नेकपाले गर्यो कोशी प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । कोशी प्रदेश नेकपा संसदीय दलको आज बसेको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेता राजेन्द्र राईले जानकारी दिए । यसअघि एमालेले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ । यस्तै, राष्ट्रिय […]

संसदमा रास्वपाकै महामन्त्रीले गरे गरिमा र वसन्त हत्या प्रकरणमा सरकारको आलोचना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिनकुमार आचार्यले बाराकी ३ वर्षीया बालिका गरिमा चौधरी र शंखमूलस्थित होस्टेलमा मृत भेटिएका वसन्त कालाखेतीको प्रकरणलाई लिएर सरकारको कडा आलोचना गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा महामन्त्री आचार्यले गृह मन्त्रालयको कार्यशैली र अनुसन्धानका क्रममा अपनाइएका प्रचारमुखी प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएका हुन् । साउन […]

मिस्टर भक्तपुर तथा महिला एथलेटिक्स फिटनेस प्रतियोगिताको मिति सार्वजनिक

भक्तपुर । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ भक्तपुरमा छैटौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला एथलेटिक्स फिटनेस–२०८३ शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ।  आयोजक भक्तपुर जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघले सोमबार रफत सञ्चार क्लबमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे बताएको हो । प्रतियोगितामा पुरुषतर्फ ५५, ६०, ६५, ७० र ७० […]

नाबालिका बलात्कार-हत्याका आरोपीको भिडियो सामाजिक सञ्जालमा, प्रहरीले थाल्यो छानबिन

काठमाडौँ । बाराको सिमरामा ३ वर्षीया नाबालिका गरिमा चौधरीको बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । बालिकाको बलात्कार र हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले घटनाबारे बोलेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिएको हो।अनुसन्धानको क्रममा भएको विषय र आरोपीको भनाई सार्वजनिक भएसँगै प्रहरीको अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठेको छ । […]

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले प्रसाईंको बन्दीप्रत्यीकरण रिटमा कारण माग गर्दै विपक्षीका नाममा सो आदेश दिएको हो । प्रसाईंकी श्रीमती उमा प्रसाईंले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले प्रसाईंलाई किन जारी हुनु नपर्ने हो […]

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सोमबार अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि […]

देशभर मनसुनी प्रभाव कायमै, आज यी क्षेत्रमा भारी वर्षा हुनसक्ने

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यतिबेला देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक-दुई स्थानमा पनि वर्षा […]

सप्तरीमा तीन वर्षीया बालिका मृत भेटिएको घटनामा शंकास्पद एक व्यक्ति पक्राउ

सप्तरी । सप्तरीमा तीन वर्षीया बालिका मृत फेला परेको घटनामा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरे । उनको गतिविधि शंकास्पद देखिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको डीआईजी अधिकारीले  जानकारी दिए । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर –३ मा तीन […]

रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित, उपसभापति वाग्ले भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ । उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको हो । अगस्ट दोस्रो साता हुने भनिएको भ्रमण एक महिना पछि सारिएको थियो । तर सेप्टेम्बर दोस्रो साता पनि सभापति लामिछानेको भ्रमण नहुने भएको छ । स्रोतका अनुसार अब सांसदहरुको […]

रुकुम पश्चिमको सानीभेरीमा गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवाली रहेका छन् । सिम्लीबाट चौरजहारीतर्फ गइरहेको भे१ज १४८२ नम्बरको गाडीले आज बिहान उनीहरूलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट […]