न्यूनतम पारिश्रमिक पुनरावलोकनको माग

काठमाडौँ, जेठ १ । नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनले श्रमिकहरूको न्यूनतम पारिश्रमिक आर्थिक वर्ष ०८२/८३ को बजेटमै समेट्न माग गरेको छ। काठमाडौँको रिपोर्टर्स क्लबमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा यूनियनले सरकारलाई श्रमिकका हक र हितप्रति संवेदनशील हुन आग्रह गर्‍यो। अध्यक्ष प्रेम बहादुर कार्कीले जारी विज्ञप्तिमा न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया कानुनअनुसार समयमा नहुँदा श्रमिकहरू मर्कामा परेको जनाउँदै, […]

मेरिटोक्रेसी मान्छु, मेरो गभर्नर नियुक्त गर्दिन : प्रधानमन्त्री ओली

काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा योग्यताक्रमको आधारमा क्षमतावान व्यक्ति नियुक्त गरिने स्पष्ट पारेका छन्। पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले व्यक्तिगत निकटता होइन, मेरिटोक्रेसीलाई प्राथमिकता दिने बताएका हुन्। उनले भने, “राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन। मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो। […]

माओवादी नेतृत्वको महाभारत बन्यो बेरुजु नै नभएको देशकै एकमात्र पालिका

काभ्रे । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये काभ्रेको महाभारत गाउँपालिका बेरुजु नभएको एकमात्र पालिका बन्न सफल भएको छ । गत आर्थिक वर्षमा पनि शून्य बेरुजु रहेको महाभारतले त्यसलाई निरन्तरता दिदैँ शून्य बेरुजु कायम गर्न सफल भएको हो । महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले महाभारत गाउँपालिकामा बेरुजु नै नभएको पुष्टि भएको हो । आर्थिक बर्ष ०८०/०८१ […]

पहिलोपटक ट्र्याक्टर पुगेपछि फूलमालाले स्वागत, स्थानीयले ट्र्याक्टरसंग खिचाए फोटो

दिर्घ बहादुर शाही, डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिका-६ को केन्द्र नर्कुमा पहिलो पटक ट्र्याक्टर पुगेपछि स्थानीयवासीहरू हर्षित भएका छन्। प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट विनियोजित रकममा निर्माण गरिएको ट्र्याकमार्ग केही महिनामै सञ्चालनमा आएसँगै पहिलो ट्र्याक्टर नर्कु पुगेको हो। हाल सञ्चालनमा रहेको गाउँपालिकाको केन्द्र नर्कुबाट करिब तीन किलोमिटर दूरीमा पर्ने प्रस्तावित केन्द्र तलि नर्कुसम्म […]

आवको अन्त्यमा हुने बजेट खर्च रोक्नपर्नेमा जोड

ललितपुर । जिल्ला समन्वय समिति ललितपुरद्वारा आयोजित दोस्रो चौमासिक समिक्षा बैठकमा सरोकारवालाहरूले आर्थिक वर्षको अन्त्यतिर मात्रै विनियोजित वार्षिक बजेटको ४० प्रतिशतभन्दा बढी खर्च हुने प्रवृत्तिलाई तत्काल नियन्त्रण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।  जिल्लास्थित सरकारी कार्यालय र स्थानीय तहहरूले चालू आर्थिक वर्ष २०८१/०८२ मा गरेका कामको समिक्षा गर्न आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख ऋषिदेव फुँयालले […]

मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र उत्तरदक्षिण करिडोर हामीले शुरु गरेका हौं – प्रचण्ड

पाँचथर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न भौगोलिक क्षेत्रलाई जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र उत्तर–दक्षिण करिडोर जस्ता पूर्वाधार विकासका अभियान माओवादी नेतृत्वको सरकारले सुरु गरेको बताएका छन् । पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै शनिबार उनले सोकुरा बताएका हुन् । भर्खरै सम्पन्न […]

नबिल बैंकको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना

काठमाडौ । नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ । नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अब असारमसान्तसम्म लागू हुनेछ । यस योजनाअन्तर्गत क्रेडिट कार्ड लिनका लागि कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क […]

६ सय ६१ उद्यमीलाई सरकारको १ अर्व लगानी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफूसँग भएको सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई सुझाव दिए । नेपाल जेसिजद्वारा काठ्माण्डौँमा आयोजित “क्रिएटिभ योङ इन्ट्रप्रेन्योर र पब्लिक स्पिकिङ च्याम्पियनसिप २०२५” मा बोल्दै उनले अधिकांश युवाहरूले विदेशमा मात्रै आफ्नो भविष्य देख्नु सुखद पक्ष नभएको बताए । उनले युवा उद्यमशीलता प्रवर्धनका लागि […]

खानेपानी समस्याले बसाइँ सर्नुपर्दैन : मन्त्री यादव

ईलाम । खानेपानी मन्त्री प्रदीप यादवले प्रत्येक नेपालीका घरघरमा सुरक्षित खानेपानी पुर्‍याउने सरकारको दृढ संकल्प रहेको बताएका छन्। शनिबार इलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजना उद्घाटन गर्दै मन्त्री यादवले खानेपानीकै अभावमा कतिपय ठाउँमा मानिसहरूलाई बसाई सर्नुपर्ने अवस्था अन्त्य गरिने स्पष्ट पारे। “अब नागरिकलाई बस्ती सार्नुपर्दैन, अधुरा आयोजना पूरा गरेर सबैलाई स्वच्छ र गुणस्तरीय खानेपानी पुर्‍याउँछौँ,” मन्त्री […]

पढ्नुस् सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ।  राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संयुक्त सदनमा सार्वजनिक गरेका छन् । सरकारले विकासको गति बढाउने, ठूला परियोजनामा लगानी केन्द्रित गर्ने, तीव्र आर्थिक वृद्धिदर हासिल गर्नेलगायतका कार्यक्रमहरुलाई प्राथमिकता दिने जनाएको छ। विद्यालय शिक्षासम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने पनि नीति तथा […]