तीन दिनसम्म आफ्ना सबै शाखा खोल्न राष्ट्रबैंकले दियाे सबै बैंकलाइ निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्न बैंकका सबै शाखा तथा काउण्टर खुल्ला गर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकले सोमबार विज्ञप्ति जारी गर्दै राजस्व संकलनका लागि २३, २४ र २५ गते राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखा–काउण्टर खोल्न निर्देशन दिएको हो।

राजस्व संकलन गर्ने एवम् बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकालगायत कतिपय जिल्लाका स्थानीय निकायले निषेधाज्ञा जारी राखेका छन्। तर सरकारलाई बुझाउनुपर्ने अन्तः शुल्क, आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउनुपर्नेछ।

व्यवसायीहरुले भने लामो समय बन्दाबन्दी रहेकाले अन्तः शुल्क, आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने समयावधि बढाउन सरकारसँग माग गरेका छन्।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँगको छलफलमा व्यवसायीहरुले भ्याट तथा कर तिर्ने अवधि बढाउन आग्रह गरेका थिए।

Loading...