बुधवार उपत्यकामा ४६४, देशभर १०८१ कोरोनाका नयाँ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १०८१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । संक्रमित मध्ये सबैभन्दा बढी यसअघि झै काठमाडाै जिल्लामा छन् ।

उपत्यकामा थप ४६४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौँ जिल्लामा मात्र ३९४ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना कोरोनाका संक्रमित भेटिएका छन्।

यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ४९ हजार २ सय १९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ९१८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ।

हाल क्वारेन्टिनमा ५ हजार ४ सय ८० जना रहेका छन्।

Loading...