कोरोना संक्रमणबाट नेपालमा पहिलाे पत्रकारको मृत्यु

बुटवल । काेराेना संक्रमण भएर नेपालमा पहिलाे पत्रकारकाे निधन भएकाे छ । कपिलवस्तुमा कोरोना भाइरसको संक्रमणका कारण एक पत्रकारको निधन भएको हाे।

स्वास्थ्य कार्यालय कपिलवस्तुले कपिलवस्तुकाे सदरमुकाम तौलिहवामा ६२ वर्षीय पुरुषको काेराेनाका कारण मृत्यु भएको र उनी पत्रकार रहेकाे जानकारी दिएकाे छ। स्वास्थ्य कार्यालय कपिलवस्तुका स्रोतव्यक्ति कुमार थापाले काेराेनाबाट मृत्यु हुने पत्रकार कपिलवस्तुमा तीन दशकदेखि पत्रकारिता गरेका स्थापित पत्रकार भएकाे जानकारी दिए । साथै उनले मृत्यु भएका ती पत्रकारमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या पनि रहेकाे जानकारी दिए ।

स्राेतका अनुसार मृतक पत्रकारका छाेरामा कोरोना संक्रमण पुष्टि भएर घरमै आइसोलेसनमा बसिरहेका थिए। यसैक्रममा उनकाे ६२ वर्षीय ती पत्रकारकाे मृत्यु भएकाे हाे । मृत्युपश्चात त्यहीभएर उनमा पनि कोरोना संक्रमणको आशंका लागेर उनकाे स्वाव संकलन गरेर परीक्षणका लागि पठाइएकाे थियाे । परिक्षण उनको रिपोर्ट पोजेटिभ आएको थियाे।

मृत्युपश्चात स्वाब संकलन गरेर बुटवलस्थित लुम्बिनी प्रादेशीक अस्पतालमा परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको कपिलवस्तु स्वास्थ्य कार्यालयले जनाएकाे छ। उनमा कसरी संक्रमण भयो भन्ने खुलेको छैन। उनका दुई छोराले पीपीइ लगाएर उनको दाहसंस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ।

Loading...