काठमाडौँमा बिहिबारबाट ब्यापार-ब्यवसाय खुल्ला

काठमाडौँ, २४ भदाै । काठमाडौं उपत्यकामा भोलि बिहिबारबाट ब्यापार-ब्यवसाय खुल्ला हुने भएको छ। भदाै ३ बाट लागु भएको निषेधाज्ञा: खुकुलो पार्दै भोलिदेखि सार्वजनिक तथा निजी यातायात समेत खोल्ने निर्णय गरिएको हाे। बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गरेर धेरै क्षेत्र खोल्ने […]

बुधवार उपत्यकामा ४६४, देशभर १०८१ कोरोनाका नयाँ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १०८१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । संक्रमित मध्ये सबैभन्दा बढी यसअघि झै काठमाडाै जिल्लामा छन् । उपत्यकामा थप ४६४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौँ जिल्लामा मात्र ३९४ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी ललितपुरमा ३४ र भक्तपुरमा ३६ […]

काठमाडौँ उपत्यकामा २५ गते बाट यातायात सञ्चालन जोरबिजोर गरि निषेधाज्ञा खुकुलो हुने संकेत

भाद्र २३ ,काठमाडौँ। उपत्यकाका दुई महानगरसहित १८ वटा पालिकाहरुको साझा संस्था उपत्यका नगरपालिका फोरमले मंगलबार गरेको बैठकले उपत्यकाको जोखिमलाई ध्यानमा राखी अझै केही समय सार्वजनिक यातायातलाई सञ्चालनमा रोक लगाई अन्य सवारीमा भने जोर–विजोर प्रणाली लागु गर्न संघीय सरकार र तीन वटै जिल्ला प्रशासनसँग माग गर्ने निर्णय गरेको छ । बैठकले नागरिकलाई स्वास्थ्य सुरक्षा मापदण्डका बिषयमा […]

गाउँपालिकाको नयाँ नियम, मारकाट गरे अब तीस हजार जरिवाना

हुम्ला । हुम्ला जिल्लाको उत्तरी गाउँपालिका नाम्खाको सबै वडाहरुमा पशु हिंसा गर्न गराउन निषेध गरिएको छ । यहाँ कोही कसैले गरेको पाइएमा तीस हजार नगद जरिवाना र सामाजिक बहिष्कार गरिने भएको छ । पछिल्लो समय नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको नाम्खा ख्योमजोङ गुम्बा एक धार्मिक क्षेत्र मात्र नभएर शैक्षिक क्षेत्रका रुपमा पनि विकास हुँदै गएको जानकारी […]

कोरोना भाइरसको संक्रमणबाट मंगलबार थप ६ जनाको मृत्यु

काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट मंगलबार थप ६ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ५ पुरुष र १ महिला गरी ६ जना संक्रमितको मृत्यु भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ७० वर्षीय पुरुष, पर्साका ५४ र ६० वर्षीय पुरुष, कपिलवस्तुका ६२ वर्षीय पुरुष तथा […]

२४ घण्टामा थपिए ९०२ जना कोरोना संक्रमित

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार देशभरमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे हो। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ […]

तीन दिन भारी वर्षा हुने, सतर्क रहन अनुरोध

काठमाडौं । मौसम बिज्ञान विभागले मुलुकका विभिन्न स्थानमा तीन दिन भरि बर्ष हुने जनाएको छ। विभागले विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा समेत हुने जानकारी दिएको छ । मौसम बदली भई गए रातिदेखि नै मुलुकका विभिन्न स्थानमा सामान्य बर्ष भैरहेको छ । मौसमविद् शान्ति कँडेलले आजदेखि तीन दिन नै मौसम […]

अवैध रुपमा पत्रकार परिचयपत्र र प्रेस ज्याकेट बनाएर बिक्री गर्ने गिरोह पक्राउ

काठमाडौँ । अवैध रुपमा विभिन्न मिडियाको लोगोसहितको परिचयपत्र र ‘प्रेस’ लेखिएको ज्याकेट बनाएर विक्री गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। उक्त गिरोहले लकडाउनको समयमा आवागमन सहज हुने भन्दै फेसबुकमार्फत सम्पर्क गर्ने, नमुनाहरु पठाउने र परिचयपत्र तयार पारेर होम डेलिभरी गर्ने गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उक्त गिरोहले एउटा प्रेस कार्डको पाँच सय […]

कोरोना संक्रमणबाट नेपालमा पहिलाे पत्रकारको मृत्यु

बुटवल । काेराेना संक्रमण भएर नेपालमा पहिलाे पत्रकारकाे निधन भएकाे छ । कपिलवस्तुमा कोरोना भाइरसको संक्रमणका कारण एक पत्रकारको निधन भएको हाे। स्वास्थ्य कार्यालय कपिलवस्तुले कपिलवस्तुकाे सदरमुकाम तौलिहवामा ६२ वर्षीय पुरुषको काेराेनाका कारण मृत्यु भएको र उनी पत्रकार रहेकाे जानकारी दिएकाे छ। स्वास्थ्य कार्यालय कपिलवस्तुका स्रोतव्यक्ति कुमार थापाले काेराेनाबाट मृत्यु हुने पत्रकार कपिलवस्तुमा तीन दशकदेखि […]

चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

चितवन । पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट साेमबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनको शव साेमबार दिउँसो भेटिएको हो। उनी घरबाट घाँस काट्न बिहान आठ बजे निस्किएका थिए। चितवन राष्ट्रिय निकुञ्जको […]