डिजेल/मट्टितेलको मूल्य घट्यो, आजदेखि कति ?

काठमाडौँ । नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य १ रुपैयाँ घटाएको छ। निगम सञ्चालक समितिको बैठकले घटाएको सो मूल्य आजदेखि लागू भएको छ । निगमका अनुसार मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ । निगमले […]

दल दर्ता गर्न थपिएको समय आज सकिँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न थपिएको समय आज सकिँदैछ । निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार मंसिर १ गतेदेखि मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थियो । तर, दलहरू दर्ता प्रक्रियामा रहेको र केही दिन समय थप गर्न आग्रह आएको भनेर आयोगले चार दिन समय थप […]

पाकिस्तानी सहयोगमा ज्ञानोदय माविले पायो कम्प्युटर प्रयोगशाला

काठमाडौं । काठमाडौं महानगरपालिका-१३ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा पाकिस्तान सरकारले कम्प्युटर प्रयोगशाला स्थापना गरिदिएको छ । पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले नयाँ कम्प्युटर प्रयोगशाला उद्घाटन एवं हस्तान्तरण गरेका छन्। नेपालमा डिजिटल शिक्षा प्रवर्द्धनका लागि पाकिस्तान जनताबाट आएको सहयोग अन्तर्गत प्रयोगशाला स्थापना गरिएको दूतावासले जनाएको छ । विद्यालयमा सन् २०१३ मा पाकिस्तानकै सहयोगमा स्थापना गरिएको पहिलो […]

सफ्टवेयरमा गडबडीपछि एयरबसका ६ हजार जहाज अस्थायी ग्राउन्डेड

काठमाडौँ । विश्वका ६ हजार भन्दा बढी जहाजहरू शनिबार अस्थायी रूपमा ग्राउन्डेड भएका छन्। युरोपेली विमान निर्माता कम्पनी एयरबसले ए३२० सिरिजका विमानको सफ्टवेयरमा समस्या देखिएकाले सबै विमानहरुमा त्यसको चेकजाँच गर्नू भनेपछि विश्वका विभिन्न एयरलाइन्सहरूको उडान अवरूद्ध भएको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गत अक्टोबर ३० मा मेक्सिकोको क्यानकुनबाट न्यू जर्सी उडेको जेटब्लु अचानक उचाई […]

दुईतिहाइको दम्भमा भ्रष्टाचारीलाई बचाएपछि ओली बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नुपर्यो : प्रचण्ड 

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दुईतिहाइको दम्भमा अघिल्लो सरकारले भ्रष्टाचारीलाई बचाउने काम गरेकाले त्यतिबेला प्रधानमन्त्री केपी ओली बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नुपरेको टिप्पणी गरेका छन् । शनिबार दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले जनताले लखेटेपनि अझै अहङ्कार र दम्भ नहटेको बताए। जनताको मन जित्न नसके चुनाव जितेर मात्रै केहि नहुने […]

रोटरी क्लब अफ भादगाउँद्वारा निर्मित प्रहरी भवन हस्तान्तरण

Rotary club of Bhadgau

भक्तपुर । जेनजी आन्दोलनकारीले गत भदौ २४ गते जलाएको भक्तपुर-१ सल्लाघारीस्थित प्रहरी बिट रोटरी क्लब अफ भादगाउँले निर्माण गरी शनिबार स्थानीय प्रहरी प्रभाग कटुन्जेलाई हस्तान्तरण गरेको छ ।   समुदाय–प्रहरी साझेदारी सुदृढ गर्दै प्रभावकारी सेवा पहुँच विस्तार गर्ने उद्देश्यले भवन निर्माण गरी हस्तान्तरण गरिएको स्थानीयसमेत रहेका क्लबका पास्ट प्रेसिडेन्ट प्रकाश थापाले बताएका छन् ।   […]

आज दाङको देउखुरीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा हुँदै

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आज लुम्बिनी प्रदेश स्थित दाङको देउखुरीमा एकता सन्देश सभा गर्ने भएको छ । नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय बमोजिम आज देउखुरीमा सन्देश सभा हुन लागेको हो । सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि नेकपाले शुक्रबार धनगढीमा […]

एनपीएलमा काठमान्डुको तेस्रो जित, चितवन ५३ रनले पराजित

काठमाडौँ । काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा काठमान्डुले चितवन राइनोजमाथि ५३ रनको जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८९ रन बनायो । चितवनका लागि देव खनाल […]

भक्तपुर नगरव्यापी प्याब्सन फुटसल प्रतियोगितामा मोर्डन स्कुल प्रथम

भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) अन्तर्गतका विद्यालयबीच भएको भक्तपुर नगरव्यापी फुटसल प्रतियोगितामा भनपा–१ नपली, सृजनानगरस्थित मोर्डन स्कुलले शानदार जीत हात पार्दै प्रथम स्थान हासिल गरेको छ। फाइनल खेलमा मोर्डन स्कुलले सूर्योदय स्कुललाई ०–४ गोलको प्रभावशाली अन्तरले पराजित गर्दै उपाधि जितेको सह–प्राधानाध्यापक  साजन कस्पालले जानकारी दिए। त्यसैगरी, न्यातापोला स्कुलले सनसाइन स्कुललाई हराउँदै […]

भरतपुर अस्पताल देशकै उत्कृष्ट, गजेन्द्रनारायण सिंह र मानसिक अस्पताल कमजोर

काठमाडौं । संघीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा चितवनको भरतपुर अस्पतालले सबैभन्दा बढी ८८ अंक प्राप्त गर्दै देशकै उत्कृष्ट अस्पताल बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा जानकारी दिँदै नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालले गुणस्तरीय सेवा प्रवाहमा उल्लेखनीय प्रगति गरेको […]