसद […]

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत पाएका हुन् । उनको पक्षमा ५७ मत खसेको छ भने विपक्षमा २२ मत खसेको छ । प्रदेशसभा बैठकमा विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदले विश्वासको मत दिएका छन् । नेपाली कांग्रेसका सांसदहरूले […]

सरकारसंग छलफलपछि मलेसियाको सूचीमा परेका २५ म्यानपावरले नाम हटाउने

काठमाडौं । नेपाल सरकारसंगको छलफलपछि मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत भएका नेपालका २५ म्यानपावर कम्पनीले उक्त प्रणालीबाट आफ्नो नाम हटाउने भएका छन्। युवा, श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलमा एफडब्लूसीएमएसबाट २५ वटै म्यानपावरको नाम तत्काल हटाउने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि बहादुर डाँगीले जानकारी दिए। मलेसियाले नेपाली […]

बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी भएको छ । उच्च अदालत पाटन, हेटौंडा इजलासमा दायर भएका दुई छुट्टाछुट्टै रिटमा सोमबार बसेको न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले विपक्षीको माग अनुसार तत्काल अन्तरिम आदेश जारी भने गरेको छैन । […]

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । सोमबार बिहान पौने १० बजेको समयमा सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को.१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको […]