काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यकामा निजी स्तरमा सञ्चालित छात्रावास (होस्टेल) लाई मापदण्ड सुधार गर्न र नियमको पूर्ण पालना गर्न एक महिनाको अल्टिमेटम दिएको छ । होस्टेलहरूमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, चर्को शुल्क असुलिएको, पूर्वाधार कमजोर रहेको र लागुऔषधको समेत प्रयोग बढेको जस्ता गम्भीर गुनासा आएपछि प्रशासनले सूचना नै जारी गरेर यस्तो निर्देशन […]
मुख्य समाचार
फेरी बढ्यो सुनको भाउ, प्रतितोला आज कतिमा हुँदैछ किनबेच?
काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) पनि सुनको भाउ बढेको छ। शुक्रबार प्रतितोला तीन हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा दुई हजार आठ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १९ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख १६ हजार सात सय […]
इरानविरुद्ध अहिलेसम्मकै ‘कडा प्रतिबन्ध’ घोषणा गर्दै अमेरिका, टकराव झन् तीव्र हुने संकेत
कायरो । अमेरिका र इरानबिच करिब छ महिनादेखि जारी युद्ध तत्काल अन्त्य हुने संकेत देखिएको छैन। नयाँ अमेरिकी आर्थिक प्रतिबन्ध घोषणा हुनुअघि दुवै देशका नेताहरूले एकअर्काविरुद्ध कडा अभिव्यक्ति दिइरहेका छन्। यसबिच इरानको मुख्य व्यापारिक साझेदार चीनसमेत अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्ने चिन्ता बढेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार इरानविरुद्ध अहिलेसम्मकै ‘कडा प्रतिबन्ध’ घोषणा गर्ने तयारी […]
आज बाढी-पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
काठमाडौँ । पछिल्लो केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थुप्रै सडक खण्डहरूमा यातायात प्रभावित भएको छ। कोशी प्रदेशको भोजपुरमा मध्य पहाडी लोकमार्ग बाढीका कारण प्रभावित भएको छ, जहाँ अहिले वैकल्पिक बाटो […]
देशभर मनसुनी वायुको प्रभाव : आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर […]
गरिमा चौधरीका अभिभावक र सरकारबिच भयो ३ बुँदे सहमति
काठमाडौँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृह मन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबिच सहमति भएको हो । सहमतिअनुसार […]
ट्रम्पको नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा रोक्ने नीति अदालतद्वारा खारेज
वासिङ्टन । अमेरिकाको म्यानहटनस्थित संघीय अदालतले ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नीति खारेज गरेको छ। अदालतले उक्त नीति कानुनी अधिकारभन्दा बाहिर रहेको ठहर गरेको हो । अदालतकी न्यायाधीश जेनेट वर्गासले शुक्रबार उक्त नीति ‘स्पष्ट रूपमा गैरकानुनी’ रहेको बताइन् । उनका अनुसार अमेरिकी संघीय आप्रवासन कानुनले कन्सुलर अधिकारीहरूले […]
गरिमा हत्याको चौथो दिन : वीरगञ्ज–पथलैया सडक ठप्प, काठमाडौँमा पनि प्रदर्शन
काठमाडौँ । गत बुधबार बिहान ११ बजेबाट बन्द भएको वीरगञ्ज–पथलैया सडक खण्ड आज (शनिबार) चौंथो दिन पनि ठप्प छ । तीन बर्षीया बालिका गरिमा चौधरीको न्यायका लागि भन्दै सडकमा उत्रिएका स्थानीयबासीले वीरगञ्ज–पथलैया सडकको सिमरामा सडकमै टेण्ट टाँगेर प्रदर्शन गरिरहेका छन् । बिहीबार राति स्थानीय प्रशासनले केही राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको रोहबरमा पाँच […]
फेरि चर्कियो अमेरिका–क्यानडा व्यापार तनाव, अन्तिम समयमा वार्ता विफल
वासिङ्टन/ओटावा । अमेरिका र क्यानडाबीच व्यापार सम्झौता गर्ने अन्तिम प्रयास असफल भएपछि दुई देशबीचको व्यापार तनाव फेरि चर्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यानडाबाट आयात हुने करिब २० अर्ब डलर बराबरका वस्तुमा ५० प्रतिशत भन्सार लगाएपछि क्यानडाले पनि त्यसको जवाफमा समान दरमा शुल्क लगाउने घोषणा गरेको छ । अमेरिकाले लगाएको नयाँ शुल्क शुक्रबार […]
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । […]










