कोरोना भाइरसको संक्रमणबाट मंगलबार थप ६ जनाको मृत्यु

काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट मंगलबार थप ६ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ पुरुष र १ महिला गरी ६ जना संक्रमितको मृत्यु भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ७० वर्षीय पुरुष, पर्साका ५४ र ६० वर्षीय पुरुष, कपिलवस्तुका ६२ वर्षीय पुरुष तथा काठमाडौँका ८० वर्षीया महिला र ८५ वर्षीय पुरुषको मृत्यु भएको हो।

यसअघि सोमबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

Loading...