भक्तपुरका पत्रकार खड्कालाई प्रेस स्वतन्त्रता सेनानी सम्मान

बाबुराम दाहाल, भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका संस्थापक अध्यक्ष एवं धरहरा टाइम्स साप्ताहिकका सम्पादक रमेश खड्का ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मानबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघले २७ औं महाधिवेशनका अवसरमा उनलाई सम्मान गरेको छ । शुक्रवार राष्ट्रिय सभा गृहमा सम्पन्न महासंघको महाधिवेशनमा प्रमुख अतिथि रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार खड्कालाई […]

झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ । मध्यपुर थिमि- ८ बोडे स्थित फुर्सेलमा खगेन्द्र पराजुलीको निर्माणधीन साढे ३ तल्ला पक्की घरको दोस्रो तल्लाको बाहिरी वालमा झ्याल हाल्ने क्रममा लडी मजदुरको ज्यान गएको हो । ज्यान गुमाउनेमा बारा महागढी नगरपालिका वडा नं. ७ घर भई हाल भक्तपुरको कौशलटार […]

नेतृत्वको आलोचना गर्न पाइने तर, व्यवस्थाको रक्षाका लागि पनि पत्रकारले भूमिका निर्वाह गर्नुपर्ने

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी छन् । सञ्चार जगत सत्ताको प्रतिपक्षी हुनुपर्छ भन्ने मान्यता सही नभएको र यसले व्यवस्थालाई बलियो बनाउन नसक्ने उनले बताएकी हुन् । बुधवार पत्रकार तथा सञ्चार सम्बद्ध पेशागत तथा समावेशी संगठनका प्रमुखहरुसंगको अन्तक्रियामा बोल्दै मन्त्री शर्माले सत्ता पक्ष र विपक्ष भन्ने […]

भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई मजदुरको ज्यान गएको हो । चाँगुनारायण -४ खनालचोक स्थित सेतोमाइक्रो पार्क नजिकै दिउँसो करिब साढे १ बजे उक्त दुर्घटना भएको थियो । ज्यान गुमाउनेमा सो स्थानमा २ वर्ष देखि टहरा बनाई बस्दै आएका मजदुर २८ वर्षीय सन्देश सुनुवार र उनका […]

न्याय सम्पादन गर्दा मातृभाषाकाे प्रयोग हुनुपर्छ : मन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक , १७ बैशाख २०८१ बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले न्यायिक समितिले सङ्घीयताको ब्यबहारिक अभ्यास गरिरहेको बताएका छन् । साेमबार सिन्धुपाल्चोककाे चाैतारामा आयोजित स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको लागि कानुन निर्माण, मेलमिलाप तथा राजपत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले न्यायिक समितिले सङ्घीयताको ब्यबहारिक अभ्यास गरिरहेको बताएका हुन् । […]

भक्तपुरमा गाईको बाच्छो काटेर खाएको आरोपमा काभ्रेका ३ मानिस पक्राउ

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्ने तीनैजना काभ्रे जिल्लाका हुन् । ताथलीस्थित एक इट्टा भट्टामा काम गर्ने उनीहरुको झ्याउलीमा हेर्दा मासु फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई शुक्रवार साँझ नियन्त्रणमा लिएर आइतबार जिल्ला अदालत पेश गरिएको थियो । अदालतले […]

देशका हरेक घरमा बिजुली पुर्याउने प्रधानमन्त्री प्रचण्डको प्रतिवध्दता

prachanda-fine

काठमाडौं, १६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच रहेको बताएका छन्। काठमाडौंको चन्द्रागिरीमा मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सबस्टेशन आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको बताए। उत्पादित जलविद्युत देशभित्रै खपत गर्नेगरी विद्युत खपत वृद्धिसम्बन्धी कार्ययोजना […]

एनजिओसंगको सहकार्यलाई निरन्तरता दिने चाँगुनारायणको प्रतिवद्धता

चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे सरोकारवालासंग छलफल अघि बढाएको छ । चाँगुनारायण कार्य क्षेत्र बनाई कार्यक्रम तथा गतिविधिहरु गरिरहेका गैह्र सरकारी संस्थाहरुसंग सोबारे छलफल भएको हो । उक्त अवसरमा नगर प्रमुख जीवन खत्रीले समृद्ध र उत्थानशील चाँगुनारायण नगर निर्माणमा योगदान गर्न आग्रह गरे । नगरपालिकाले […]

डलर देखाई ३ लाख ५० हजार ठगी भागेका २ जना पक्राउ

भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा २ जना पक्राउ परेका छन् । गत चैत १ गते रकम ठगी फरार रहेका अभियुक्तलाई बिहीवार भक्तपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी वृत्त थिमिमा परेको उजुरीको आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले उक्त घटनामा संलग्न भएको भन्दै सिन्धुपाल्चोकको […]

बैशाख २४ बाट तामाङ्ग र नेपाल भाषामा पनि सरकारी कामकाज शुरु गरिन्छ : मन्त्री श्रेष्ठ

बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले वैशाख २४ गते काठमाडौँको वसन्तपुरमा सार्वजनिक सभाको आयोजना गरी प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने तयारी रहेको बताएका छन् । नेपाल तामाङ घेदुङको आयोजनामा सिन्धुलीको मरिणमा सञ्चालित ३ दिने तामाङ मातृभाषा शिक्षक पुनर्ताजगी तालिमको उद्घाटन गर्दै बिहीवार मन्त्री श्रेष्ठले सरकारी […]