काठमाडौं । औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको प्यारासिटामोल ट्याब्लेट (सेटोफेन) ब्याच नं. सीटी २७२३ बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त ब्याचको औषधि न्यून गुणस्तरको पाइएपछि विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री–वितरण रोक्का गरी उद्योगलाई बजारबाट फिर्ता गर्न आधिकारिक निर्देशन जारी […]
मुख्य समाचार
हजारको नोट छाप्ने जिम्मा चीनिया ठेकेदारलाई
काठमाडौ । नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरका ४३ करोड थान नयाँ नोट छपाइको काम चीनको चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन लाई दिने निर्णय गरेको छ । राष्ट्र बैंकका अनुसार नयाँ नोटका लागि आवश्यक कागज, डिजाइन, छपाइ र आपूर्तिका लागि झिकिएको अन्तर्राष्ट्रिय टेन्डरको मूल्यांकनपछि उक्त कम्पनीलाई ठेक्का स्वीकृत गरिएको हो। राष्ट्र बैंकले एक […]
सेना परिचालनसम्बन्धी राष्ट्रपतिको निर्णय कार्यान्वयनमा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेसँगै उक्त निर्णय कार्यान्वयनमा गएको छ । राष्ट्रपति कार्यालयका एक अधिकारीले राष्ट्रपतिबाट सरकारको सिफारिसलाई स्वीकृत भएलगत्तै सेना परिचालनको निर्णय लागू भएको र आवश्यकताअनुसार सेना परिचालन हुन बाधा नहुनेछैन बताए । मन्त्रिपरिषद्को मंसिर ८ गतेको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन […]
जेनजी अगुवा मुस्कान खातुनलाई नेकपाले केन्द्रीय सदस्य बनाउने
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले महिला हिंसा विरुद्धको अभियन्ता तथा जेनजी अगुवा मुस्कान खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरेको छ । बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभामा नेकपाका सहसंयोजक माधव कुमार नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरेका हुन् । खातुन नेपाली मानव अधिकारकर्मी समेत हुन् । उनी १५ वर्षको उमेरमा तेजाब […]
तोडियो १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का
काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज–१ जोड्ने कन्काई पुल निर्माण १४ वर्षदेखि अलपत्र परेपछि पप्पु–महादेव–खिम्ती जेभीसँगको ठेक्का तोडिएको छ। योजना कार्यालय इटहरीले ३१ जेठ २०६८ मा भएको करिब ३४ करोड ९ लाख रुपैयाँको डिजाइन–एण्ड–बिल्ड ठेक्का बिहीबार रद्द गरेको हो। म्याद पाँचपटक थप्दा पनि ७२३ मिटरको पुलको काम ५६ प्रतिशत मात्र पुगेको, स्पष्टीकरण चित्तबुझ्दो […]
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
सर्लाही । सर्लाहीको लालबन्दीलगायत चुरे क्षेत्र तरकारी उत्पादनको उर्वर भूमिका रूपमा परिचित छ । यहाँ उत्पादन भएका तरकारी हरेक दिन काठमाडौँ, चितवन, हेटौँडा, विराटनगरलगायत देशका प्रमुख सहरहरूसम्म पुग्छन् । उत्पादनले सजिलै बजार पाएपछि व्यावसायिक तरकारीखेती गर्ने किसानहरूसमेत बढिरहेका छन् । जिल्लाको लालबन्दी, हरिवन, बाग्मती, ईश्वरपुर, हरिपुर, चन्द्रनगर, बरहथवालगायत पालिकामा ठुलो क्षेत्रफलमा, आलु, गोलभेँडा, बोडी, भिन्डी, […]
काठमाडौं उपत्यकासहित देशभर ह्वात्तै बढ्यो चिसो
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकाको बिहीबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । यसअघि गत बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो । एक सातामै काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसले घटेको हो । काठमाडौंको अधिकतम तापक्रम १ डिग्री सेल्सियसले घटेको […]
मधेस प्रदेश सरकारको निर्णयमाथि विपक्षीको आपत्ति, अन्तरिम आदेश उल्लङ्घनको आरोप
जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश विपरीत निर्णय गरेको आरोपसहित विपक्षी दलहरू आक्रोशित बनेका छन्। कृषि क्षेत्र तथा बेरोजगार युवामुखी कार्यक्रम अघि बढाएको भन्दै दलहरूले सरकारमाथि आदेशको अवहेलना गरेको गम्भीर आरोप लगाएका छन्। सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न अन्तरिम […]
शिक्षकहरु नआएपछि विद्यालयमा विद्यार्थीले लगाए ताला
जाजरकोट । जाजरकोटको एक माध्यमिक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । तालाबन्दी गरेपछि विद्यालयको पढाइ ठप्प भएको छ । जाजरकोटको कुशे गाउँपालिका वडा नं. १ काफलपाटामा रहेको तपोधेनु माध्यमिक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । विद्यालयमा पढाउने शिक्षकहरु कोही पनि नआएपछि पढ्न गएका विद्यार्थीहरुले आफ्नो पढ्न पाउने नैसर्गिक अधिकार हनन भएको भन्दै तालाबन्दी गरेका हुन् […]
९ बुँदे सहमति कार्यान्वयन र सरुवा निर्देशिका खारेज गर्न शिक्षक महासंघको माग
काठमाडौं । नेपाल शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न र सरुवा निर्देशिका खारेज गर्न माग गरेको छ । शिक्षामन्त्री महावीर पुनलाई महासंघको टोलीले भेटेर ती माग राखेको हो । ‘सरुवा निर्देशिकाको खारेजी, गत बैशाखमा भएको ९ बुँदे सहमति कार्यान्वयनका लागि पत्राचार, स्थानीय भत्ताको उपलब्धता लगायतका विषयमा अविलम्ब निकास निकाल्न शिक्षा मन्त्रीलाई भनियो,’ […]











