२४ घण्टामा थपिए ९०२ जना कोरोना संक्रमित

उपत्यकामा २४ घन्टामा ३९६ जनामा कोरोना पोजिटिभ

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार देशभरमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे हो। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ६११ पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै प्रवक्ता गौतमका अनुसार आज थप २ हजार २८७ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ३९६ जनामा काेराेना संक्रमण देखिएकाे छ । त्यसमध्ये सबैभन्दा बढी काठमाडाै जिल्लामा छन । काठमाडाैमा ३०० जना, ललितपुरका ३८ जना र भक्तपुरका ५८ जनामा कोरोना संक्रमण मन्त्रालयले जनाएको  छ।

त्यसैगरी धनुषाका ३३, पर्साका १४, बाराका १२, महोत्तरीका ४, रौतहटका ८, सप्तरीका १८, सर्लाहीका ६, सिराहाका ४ जना रहेका छन् भने काठमाडौँका ३००, काभ्रेका २, चितवनका २०, दोलखाका २, धादिङका ८, नुवाकोटका ३, भक्तपुरका ५८ जनामा कोरोना संक्रमित रहेको मन्त्रालयको भनाइ छ।

त्यस्तै मकवानपुरका २४, रामेछापका ८,  सिन्धुपाल्चोकका १, कास्कीका ३०, गोर्खाका १८, तनहुँका ३, नवलपरासीपुर्वका ७, पर्वतका १, लमजुङका २, बागलुङका १०, स्याङजाका १, अर्घाखाँचीका १, कपिलवस्तुका १, गुल्मीका १, दाङका ३, नवलपरासीका १, बर्दियाका ७, बाँकेका ५, रुपन्देहीका २१, रोल्पाका १, दैलेखका १, सुर्खेतका १८, कञ्चनपुरका ९ तथा कैलालीका ७७ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १ सय ४४ जनाको आईसीयुमा र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ६ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन्।

यसैगरी मोरङ, सुनसरी, धनुषा, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

Loading...