तीन दिन भारी वर्षा हुने, सतर्क रहन अनुरोध

काठमाडौं । मौसम बिज्ञान विभागले मुलुकका विभिन्न स्थानमा तीन दिन भरि बर्ष हुने जनाएको छ। विभागले विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा समेत हुने जानकारी दिएको छ । मौसम बदली भई गए रातिदेखि नै मुलुकका विभिन्न स्थानमा सामान्य बर्ष भैरहेको छ । मौसमविद् शान्ति कँडेलले आजदेखि तीन दिन नै मौसम बदली भई ठाउँठाउँमा पानी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिइन् ।
 मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही माथि नेपाल नजिक (उत्तरतर्फ) सरेको र स्थानीय वायुको पनि प्रभाव रहेको र मंगलबार बिहानै बात प्रदेश नं १ देखि प्रदेश नं ५ सम्म नै मौसम बदली भैरहेको विभागले जनाएको छ । तनहुँको स्याम्घा केन्द्रमा भारी वर्षा मापन भएको र थप पर्षा हुने देखिएकाले मादीलगायत साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशखाले जनाएको छ ।
यसै बीच बढी पहिरो जोखम इलाकामा सावधानी अपनाउन तथा सतर्क रहन आम सर्वसाधारणमा अनुरोध गरेको छ। 

Loading...